Monday, August 3, 2015

कुनै काम गर्दै हुनुहुन्छ भने यी बारलाई विशेष ध्यान दिनुस्, तपाईको कुन बार कति घातक ?

बुधबार:     कर्कट राशी लाई घातक हुन्छ  ।
बिहिबार:  तुला कुम्भ राशीलाई घातक हुन्छ।
शुक्रबार:  वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।
शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ  ।

आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।
नेपाली पद्यमा
मेषको रबि  घातै छ, शनि घातक वृषको ।
सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।
सिंह कन्या दुबैलाई शनि  घातक पर्दछ ।
यात्रा नौलो नया राम्रो कामलाई बिगार्दछ।।
तुलाका गुरु छन् घातै बिच्छुको शुक्र नै भयो।
धनु लाई उही शुक्र मंगल मकर राशिको ।।
कुम्भका गुरु औ शुक्र मीनका  घातकै परे ।
यात्रा टाढा नयाँ काम घातबार नथाल्नुरे ।।
– ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बिर्सेर पनि यी ६ खाद्यवस्तु फ्रिजमा कहिल्यै नराख्नुहोस

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।

तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म नराखे उत्तम हुन्छ।

१. टमाटर
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ।
२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ।
३. लसुन
लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ
४. पाउरोट
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।
५. आलु
चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।nepaliheadlines.com

ढाड दुख्ने समस्या बाट छुट्कारा पाउनका लागि यसो गर्नुहोस.........

ढाड दुख्ने मानिसलाई ‘न उठे सुख न बसे सुख’ भन्ने उखानै छ । ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ र ढाड दुख्ने समस्या देखा पर्छ। ढाड दुख्ने कारण धेरै हुनसक्छन् ।

 हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपायहरु उल्लेख गरेका छौ :-
* नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने मुख्य उपाय हो । युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।

* मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।

* लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ ।

* पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ । त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
जनचेतनाका लागि साभार गरिएको ।
www.etajakhabar.com

Sunday, August 2, 2015

एकैपटक खान नहुने खानेकुराहरु

बिश्वमा खान नपाएर भन्दा पनि खान नजानेर बढी मान्छे मर्ने गरेको एक सर्वेक्षणले देखाएको छ । यी त भए खानेकुराको अनुपात मिलाउन नजान्दा ज्यान गुमाउनेहरुका कुरा तर कतिपय खानेकुराहरु यस्ता हुन्छन जुन एकैसाथ् खाँदा ज्यानै पनि जान सक्छ  । हेर्दा सानातिना जस्ता यस्ता कुराहरु ख्याल नगर्नाले ठूलो मूल्य चुकाउनुपर्ने अबस्था आउछ तसर्थ ख्याल गरौ कुन कुन खानेकुराहरु एकसाथ खान हुदैन ।

दही र माछा : दही चिसो चीज हो । यसलाई कहिल्यै पनि तातो चीजसँग प्रयोग गर्नु हुँदैन । माछा पनि गर्मी चीज हो । यी दुई एकसाथ खानाले वायु, एलर्जी र छालासम्बन्धी समस्या देखा पर्न सक्छ । दहीसँगै मह पनि गर्मीचीजसँग नखानु राम्रो हुन्छ ।

चिकेनसँग मिठाई : चिकेनको साथमा जूस या मिठाई आदि खाने मानिसलाई पनि पेटको समस्या देखिन्छ ।

आलू र चामल : केही मानिसहरू आलू र चामलको शौखिन हुन्छन्, तर यस्ता मानिसले के ध्यानमा राख्नु पर्छ भने यी दुई चीज एकसाथ खानु स्वास्थ्यका लागि राम्रो हुँदैन । यसले कब्जियतको समस्या ल्याउँछ ।

प्याज र दुध : प्याज र दूध एकसाथ खानु हुँदैन । प्याजको साथमा दूधको प्रयोग गर्नाले छालासम्बन्धी रोगले सताउन सक्छ । दाद, लुतो, एग्जिमा सोराईसिस आदीको सम्भावना बढ्ने गर्छ ।

दूधसँगै दही : दूधसँग दही खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुध र दही एकसाथ खानाले पेटको समस्या निम्तिन सक्छ ।

खानासँग फलफूल : आयुर्वेदका अनुसार खानाको साथमा फलफूल खानु हुँदैन । दुवै चीजको कार्बोहाइड्रेट र प्रोटिन पाचन गर्ने तरिका फरक-फरक हुन्छ । कागती, सुन्तला आदी फल एसिडिक हुन्छन्, दुवै एकसाथ खानाले कार्बोहाइड्रेटको पाचन प्रक्रिया ढिलो हुन्छ । यसले कब्जियत, झाडापखाला र अपचको समस्या देखिन्छ ।

दूधसँग कागती : दूधसँग कागती खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुवैलाई एक साथ खानाले इसिडिटी बढाउँछ ।

कालो दाल र दही : कालो दाल र दही एकसाथ खानु स्वास्थ्यका दृष्टी फाइदाजनक हुँदैन । लगातार सेवन गर्नाले मुटुसम्बन्धी रोग लाग्न सक्छ ।

दहीसँग पराठा : दहीसँग पराठा या अन्य तेल भएको चीजको प्रयोग गर्नाले स्वास्थ्यमा समस्या थपिन सक्छ । दहीले फ्याटको पाचनमा रोक्ने हुँदा दहीसँग पराठा लगायतका चीजहरू नखानु नै राम्रो हुन्छ ।

चिसो पिएपछि पान: चिसो पेयपदार्थ पिएपछि कहिल्यै पनि पानयुक्त खाने कुरा खानु हुँदैन । चिसो र पानयुक्त खानेकुरा मिल्यो भने साइनाइड उत्पादन हुन्छ, जसले विष जत्तिकै असर गर्ने गर्छ ।

onlinepatrika.com

Saturday, August 1, 2015

फोन गरेर केटालाई घरमा बोलाउथिन् त्यसपछि…

भारत । प्रहरीले शहरको एक यस्तो गिरोहलाई पक्राउ गरेको छ जसले व्ल्याकमेल गरेर रकमको माग गर्दै आएका थिए ।
उक्त गिरोहको ३ सदस्यलाई प्रहरीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जसमा एक युवती पनि पक्राउ परेकी छिन् । जानकारीका अनुसार गिरोहले बिजनेशम्यान प्रवीण दांतरेसँग मित्रता कामय गर्दै उनलाई घरमा बोलाइयो । युवतीले बोलाए पछि पुगेका उनलाई युवतीलाई जबरजस्ति गर्न खोजको भन्ने आरोप लगाउदै थप दुई युवा तथा युवतीले फसाउने धम्की दिनै रकम असुल्न खोजे ।
व्यपारीले आफ्ना साथीसँग रकम माग गरे र आफ्नो अवस्था बारे जानकारी दिए । उनका साथीले भने घटनाबारे प्रहरीलाई खवर गरे । प्रहरीले तत्काल कारबाही गर्दे युवती तथा दुई युवालाई नियन्त्रणमा लियो ।
प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरुले अन्य ६ व्यपारीलाई युवतीको प्रयोग गर्दै रकम माग गरेको स्विकार गरेका छन् । प्रहरीे पीडितलाई बोलाउदै ठगी गर्ने विरुद्ध केस दर्ता गर्ने तयारी गरेको छ ।
www.nepalsandesh.com

महिनावारीको दुखाई कम गर्न अपनाउनुस् यी घरेलु तरिका

एजेन्सी)– बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने गर्दछ । यस्तोमा महिनावारी हुँदा हुने पीडाबाट राहत दिने केहि घरेलु उपचारहरु यहाँ दिइएका छन् जुन कुरालाई तपाईंले खानुपर्ने

हुन्छ । १. दुध दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ । २. मेवाः महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ । ३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ । ४. घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ । ५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् । ६. तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ । ७. अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ । ८. व्यायामः हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ । ९. जंक फुडहरुबाट टाढै रहनुहोस्ः मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जंक फुड नखानुहोस् र रक्सीबाट टाढै रहनुहोस् । www.ratopati.com

यूरिक-एसिड बड़ेका रोगीहरूले खान नहुने खानेकुराहरू

यूरिक एसिड बडेर हुने जोर्नी दुखाईलाई साधारण भाषामा बाथ रोग भनेर बुझ्ने गरिन्छ । यो उपापचय संग सम्बंधित रोग हो, जुन खाने कुरासँग सम्बन्धित हुन्छ। खानेकुरा खाए पश्चात् शरीरमा यूरीक एसिड बन्छ तर बनेको यूरिक एसिड यूरियामा परिवर्तन हुन नसक्दा यूरिक एसिड को मात्रा बड्छ र बाथ जन्मिन्छ ।




 प्रोटिनयुक्त खाना बढी, अल्कोहल, पेय पदार्थ, रातो मासु बढी खाने गरेमा यूरीक एसिडबाट हुने बाथ बढ्ने सम्भावना हुन्छ। यूरिक एसिड जस्तो शरीरभित्र बाटै उत्पन्न हुने बाथलाई समयमै पहिचान गर्न सकेमा यसबाट बचाउन र निर्मुल गर्न पनि सकिन्छ ।

यी ४ ब्यक्तिलाई सँधै शत्रु ठान्नुस्

हाम्रो धर्म संस्कारमा केही जीवन उपयोगी नीति छन् । जसको अनुसरण गरेमा हाम्रो जीवनमा सहज हुन्छ ।
शास्त्रमा ऋषि मुनीहरुले भनेका कतिपय कुराहरु असाध्यै ब्यवहारिक र बैज्ञानिक लाग्छन् ।


नीति शास्त्रमा भनेको छः

ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी।
भार्या रूपवती शत्रु: पुत्र: शत्रुरपण्डित:।।

ऋणमा डुवाएर छोड्ने बाबु र विचार ब्यविचारिणी अर्थात परपुरुषसँग प्रेम गर्ने आमा तथा मुर्ख छोरो शत्रु बराबर हुन् ।

धन्यो बहुभि: पुत्रै: कुशूलापूरणाढकै:।
वरमेक: कुलालम्बी यत्रविश्रयूते पिता।।

यसको अर्थ हुन्छ खरानीले भरिएको भाँडो जस्तै मुर्ख सन्तानबाट पनि कुनै कुरा प्राप्त हुँदैन । बरु कुलको ख्याल गरेर सबैलाई सम्मान गर्न जान्ने ब्यवहारिक पुत्रले शान्ति दिन्छ एवं कुलको इज्जत पनि राख्छ ।

अवश्यम्भाविनो भावा भवन्ति महतामपि।
नग्नत्वं नीलकण्ठस्य महाहिशयनं हरे:।।

यसको अर्थ हो कि प्रतापी, वैभवशाली र महान ब्यक्तिले पनि संसारका अनेक दुःखको सामना गर्नु पर्छ । भगवानका पनि भगवान भनिएका शिवले समेत वस्त्रविहिन दिगम्बरकोरुप धारण गर्नु पर्‍यो । यस कारण कुनै समस्या आउँदैमा आत्तिने र सुख पर्दैमा मात्तिने गर्नु हुँदैन । जीवनमा सुख र दुःख आउने जाने भैरहन्छ ।

न संशयमनारूह्य नरो भद्राणि पश्यति।
संशयं पुनरारूह्य यदि जीवति, पश्यति।।

यसको अर्थ हो जीवनमा जोखिम लिन नसक्ने ब्यक्तिले सुख र सौभाग्यको उपभोग पनि गर्न पाउँदैन । कुनै पनि सकारात्मक कुरामा जोखिम उठाइसकेपछि त्यसको अन्त्य सुखद हुने निश्चित छ ।


माता शत्रु: पिता वैरी येन बालो न पाठित:।
न शोभते सभामध्ये हंसमध्ये बको यथा।।
यसको अर्थ हुन्छः आफ्ना सन्तानलाई विद्या ज्ञान नदिने बाबुआमा शत्रु समान हुन् । अशिक्षित ब्यक्ति विद्वानका माझमा केवल हाँसकोबीचमा बकुल्ला जस्तै मानिन्छ ।

हस्तमैथुनको बानी कसरी हटाउने ?

आफ्नो यौनांग चलाई यौन आनन्द लिने क्रियालाई हस्तमैथुन भनिन्छ । प्रायः हातको प्रयोग गरिए पनि यसका लागि विभिन्न वस्तु, साधन वा खेलौना (सेक्स टोइज) पनि प्रयोग गर्न थालिएको छ । चाँडै र सजिलै सिक्ने भएकाले किशोरहरूलाई हस्तमैथुनको लत लाग्छ ।कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।तर, पटक–पटकको हस्तमैथुनले हीनताबोध वा आफूलाई दोषी ठान्ने मानसिक समस्या आउने कुरामा सजग हुनुपर्छ ।

हस्तमैथुनको बानी कसरी हटाउने ?

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ ।
(जनचेतनाका लागि साभार गरिएको )

नेपालमा बस्नै नमान्ने प्रेमिकाको पढ्नै पर्ने रोचक काहानी

समीर लामा 
टिचिङ अस्पतालको इमर्जेन्सी कक्ष। बिहानको  साढे  चार बजे पनि बिरामीको भीड छ। धेरैजसो चुपचाप अचेत अवस्थामा सुतिरहेका छन्। ग्रीन एरियामा थोरै आवतजावत र चहलपहल छ।  यलो र रेड एरियामा सबै चुपचाप छन्, मनिटरहरु कराएको मात्र सुनिन्छ। सबैको हातमा क्यानुला लागेको छ, कसैको सलाइन जोडिएको छ।

स्टाफहरु आफ्नै काममा व्यस्त छन्, कोही बिरामी र उनीहरुका आफन्तसँग कुरा गरिरहेका छन्,  सिस्टरहरु विरामीलाई औषधी दिन, विरामीको रगत जाँचको लागि पठाउन व्यस्त छन्। कोही स्टेसनमा बसेर लेखिरहेका छन् कोही भने रातभरीको व्यस्तताले हो कि झुलीरहेका देखिन्छन्। बाहिर निस्कने बाटो छेउको एउटा कुनामा एकजना डक्टर मोबाइलमा कुरा गरिरहेका छन्। लामबाउले सेतो एप्रोन, घाटीमा स्टेथेस्कोप भिरेका उनी चिन्तित मु›ामा एकहातले चस्मा मिलाउँदै अर्को हातले समातेको मोबाइलमा भनिरहेका छन्– तिमी कस्तो मेरो कुरा बु‰दैनौ, म अहिले ड्युटीमा छु के। तिम्रो अन्तिम डिसिजन त्यही हो त? म तिम्लाई मेरो ड्युटीपछि भेट्छु नि, हुन्छ?

‘डाक्टर आदर्श, डाक्टर आदर्श, रेड एरियामा पेसेन्ट, तुरुन्त आउनुस्।‘ एकजना नर्स उनी भएतिर दौडेर आइपुगिन्। ‘पेसेन्ट असिस्टोल (मुटुको चाल बन्द भएको अवस्था) मा छ, सीपीआर (बन्द भएको मुटुलाई छाती थिचेर रक्तसंचार गराउने उपचार प्रकृया) हुँदैछ, छिट्टो आउनुस्।‘

‘ल, बिरामी आयो, म गएँ है, सि यु।‘ कल इन्ड पनि नगरी एप्रोनको खल्तीमा मोबाइल हालेर उनी रेड एरिया तिर दौडे।

रेड एरिया पुग्दा सीपीआर भइरहेको रहेछ, डा. विश्वास छाती थिचिरहेका थिए भने डा. सुशिल (इन्टर्न) बिरामीको मुखमा मास्क समाई अक्सिजन दिइरहेका थिए। आदर्श डाक्टरले जाने बित्तिकै कमान्ड सम्हाले –हिस्ट्री भन त विश्वास।

डाक्टर विश्वासले भने– वीरबहादुर गुरुङ, नन केस अफ हाइपरटेन्सन, डायबिटिज, सीओपीडी, अस्तिदेखी कफ, फिभर, सर्ट नेस अफ ब्रेथ (पहिलेदेखी उच्च रक्तचाप, मधुमेह, दमको रोगी, अस्तिदेखी खोकी, ज्वरो, सास फेर्न गाह्रो) थियो रे, आज बिहान बेहोस जस्तो हुनुभो रे, एम्बुलेन्समा बोलिराख्नु भाथ्यो रे, एम्बुलेन्सबाट ओलारेपछि पूरै बेहोस् हुनुभो रे।

डा. विश्वास बोल्दै पनि थिए, बिरामीको छाती पनि थिच्दै थिए। निशा सिस्टरले एकै सासमा भनिन्– यहाँ हाम्ले हेर्दा चै पल्स फिबल मात्रै थियो, बीपी रेकर्डेबल थिएन (नाडीको चाल एकदमै सुस्त, नाप्दा बीपी थिएन), मनिटरमा जोड्दाजोड्दै असिस्टोल(मुटुको धड्कन बन्द हुनु) देखायो, अनि वहाँहरु आएर सीपीआर शुरु गरेको।

‘ओके, तिमीहरु दुईजना मिलेर चेस्ट कम्प्रेसन कन्टिन्यु गर, म इन्टुबेसन (मुखबाट पाइप हालेर कृत्रिम श्वास दिने प्रकृया)गर्छु।‘ डाक्टर आदर्शले भने ‘सिस्टर, इन्टुबेसनलाई सब रेडी छ नि? ट्युब ७ को, केटामिन १०० एमजी, सक्स १०० एमजी है, अनि सक्सन रेडी छ नि है।‘

उनी बिरामीको उपचारमा जुटे। अरु डाक्टर र नर्स अह्राए।

फेरि मोबाइलमा घन्टी बज्न थाल्यो। ‘फोनलाई नि यै बेला आउनुपर्छ‘ उनी झर्किए।

घाटीको स्टेथ झिकेर बिरामीको छातीमा लगाइसकेपछि उनले भने – ठीक छ दाइ।

“फिक्स गर्दिम् सिस्टर“ “एड्रेनालिन पाउनु भा हो?“

‘एक साइकल पाउनुभो डक्टर।‘ फोनको घन्टी एकछिनमा बन्द भयो। डाक्टर आदर्शको टोलीको प्रयासले बिरामी श्वास फेर्न थालेका थिए।

 एकजना ३० वर्षका  युवक बिरामी नजिक आए।

‘वहाँ तपाईंको को हो?‘

‘मेरो बुवा।‘

‘ए, म डाक्टर आदर्श हुँ, अहिले बुवाको अवस्था निकै चिन्ताजनक छ, अघि उहाँको मुटुले काम गर्न छोडेर हामीले बाहिरबाट छाती थिचेर, औषधी गरेर मुटु फेरि चल्न थालेको छ, उहाँले आफंैले सास फेर्न नसक्नुभएकोले मुखबाट यो पाइप हालेर फोक्सोसम्म पुर्‍याई अक्सिजन दिइरहेका छांै। पहिलेदेखिको दमको रोग, त्यो अहिले बढेको अनि सुगर पनि एकदमै कम भएकोले यस्तो भएको हुनसक्छ।‘ उनले ती युवकलाई सान्तवना दिए। मनिटर लगातार टुट टुट टुट गरेर बजिरहेको छ, इमर्जेन्सीमा भिड र हल्लामा त्यो आवाज हराउँदै जान्छ।

***
नाइट ड्युटी सकेर खाना खाइ सुतेको उनी एकैपटक बेलुका ब्युझे। मोबाइलमा १० वटा मिस्डकल थिए, मेसेज नि आएको रहेछ– आइ वान्ट टु मिट यु, प्लिज कल मी। ४ घण्टाअघि रियाले  पठाएको मेसेज रहेछ, मिस्ड कल पनि रियाका नै थिए। डाक्टर आदर्श बिस्तराबाट उठे–  हत्तेरिका, कस्तोसँग सुतिएछ त।

उनले कलब्याक गरे। ‘हेल्लो रिया,  सरी म पोस्ट ड्युटी सुतिरहेको थिएँ, तिम्रो कल मेसेज सबै मिस भो।‘

‘यु नो, तिमीलाई हाम्रो रिलेसनको मतलब नै छैन।‘ रियाले झर्केर जवाफ दिइन्।

‘त्यस्तो हैन, ड्युटी बीजी भएको थ्यो, निन्›ा लाग्यो सुतियो, के गर्नु त।‘ उनले सम्झाउन कोशिश गरे।

‘ओके, म फर्दर स्टडीको लागि अस्ट्रेलिया जादैछु, भेट्ने हो कि हैन?‘

‘के रे?‘ रियाको  कुराले उनी आश्चार्यमा परे।

‘या‘

‘अनि म? हाम्रो रिलेसन?‘ अक्कमक्क पर्दै उनले सोधे।

‘लेट्स सी ह्वाट फ्युचर हेज फर अस्।‘

‘तेसो भए भेट्ने चाहीँ किन नि? भविष्य नभएको सम्बन्धमा झुण्डिएर बस्न म चाहन्नँ। त्यसैले भेट्नुभन्दा नभेट्नु नै बेस्। गुड बाई।“ उनले फोन काटिदिए।

उनको टाउको भारी भयो, फेरि बेडमा पल्टिए। आँखामा रियासँग बिताएका पलहरु एकपछि अर्को गरेर आउँदै हराउँदै गए। आदर्श र रिया एमबीबीएस पढ्ताताकाका साथी थिए। शुरुवातका दिनदेखि नै नजिक थिए, कसरी कहिले त्यो मित्रतामा प्रेम पलाउन थाल्यो दुवैलाई पत्तो नै भएन। साथीहरुले जिस्काउन थालेपछि बल्ल दुबैलाई त्यो आकर्षण महसुस भयो। त्यो लेक्चर हल, त्यो ल्याब रुम, क्लिनिकल पोस्टिङका पलहरु, त्यो चिया पसल, ती इभिनिङ वाकहरु, सबैसबै एउटा फिल्म जसरी आदर्शको आँखामा आए। एमबिबिएस सकिएपछि आदर्शले टिचिङ अस्पतालमा काम गर्न थाले, रिया भने बाहिर जाने तयारीमा लागिन्। रियालाई नेपाल बस्न मनै थिएन, आदर्शलाई नेपाल छोड्न मनै थिएन। यसै कुरालाई लिएर दुबैबीच धेरैपल्ट झगडा पनि परिसकेको थियो।
***

सधैंझे आफूले भर्ना गरेको बिरामी भेट्न उनी वार्डतिर गएको थियो। एनेक्स २ को बेड नं. ६०४ मा थिए, वीरबहादुर गुरुङ, उही इमर्जेन्सीमा ४ दिनअघि डाक्टर आदर्शले हेरेको बिरामी। ढोकामा नक गरेर उनी भित्र छिरे। मुस्कुराउँदै उनले भने– नमस्ते, सञ्चै हुनुहुन्छ बुवा?

छोराले नमस्ते फर्काउँदै भने– ए डा‘साब पो आउनुभएछ, हजुर अहिले त अली राम्रो भ'को छ। तीन दिनमै आइसीयुबाट यता सार्न सकियो, राम्रो सुधार भइर‘को छ।

वरीपरी परिवारका मान्छे थिए, कसैलाई उनले अस्ति इमर्जेन्सीमा देखेको थिए भने कोइ नयाँ पनि थिए।

‘बुवा उहाँले नै अस्ति इमर्जेन्सीमा पहिलो पटक हजुरलाई हेर्नुभएको थियो, उहाँको मेहेनतले नै हजुरको ज्यान जोगाउन सफल भका हौं।‘ छोराले बिरामी बुवालाई डाक्टर आदर्शको  परिचय दिए।

बिरामीले हात जोडेर नमस्ते गर्न खोजे। डाक्टर आदर्शले मुस्काएर भने– पर्दैन बुवा, बिरामी उपचार गर्ने त हाम्रो काम नै हो नि। ‘मुटुको धड्कन नै बन्द भइसकेपछि फर्कने सम्भावना एकदम कम हुन्छ, हामीले प्रयास गर्यौं भगवानले साथ दिनुभो। धेरै सुधार भएको रहेछ, अब छिट्टै नै डिस्चार्ज पनि हुनुहुन्छ होला। हस् म अहिले लाग्छु, हजुरलाई हेरिरहेको डक्टरसँग नि एक पटक हजुरबारे बु‰छु, अनि मिल्यो भने फेरी भेटौंला नि त है।‘ नमस्ते गरेर उनी कोठा बाहिर निस्कन्छन्। आफूले हेरेको बिरामी तंग्रिएको देखेर आदर्शलाई निक्कै खुसी भइरहेको थियो।

भर्‍‍याङबाट ओर्लदै गर्दा मोबाइलको  घण्टी बज्न थाल्यो। उनले निकालेर हेरे –रिया कलिङ। फोन उठाऊ कि नउठाऊ भनेर अन्योलमा प‍रे। एकछिनमै रिसिभ बटन थिचे। ‘हेल्लो आदर्श, म एयरपोर्टमा छु, अस्ट्रेलिया उड्न लागेको।‘ उताबाट रियाले भनिन्।

‘ए...‘ उनीसँग यो बाहेक भन्नुपर्ने अरु कुनै शब्द थिएन्।

‘बाई भन्नलाई फोन गरेको।‘

‘ओके बाई, गुड लक फर योर फ्युचर‘ भनेर आदर्शले फोन काटिदिए। हिँड्दाहिँडदै उनी टक्क अडिएर एकछिन सोचमग्न भए। केहीबेरमै फोन खल्तीमा राखेर मुसुक्क हाँसेर अघी बढे। खै किन हो उनको अघिको खुसीमा खासै कमी आएको थिएन। बाहिर आकाश खुलेको थियो, चिसो हावाको स्पर्शले उनलाई रोमाञ्चित बनायो। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एउटी वृद्धासँगको डेटिङ

बाथरुमको सानो झ्यालबाट चुहिएर बाहिरिएका आँखा पारिपट्टिको घरको एउटा झ्यालमा अचेल नराम्ररी ठोक्किने गरेका छन्। आँखा के ठोक्किनु, झ्यालमा देखिने दृश्यमा आँखा अडिने गरेका छन् भनौं।

निद्रा खुलेपछि महसुस हुने मानसिक हल्कापनले बिहानै बाथरुम जाँदाको मन अक्सर निर्विचार हुने गर्थ्‍यो। तर, आजभोलि बाथरुम छिर्नुुअघि नै पारिपट्टिको झ्यालमा देखिने दृश्य हेर्न मन एक किसिमले हतारिएको हुन्छ।



भूकम्पले हल्लाएको मन पुरानै ठेगानामा फर्किएपछि मैले पहिलोपटक बाथरुमबाट छिमेकी झ्यालमा एक वृद्धालाई देखेको थिएँ। काष्ठमण्डपको पुुरानो शिल्पकारले काठ जोडजाड गरेर बनाएजस्तै लाग्ने उनका दुई पाखुराको गोलाकार घेराभित्र एउटा धुतुमुने बालक थियो।

गहिरा आँखा तिखारेर उनी बालकलाई क्षितिजतिर औंल्याउँदै देखाइरहेकी थिइन्। बालक झटारिन खोज्दा उनी ढल्नढल्न लागेको रूखजस्तै देखिन्थिन् तर, एकदमै दृढतासाथ बालकलाई सम्हाल्थिन्। नजाने, बालक केही माग गर्थ्यो, त्यसबेला वृद्धा र बालक बाहिरबाट नदेखिनेगरी कोठभित्रै हराउँथे।

वियोगान्त सिनेमा उत्कर्षमा पुग्ने बेला झ्याप्प बिजुली गएर बेचैन बनेका गृहिणी दर्शकझैं म रन्थनिएर बाथरुमबाहिर निस्कन्थेँ। देशमा ठूलो भूकम्प गएपछि छिमेकी झ्यालमा बिहानै देखिन थालेको त्यो दृश्य हेर्ने र त्यसबारे मनमा नानाथरी काल्पनिक घटना घटाएर घायल हुने अम्मली बनिसकेको अहिले आएर मात्रै थाहा पाइरहेको छु।

भूकम्प जानुअघि कहाँ थिइन् ती वृद्धा? बालक कहाँ थियो? परिवारमा को को छन्? कतै पहाडतिरको घर भत्केर यता टाउको लुकाउने ठाउँ फेला पारेर बसेका पो हुन् कि? बालकका आमा-बाबु कता होलान्? मनमा प्रश्‍नहरू आउँथे, मनले नै फरक-फरक वनावटी उत्तर दिन्थ्यो।

मनोगत उत्तरहरूबाट कहिले घायल र कहिले सन्तुष्टिले तृप्त हुँदै म आफ्नो कामतिर लाग्थेँ। वैशाख १२ गते काठमाडौंमा भूकम्प जानुअघि त्यो झ्यालतिर फर्केर हेरेको रहेनछु। कहिलेकाहीँ आँखा त्यता जान्थे।

मसिनो हावाले झ्यालको पर्दा थर्थराएको देख्थेँ। आक्कलझुक्कल पर्दा च्यातेर बाहिर चिहाउँदै गरेकी तन्नेरीको टाउकोबाट कपाल गुडेर तल्तिर बगेको देख्थेँ। हरेकजसो झ्याल र बरण्डामा सुलभ त्यो दृश्यले मलाई तान्न सकेको थिएन।

पराकम्प सधैंजसो आउँथ्यो। त्यस्तै सानो एउटा पराकम्पले सधैंझैं काठमाडौं हल्लायो। साँझको समयमा खुुरुरु घरबाट निस्कने मान्छेको हुलमा बालक च्यापेर वृद्धा पनि मिसिइन्।

‘बाँकीलाई पनि मार्छ कि क्या हो?' भित्रैदेखि कामेको उनको स्वरमा वेदना थियो।
‘तपाईंको घरमा अरू कोही छैन? ' मैले सोधेँ।
‘छ’ एक अक्षरको उनको छोटो उत्तर।

आफैं प्रश्न गर्ने र आफैं उत्तर दिएर व्यथित हुनबाट मुक्त हुन मौका छोपेर वृद्धालाई प्रश्न सोधेको थिएँ। तर, उनले आफूलाई भित्रैदेखि उदांगो पार्न रुचि राखिनन्।

बल गरेर उनलाई कोट्याउन खोजेँ, ‘को को हुनुहुन्छ?'
'सबै छौं।'
'सबै भनेको? '
'नाति।'
वृद्धाले भन्न मन गरिनन्, म अवाक् भएँ। अक्सर अचेल मान्छे सुख दुःख बाँड्न चाहँदैनन्। बाँडेर दुःख बाँडिने पनि होइन। त्यसपछिको अर्को परकम्पनमा बाहिर निस्केर फर्कंदा थाहा पाएँ, उनको 'सबै' नातिमात्रै हो।

बेलुकीको परकम्पन थामिएपछि ओच्छ्यानमा पल्टेका बेला भूकम्पभन्दा वृद्धा र उनको नाति घुम्न थाले मनमा।पीडा देखाएर लाभान्वित हुने आजको मनोवृत्तमाथि प्रहार गरिन् उनले। र म ब्युँझेँ। अनि आफ्नो मनोवृत्ति चिन्न बाध्य पार्ने अर्को एउटा घटनामाथि मन दौडिन थाल्यो।


दाहिने काखीमा च्यापेको छालाको ठूलो ब्यागबाट एक मुठो कागजपत्र झिकेर सात्तो फुजिकोले हाम्रा अघिल्तिर फिँजारिन्। मैलिएर पुराना भइसकेका कागजमा सिकारुले लेखेजस्ता लाग्ने नेपाली अक्षर टाँसिएका थिए। केही कागजमा सिसाकलमले कोरेका चित्रमा रङ पोतिएका थिए।

सेतै फुलेको उनको कपाल ज्यादै अररो देखिन्थ्यो। कपाल टाउकोमा उम्रिएको थिएन, बरु कपालको सहारामा टाउको अडेको हो कि झैं लाग्नेगरी घना थियो। उमेर ८३ वर्ष पुगिसक्दा पनि छालामा चाउरी थिएन बरु आँखामुुनि गाला सोहोरिएर पुक्क उठेका कसिला लुंदाले युवतीको संग्रेलो मेटाउँथ्यो।

गालाको सेतो छालामा टिठ लगाएर हेर्दामात्रै देखिने मसिनामसिना नीला दाग थिए। हिरोसिमा नजिकैको रेल स्टेसनबाट हामीलाई पछि पार्दै लौरो बिना नै रेस्टुरेन्टसम्म हिडेर पुग्दा उनमा प्रेमीसँगको डेटिङमा आतुर युवतीमा जस्तै लाक्षणिक आतुरता देखिएको थियो।

दोभासेको मद्दतमा उनलाई मैले एउटा प्रश्न सोधेँ, ‘कागजको यति ठूलो मुठो किन बोकेर हिँड्नुभएको?' ‘छोरीहरूले पठाएका चिठी हुन्, एकदमै मायालु छन् र हलुका पनि छन्।'
‘छोरीहरू कहाँ छन् तपाईंका? '
'तिम्रै देशमा।'
'नेपालमा? '
'हो नेपालमा।उनीहरूले नै पठाएका चिठी हुन्।'

संवादपछि उनले कागजको मुठो फुकाइन्। अक्षरहरू एकदमै बांगाटिंगा थिए, दाहिने हातले लेख्ने आदत बसेको मानिसले देब्रे हातले लेखेजस्ता।

पुुरानिएर पहेँलो भइसकेको एउटा पानामा लेखिएको थियो, 'आमा! पढ्न एकदम नै मन छ। तपाईंको साथ पाएर चिठी लेख्न सक्ने भएकी छु। अर्कोपटक तपाईं नेपाल आउँदा कथा र कविता पनि सुनाउन सक्छु। तर, तपाईंको मायाँ पाइरहौं!'

यत्तिमै टुंगिएको थियो, लामो थिएन चिठी। रेस्टुरेन्टमा हामी पलेँटी कसेर बसेका थियौं। उनी मेरो छेउमै भएकाले सामूहिक बसाइमा पनि छुट्टै कुरा गर्न मलाई सजिलो थियो। सात्तोले हाम्रा लागि सुसी (जापानमा प्रसिद्ध खाना) अर्डर गरेकी थिइन्।

सुसीको प्रतीक्षा गर्दै हामी उनका चिठी पढ्दै थियौं। दोभाषेले चिठीमा लेखिएको अर्थ फुकाएपछि उनका आँखाका छेउ रसिला देखिए। त्यसपछि उति साह्रो बोलिनन्। मौन सुरु भयो। मौन संवादको संवेदनशीलता मनभित्र स्वाट्टै पस्दो रहेछ। केही नभने पनि धेरै बुझिने।

मौनता तोड्दै मैले प्रश्न गरेँ, ‘कस्तो लाग्यो चिठी?'
एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ। मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन', सात्तो फुजिकोको अनुहारमा मुस्कान दौडियो।
अझै बोलिनन् सात्तो।
'बालिकाहरूले चिठीमा पोखेको वेदनावाट दु:ख लाग्यो? '
'होइन।'
‘बोल्नुभएन त? '
'खुसीले बोल्ने कुरा हरायो।'
दुःख वा खुसी चित्तको दशा रहेछ। जब त्यो हृदयबाटै आउँछ, तब शब्दहरू सबै नाकाम हुन्छन्। गहिरो दुःखलाई शब्दले बोक्न नसकेरै मान्छेका आँखाबाट आँसु झर्छन्। नत्र मान्छे शब्दबाटै हरेक दुःखलाई सम्बोधन गरेर काटिदिन्थ्यो।

खुसीको पनि यही दशा हो। हाँस्नु केबल मुखको अभ्यास र रुनु केवल आँखाको अभ्यास साबित भएका बेला हा“सो र मुुस्कानबीचको भिन्नता बुुझेँ मैले । उनी बोल्न सकिनन्, भावदशावाट पराजित शब्दहरू उनी भित्रै अड्किए।

‘यो कस्तो खुसी हो?' फेरि मेरो प्रश्न सात्तोलाई।
'खुसी शब्दमा भन्न सकिँदैन।'
'तुलना गरेर भन्न सक्नुहुन्न?'

‘प्रसूतिपछि आमाले पाउने सुखजस्तै', सरल मुद्रामा फर्केर उनले प्रष्ट्याइन्।
तर, सात्तोले भनेजस्तो प्रसव सुखको अनुभव मसँग छैन। र सोधेँ, 'खुसीको यो अनुभूति कहिलेसम्म रहन्छ? '

'जतिबेला अर्को दुःखको तयारी पूरा हुँदैन', बडो दार्शनिक पाराले उत्तर दिइन् उनले।हरेक दु:खबाटै सुखको ढोका खुल्छ र सुख फेरि अर्को दुःखको तयारी हो।

साधनामा बसेको तपस्वीले तत्‍वबोध गरेजस्तै भएँ म एकछिन् । त्यसो भए सात्तोलाई हृदय थर्थराउने यो खुसीमा पुर्‍याउने दुःख कुन थियो? मेरो मनमा प्रश्न उब्जियो।

सोधेँ, 'कुन दुःखले तपाईंलाई यो खुसीसम्म पुर्‍यायो?' 'दुःखले मलाई तिम्रो देश र अहिलेको यो खुसीसम्म एकैपटक पुर्‍यायो।'

उनको रहस्यमय दुःखमा पस्ने रुचि ममा जाग्यो र सोधेँ, 'त्यो रहस्यमय दुःखबारे भनिदिन सक्नुहुन्छ?' उनी भन्न थालिन्-'रियोको फुजिको २५ वर्षकी थिई।ऊ मैले जन्माएकी छोरी हो। उसलाई जन्माउँदाको प्रसव सम्झेर म अहिले भावविह्वल भएकी हुँ।

उसले जन्म लिएका बेला जब म होसमा फर्केकी थिएँ, काखमा मेरा दुई हातको घेराभित्र ऊ सुनौला खुट्टा हल्लाउँदै थिई। २५ वर्षभन्दा अगाडि ऊ जान सकिन।'

यसोभन्दा सात्तोका आँखा बाटुला देखिएका थिए। लालीमा हराएर अनुहार फुस्रो बन्दै गएको थियो। बितेका दिन बताउँदा मान्छेको रङ यस्तै फुस्रो हुन्छ। हिँड्दै गएको बाटो नरोकिएसम्म मान्छे पछि फर्केर हेर्दैन।बाटो रोकिएपछि मान्छेले काटिसकेको बाटोतिर आँखा फर्काउँछ। सात्तो आफूले हिँडिसकेको बाटो देखाइदिँदै थिइन्।

अर्को एक च्याप्टरमा उनले छोरीबारे बताइन्, 'जवान भएपछि रियोको पत्रकारिता गर्न चीनतिर लागी। पत्रकारिता कति गाह्रो काम हो मलाई थाहा छैन।पत्रकार जीवन बिताउँदा चीनमा उसको ज्यान गयो।मरेको शरीर नदेखेसम्म ऊ जिउँदै छ भन्ने लागिरहँदो रहेछ।'
अनि के गरिन् सात्तोले?  
   
'वियोगको नशाबाट मुक्त हुन म तिम्रो हिमाली देशमा गएँ।'
'त्यसपछि !'
'त्यसपछि कोख बाहिरबाटै छोरी पाएँ, जुन छोरीले लेखेको चिठी भर्खरै तिमीले पढ्यौ।' भक्तपुरमा बालगृह खोलेर असहाय बालबालिकालाई पढ्न सहयोग गरेकी रहिछन् उनले। धेरैजसो चिठी र बेलाबेला उनी आफैं नेपाल-जापान ओहोरदोहोर गर्दिंरहिछन्।

नेपालका हिमालहरूले चोटको दर्द भुल्न सात्तोलाई मद्दत गरे?      
'हिमाल मात्र होइन।'
'के रहेछ हाम्रो देशमा? '
'धर्म।'
'कुन धर्म? '
'मान्छेभित्रको धर्म।'
'कहाँ पाइन्छ त्यस्तो धर्म?'
'मन्दिर, गुम्बा, मस्जिद र चर्चबाहिर, तिम्रो देशका पाखा कन्दरामा त्यस्तो धर्म पाइन्छ।'
'कसरी अनुभूत गर्नुहुन्छ त्यस्तो धर्मलाई?'

'तिम्रो देशका भन्ज्याङ चौतारीहरूमा गाडिएका माटोका घ्याम्पामा एकाबिहानै तिम्रा दाजुभाइ र दिदीबहिनी पानी भरेर फर्कन्छन्।दिउँसो टन्टलापुर घाममा बटुवा आई कलकल पानी खाँदा तिमीहरू आफू स्वर्ग पुगेको अनुभूत गर्छौ।'

‘विभिन्न धर्मका मन्दिरहरू पनि देख्‍नुभएन?' 'मन्दिर, स्तूपा, मस्जिदहरू पनि देखेँ तर, मन्दिरभित्रको धर्ममा तिमीहरू अल्झेका छैनौं। एउटा कर्मीले पालैपालो मन्दिरका टुँडालमा प्राचीन मुद्रासन कुँद्छ र उही कर्मी ओम मेने पेमे हुँ भन्दै स्तूपामा प्रार्थना गर्छ।

मन्दिरको शंखनाद तिम्रा सहरका हरेक गुम्बा र मस्जिदहरूमा सुनिन्छ। स्वयम्भूको थुम्कोबाट आउने धोद्रो आवाजको प्रार्थनाले मन्दिरका पथिकहरू वशीभूत हुन्छन्। देवालयमा कैद धर्मको तिमीहरूलाई वास्ता छैन।'

भन्न मन लागेको थियो सात्तोलाई, 'सात्तो! धर्मको हाम्रो देशमा अभाव छैन। अहिले त चर्च, मस्जिद, मन्दिर र गुम्बा मान्छेका घरघरमै आइपुग्छन् र मानिसलाई तिनीहरूभित्र निर्मित स्वार्थमा कैद गर्न खोज्छन्।' तर, भनिनँ, मौन बसेँ।

आफ्ना प्रतिक्रियामाथिको मेरो मौनताले उनी खुम्चिइन्। भनिन्, 'तिम्रो समाजसँग दुःख सुख निर्धक्क बाँड्ने क्षमता छ। जहाँ हजुरबा हजुरआमादेखि नातिपनातिसम्मको पुस्ता एउटै छानामुनि खुसी भएर बस्न सक्छन्।'

ओहो ! सात्तोले वर्णन गरेको हाम्रो समाजको दृश्य त समयको माटोले पुरिँदै छोपिँदै र थिचिँदै गइसक्यो। बाथरुमको झ्यालबाट देखिएकी ती वृद्धा आफ्नो वेदना र कष्टसँगै जोडिएको घरमा बस्नेसँग बाँड्न सक्दिनन्।
 ?

भुइँचालोपछि गाउँबाट बालबालिका हराएका र किशोरीहरू सिमानापारि पुगेका अखबारी खबर ती वृद्धाले पनि सुनेकी थिइन् कि! आफूलाई सम्भावित दलाल कल्पना गर्दै म आधा रातमा निदाएँ।
www.annapurnapost.com