Tuesday, March 1, 2016

गणेशजीको टाउको हात्तीको? तर कसरी?

हिन्दु धर्मका ग्रन्थहरूमा अनेकौँ विचित्रका कुराहरू उल्लिखित छन्। तर ती सबै विचित्र कुराहरूको रोचक व्याख्या पनि गरिएको छ।

जस्तोसुके पुजाआजा लगाउँदा होस् या घरमै नित्यकर्म गर्दा होस्, सुरुमा गणेश भगवानको पुजा गरिन्छ अनि बल्ल अन्य पुजाविधि गरिन्छ। शक्ति र ज्ञानको प्रतिक मानिने गणेश भगवानको टाउको हात्तीको रहेको पनि सायद सबैलाई थाहा छ होला। तर कहिल्यै सोच्नुभएको छ, शिव र पार्वती दुवैको टाउको मनुष्यकै छ, तर उनीहरूकै छोरा ‘गणेश’को टाउको कसरी हात्तीको भयो? जन्मिँदै देखि हात्तीको टाउको थियो कि पछिबाट राखिएको हो?

यी यावत कुरालाई थरी थरी ग्रन्थमा थरी थरी तरिकाले वर्णन गरिएको छ।

‘श्रीस्वस्थानी’ मा यसरी पनि वर्णन गरिएको छः

नवग्रह देवका राजा मानिने ‘शनि देव’ले जुन वस्तुलाई हेर्यो त्यो वस्तुको विनाश हुने श्राप उनले पाएका थिए। त्यसैले गर्दा नै जो मनुष्यमा शनिको नजर पर्यो उसको जीवनमा केवल नराम्रो मात्रै हुने हिन्दु धर्ममा विश्वास गरिन्छ।

पार्वतीले आफ्नो बच्चाको नामांकरण गर्नेबेलामा सबै देवी-देवताहरूलाई निमन्त्रणा गरिन्। पार्वती देवीको निमन्त्रणा स्वीकारेर सबै देवी-देवताहरू त्यहाँ उपस्थित भए, तर केवल शनिदेव मात्रै त्यहाँ आएनन्। उनको यस्तो अपमान देखेर क्रोधित पार्वतीले शनिदेवलाई श्राप दिन तयार भइन्। पार्वतीको क्रोधदेखि भयभीत शनिदेव तुरुन्तै त्यहाँ उपस्थित भए तर आफ्नो दृश्टिले बालकलाई नराम्रो हुने डरले उनले आफ्नो आँखा थुनेर बसे।

पार्वतीले शनि देवलाई भनिन्- “हे शनिदेव, सबै देवी-देवताहरूले मेरो बालकको मुहार हेरे, सबैले आशिर्वाद दिए। तिमी चाहिँ किन आँखा थुनेर बसिरहेछौ?”



पार्वतीको प्रश्नमा चिन्तित हुँदै शनिदेवले भने- “हे जननी! मेरो कु-दृश्टिले आजसम्म कसैको भलो गरेको छैन। म हजुरको बालकलाई हेर्थेँ, तर माता त्यसपछिको परिणाम देखि मलाई डर लागिरहेछ।”

शनिदेवको यस्तो चिन्ता देखेर पार्वतीले ढुक्क हुँदै भनिन्- “तिम्रो श्रापको बारेमा मलाई राम्रोसँग थाहा छ, शनिदेव! तर मेरा बालक शक्तिशाली छन्, तिम्रो नजरले उसलाई केहि पनि असर गर्न सक्दैन। तिमी निश्चिन्त भएर उसलाई आशिर्वाद देऊ!”

पार्वतीको आग्रहलाई अस्वीकार गर्न नसकी शनिदेवले आँखा खोलेर त्यस बालकलाई हेर्छन्। दुर्भाग्यवश, उनले हेर्नेबित्तीकै त्यस बालकको धडबाट शिर छुट्टिएर बिलाउन गयो।

यस्तो दुर्गती देखेर शनिदेव आफ्नो शिर झुकाई त्यहिँ बसिरहे। पार्वतीले उनलाई गाली गर्न पनि सकिनन्। यो देखेर शिवजीले विष्णुलाई आदेश दिए- “हे विष्णु! तिमी उत्तर दिशातर्फ जाउ र जो भेट्छौ, उसको टाउको लिएर आउ।”

शवजीको आदेश मानी टाउको खोज्न विष्णु भगवान उत्तर दिशातर्फ लागे। धेरै यात्रा गरिसक्दा पनि उनले कसैलाई भेटेनन्। अनत्यमा एक हात्तीलाई देखेपछि त्यसैको टाउको लिएर जाने निर्णय गरे। शिवजीको अगाडि हात्तीको टाउको लिएर विष्णु प्रस्तुत भएपछि सबैजना जिल्ल परे। सबै कुराको बेलिबिस्तार लगाएपछि शिवजीले त्यस बालकको धडमा हात्तीको शिर लगेर जोडिदिए।

शिर उडिसकेको बालक हात्तीको टाउको लिएर बिउँझेपछि विष्णु भगवानले त्यस बालकको नाम ‘गणेश’ राखिदिए। सबै देवी-देवताहरूले गणेशलाई शक्ति र वरदान दिए। साथै मनुष्यलोकमा कुनै पनि पुजा-आजा गर्दा गणेशकै पुजा पहिला गरियोस् भनेर शिवजीले पनि वरदान दिए।

हिन्दु धर्ममा यस्ता थुप्रै विचित्रका कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। तर के कुरा बुझ्नु जरुरी छ भन्दा- धर्म, भगवान र शक्तिमा विश्वास नगर्नेहरूको लागि यो केवल अलौकिक कथा हुन जान्छ भने विश्वास गर्नेहरूको लागि यो जीवनमन्त्र हुन जान्छ।nepaliheadlines

रोग प्रतिरोधी क्षमता बढाउन,क्यान्सरबाट बाच्न ,हड्डी बलियो बजाउन र अनुहारमा चमक ल्याउन एउटै उपाए

· क्यान्सरबाट बचावट: भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँ कटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

· हड्डी बलियो बन्छ: भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।

· भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।


· हृदयरोगमा राहत: मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । भुइँकटहरमा हुने तत्वले रगतमा हानिकारक एलडीएल कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसबाट उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

· पाचन क्रियाको सन्तुलन: भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ । यसले भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत सहयोग गर्छ ।

· अनुहारको चमक:भुइँ कटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, सरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने भिटामिन सी ले कोलाजेन फाइबर बनाउन सहयोग गर्छ, जसले मांसपेशी र छालालाई स्वस्थ राख्दछ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

· रोग प्रतिरोधी क्षमता बढाउन:भुइँ कटहरमा एन्टी फ्लेमेटरी, एन्टिअक्सिडेन्ट तत्व हुनुका साथै पर्याप्त फाइबर समेत हुन्छ । भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ । – एजेन्सी

पेट थिचेर सुत्नुहुन्छ ? यसो नगर्नुस, यो स्वास्थको लागी निकै खतरनाक छ !

तपाइँ पेटलाइ थिचेर सुत्ने गर्नुहुन्छ रु यसो गर्नुहुन्छ भने आजैबाट यो बानी छोडी हाल्नुस । पेटको बल सुत्नाले मिर्गी बाट ग्रस्त रोगीहरूका लागी त आकस्मिक मृत्युको खतरा धेरै हुने गर्दछ । यो शिशुहरूको आकस्मिक मृत्युको कारण पनि बन्न सक्दछ । यो कुरा हालै गरिएको एक नयाँ अनुसन्धानबाट खुलासा भएको हो । मिर्गी मस्तिष्क सम्बन्धी रोग हो, जसमा रोगीलाइ पटक पटक दौरा पर्दछ ।


विश्वभरमा लगभग पांच करोड मानिसहरू यो रोगबाट पिडित छन । इलिनोइसमा शिकागो विश्वविद्यालयका जेम्स ताओले बताए अनुसार, अनियन्त्रित मिर्गीमा मृत्युको मुख्य कारण आकस्मिक मृत्यु हो र प्रायजसो यो सुत्ने क्रममा हुने गर्दछ । यस अनुसन्धानमा अनुसन्धानकर्ताहरूले २५ वटा अध्ययनहरूको समीक्षा गरेका थिए, जसमा सहभागी २५३ आकस्मिक मृत्युको मामलामा मानिसहरूको शारीरिक स्थितिको अध्ययन गरिएको थियो । यस अध्ययनमा के पाइयो भने पेटको बल सुत्ने स्थिति ७३ प्रतिशत मानिसहरूको मृत्यु भएको थियो । जबकि २७ प्रतिशत मानिसहरूको सुत्ने स्थिति फरक थियो ।

शिशुहरूको मामला जस्तै वयस्कहरूमा पनि प्रायजसो दौरा भएपछि बिउँझने क्षमता हुँदैन । विशेष रूपले सामान्य दौराको क्रममा । ताओ का अनुसार, यस अध्ययनमा मिर्गीबाट आकस्मिक हुने मृत्युबाट बचाउँनका लागी एक महत्वपूर्ण रणनीतिलाइ बताइएको छ । ‘कम्मरको बल गरि सुत्नु ‘ नै एक महत्वपूर्ण रणनीति हो । हाते घडी र बेड अलार्मको प्रयोगबाट सुत्ने क्रममा यस प्रकारको मृत्युबाट बचाउँमा मद्दत पुग्दछ । यो अध्ययन अनलाइन जर्नल न्यूरोलोजीमा प्रकाशित गरिएको छ ।-एजेन्सी

डा. भगवान कोइराला भन्छन्- अन्डा खाँदा होस गरौं !

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ
काठमाडौं । अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।
अनुसन्धान अनुसार, अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकप्रिय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।’
वैज्ञानिकको यो अध्ययन अमेरिकी केमिकल सोसाइटीको २४५ औं राष्ट्रिय बैठक रप्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
अध्ययन अनुसार, अन्डाको सेतो भागमा भएको अवयव ‘पेप्टाइड’ हुन्छ । यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो ‘क्याप्टोप्रिल’ (रक्तचापको औषधि)को एक मात्राजति नै प्रभावकारी हुन्छ ।
dainiknepal

केवल १५ दिनमा मोटोपना घटाउने जीराको अचुक शुत्र


खानालाई स्वादिलो बनाउनमा मसलाको महत्वपूर्ण भूमीका रहेको हुन्छ। साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू (जीरा, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याँज)लाई स्वस्थवर्द्धक पनि मानिन्छ।

जीराको दाना अथवा धूलो- नेपाली परिकार बनाउनको लागि नभई नहुने मसला। चाहे त्यो मासुको परिकार होस्, या साधारण तरकारी, अथवा दाल नै किन नहोस्, जीराको एक चिम्टी धूलो राखेपछि त्यसको स्वाद त मीठो भैहाल्छ, साथै बासना पनि मीठो नै आउँछ।



तर के तपाईँलाई थाहा थियो, तरकारी स्वादिलो र सुगन्धित बनाउनुको लगायत स्वास्थ्यमा कैयौँ फाइदाहरू दिने कारणले पनि जीराको धूलोलाई खानाका परिकारहरूमा मिसाउने परम्परा चल्दै आएको हो।

विश्वास लाग्दैन होला, तर जीराको एक चिम्टी दाना वा धूलोले मोटोपना घटाउने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। साथै यसले शरीरमा भएका बोसोलाई घटाउने, अनि नराम्रा कोलेस्ट्रोलको मात्रालाई प्राकृतिक रूपले नियन्त्रण गर्ने पनि उक्त अनुसन्धानबाट पत्ता लागेको छ।

खानामा जीराको धूलो राख्नुको महत्व

जीरामा पाइने थाइमोल ( अन्य फाइदाजनक चिल्लो पदार्थले हाम्रो मुखमा रहेका सालिभा ग्रन्थी  हरूलाई सक्रिय बनाउँदछ, जसले हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ। यसलगायत, जीराले हाम्रो कमजोर पाचनप्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। त्यसैले यदि अपच हुने समस्याले सतायो भने जीराको चिया बनाएर पिउँदा त्यसबाट राहत पाउन सकिन्छ।

मोटोपनाको समस्याको लागि जीराको दाना

तरिका १:

१ गिलास पानीमा १ चम्चा जीराको दाना राख्नुहोस् र उमाल्नुहोस्।
पानी उम्लिएर खैरो रङ्गको भएपछि ग्यास बन्द गरेर भाँडोलाई छोप्नुहोस्।
त्यसपछि हलुका चिसो भएपछि त्यसलाई दिनको ३ चोटि पिउनुहोस्। यसले पाचनप्रक्रियामा राहत दिनुको साथै सामान्य पेट दुखेको समस्यालाई पनि समाधान गर्दछ।
तरिका २:

२ चम्चा जीराको दानालाई एक गिलास पानीमा राख्नुहोस् र त्यसलाई छोपेर रातभरी भिज्न दिनुहोस्।
विहान त्यस पानीलाई चिसै अथवा उमालेर पिउनुहोस्।
पिउँदा जीराको दानालाई पनि चपाउनुहोस्। यसले शरीरमा भएका अनावश्यक बोसोलाई हटाउँदछ।
तरिका ३:

१ गिलास दहीमा १ चम्चा जीराको धूलो राख्नुहोस्।
चिनी नराखी, त्यस मिश्रणलाई दिनको एकचोटि खानुहोस्। यसरी नियमित सेवन गर्दा पनि तौल घटाउन मद्दत गर्दछ।
तरिका ४:

१ चम्चा जीराको धूलो र आधा चम्चा महलाई पानीलाई मिसाएर दिनहुँ पिउनुहोस्।
यसरी पिउँदा पनि तौल नियन्त्रण गर्न सहज हुन्छ।
तरिका ५:

थोरै शुद्ध र सफा पानीमा गाँजर, काउली र बन्दा काटेर मिसाउनुहोस् र त्यसलाई बफाउनुहोस्।
बाफिइसकेपछि त्यसमा लसुनको १/२ पोटि काटेर राख्नुहोस् र कागतीको रस पनि मिसाउनुहोस्।
त्यस मिश्रणमा १/२ चम्चा जीराको धूलो मिसाउनुहोस्। यसलाई खाना खानेबेलामा दिनहुँ खानुहोस् र २ हप्ताभित्र जादु हेर्नुहोस्।
जीरा खानुका फाइदाहरूः

पाचनप्रक्रियामा सुधार ल्याउँदछ।
पाइल्सबाट राहत दिन्छ।
रुघाखोकीको समस्यालाई कम गराउँदछ।
मधुमेहबाट रोकथाम गराउँदछ।
स्तनपान गरिरहेका सुत्केरी महिलाहरूको दूध उत्पादन शक्ति बढाउँदछ।
शरीरमा भएका विषाक्तलाई फाल्ने काम गर्दछ।
तनाव र थकानबाट मुक्त गराउँदछ।
प्रतिरक्षा शक्तिमा सुधार ल्याउँदछ।

Monday, February 29, 2016

ग्यास्ट्रिक छ ? यी १० घरेलु प्राकृतिक औषधी खानुहोस

मंगलबार, १८ फागुन
काठमाडौ । धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् ।
हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ ।
यी हुन नेपालमै पाइने ग्यास्ट्रिकका उपचार विधी:

१. बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
२. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।
३. सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
४. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।
५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा ब्लतबअष्म भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।
६. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।
७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।
८. जिरा 
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।
९. लसुन
२ \३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।
१०. पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।
nepalsandesh

मंगलबारको दिन गर्न नहुने ५ काम

बैदिक ज्योतिषशास्त्रमा ग्रहको आधारमा बार तथा तिथि बाँडिएको छ । बार र तिथि ग्रहको अवस्था अनुसार तय हुन्छ ।

सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ ।

मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।


मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ ।

धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
२- मंगलबार कुखुरा वा अन्य प‌ंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।nepaliheadlines

यी हुन तपाई हाम्रो बुद्धि बढाउने फलफूलहरु....!!

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।


बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।
जमुना:जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।
पालुंगो:बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।
कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।
पालुंगो लाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।
अमला:फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।
अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।
प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।
स्ट्रबरी:अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।
बदाम:बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।
ओखर:बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।
अंकुरित गेडागुडी:अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।

अन्य ब्रेन फुड्स:स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ' ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ

तपाइँलाई थाहा नहुन सक्छ कागती पानीको यो जादु

हामीले बच्चा बेला देखि नै तातो पानी पिउनुका फायदाबारे सुन्दै आएका छौं । अझ कागतीको रस तातो पानीमा मिलाउँदा त धेरै नै फाइदा पुग्छ भन्ने गरिन्छ ।
तर तातो पानीमा कागती मिसाएर पिउँदा यति धेरै फाइदा बारे तपाइँलाई जानकारी नहुन पनि सक्छ । यहाँ तातो पानीका फाइदाबारे चर्चा गरिएको छ ।


१ पाचन प्रणालीमा सुधार
तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत २ स्वस्थ राख्छ ।

३ कलेजोलाई सफा पार्छ
कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।

४ रक्तचाप सन्तुलित राख्छ
कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।

५ रोगसँग लड्ने क्षमता बढाउँछ
कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।

५ त्वचालाई जवान राख्छ
कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।

६ श्वास प्रश्वासका विरामीलाई राम्रो
कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।

७ वजन घटाउन उपयोगी
दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।

सुन्तलाको बोक्रा को फाईदा थाहा छ तपाईलाई ? क्यान्सर देखि रक्तचाप सम्मको औषधि

सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर  फ्याँक्छौँ र गुदी मात्र खान्छौँ ।  युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा दल्ने गरेको भने कहीँकतै देखिन्छ । सुन्तलाको बोक्राको उपयोगिताको बारेमा भने हामी अधिकांस जानकार छैनौँ । यदि सुन्तलाको बोक्राका फाइदाको बारेमा जान्नुभयो भने साँच्ची तपाइँले अब सुन्तलाको बोक्रा फ्याँक्नुहुने छैन  ।

यदि कपाल एकदम खश्रो तथा जर्जर छ भने कपाललाई सुन्दर, सिल्की बनाउका लागि सुन्तलाको बोक्रा वरदान सावित हुनसक्छ । सुन्तलाको बोक्रालाई पिँधेर लेदो बनाएर कपालमा लगाउनुपर्छ । केहीबेर सुक्न दिनुपर्छ र मज्जाले कपाल धुनुपर्छ । यसले कपाललाई चम्किलो तथा मुलायम बनाउँछ ।

अनुहारमा दाग, धब्बा छ रु यदि त्यसो हो भने सुन्तलाको बोक्रालाई मज्जाले पिँध्नुहोस् र त्यसको लेदोमा गुलाव जल मिसाएर अनुहारमा लगाउनुहोस् । नियमित रुपमा सुन्तलाको बोक्राको लेदो र गुलाब जलको मिश्रण अनुहारमा लगाउँदा अनुहारका दागधब्बा हराउनेछन् ।

सुन्तलाको बोक्रामा छाला शुद्धिकरण गर्ने तत्व पाइन्छ । यसमा ढुसी प्रतिरोधक तथा जिवाणु प्रतिरोधक तत्व पनि पाइन्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिसेर धूलो बनाउनुहोस् र त्यो धूलोमा दही मिसाएर छालामा लगाउनुुहोस् । त्यसो गर्दा सरीरको छाला चम्किलो तथा नरम बन्छ । अनुहारको छाला बढि चिल्लो भएर हैरान हुनुभएको छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा फाइदा गर्छ ।

सुन्तलाको बोक्रा केवल छालाको लागि मात्र होइन हृदयरोगको निवारणमा पनि सहयोगी बन्छ । रगतमा उच्च कोलेस्टेरोलको समस्या भएका हरुका लागि सुन्तलाको बोक्रा खानु लाभदायी मानिन्छ । उच्च रक्तचाप र कोलेस्टेरोलको समस्या भोगिरहेकाहरुले सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा गर्ने विज्ञहरुको भनाइ छ ।

सुन्तलाको बोक्रामा पाचन शक्ति बढाउने गुण हुन्छ । अपच हुने, अमिलो डकार आउने, उल्टी हुने जस्ता समस्या भएकाहरुले मात्र होइन पेटमा जुका परेकाहरुले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा हुन्छ ।

निद्रा नपर्ने समस्या भएकाहरुले सुन्तलाको बोक्राको सेवन गर्दा अनिद्राको समस्या कम हुने र गहिरो निद्रा पर्ने अध्ययनले देखाएको छ ।

अद्भुत रोगहरु सजिलै नियन्त्रण गर्ने यी हुन् ल्वाँङका १० गुणहरू

काठमाडौं, ल्वाँङलाइ नेपाली खानामा बिशेष ठाउँ दिइएको छ । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन । यसको उपयोग तेल तथा एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा तपाइँको स्वास्थ्यलाइ तन्दुरुस्त राख्नका लागी कयौं गुणहरू रहेका हुन्छन ।

ल्वाँङमा हुने एक बिशेष प्रकारको स्वाद यसमा हुने एक तत्व युजेनलको कारणले हुने गर्दछ, यहि तत्वका कारण यसका एक बिशेष किसिमको गन्ध उत्पन्न हुन्छ । यद्दपी, ल्वाँङ हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक छ तर सर्दीको मौसममा यसको बिशेष महत्व रहेको छ, किनभने यसमा गर्मी गर्ने तत्व धेरै हुन्छ । ल्वाँङको तेलले निकै गर्मी गराउँदछ, यसका कारण यसको निकै सावधानीसंग प्रयोग गर्नु पर्दछ । जब तपाइँ यसलाइ आफ्नो त्वचामा प्रयोग गर्नुहुन्छ, त्यतिबेला यसलाइ केही अन्य कुरामा मिलाएर लगाउनु पर्दछ ।

यहाँ ल्वाँङका १० गुणहरूका बारेमा चर्चा गरिएको छ

१. दांतहरूमा हुने पीडामा ल्वाँङको प्रयोगले राहत मिल्दछ र यही कारणले ९९ प्रतिशत टूथपेस्टमा हुने पदार्थहरूको लिस्टमा ल्वाँङको बिशेष रूपमा प्रयोग हुने गर्दछ ।

२. खोकी र गन्हाउने स्वासको उपचारका लागी ल्वाँङको प्रयोग गर्न सकिन्छ । ल्वाँङको नियमित प्रयोगले यी समस्याहरूबाट छुटकारा पाउन सकिन्छ । तपाइँ ल्वाँङलाइ आफ्नो खानामा तथा यसलाइ सुपका साथमा खान सक्नुहुन्छ ।

३. सामान्य रूपमा हुने सर्दीलाइ ल्वाँङले ठिक गर्न सक्दछ । तपाइँ ल्वाँङको तेलको दश थोपा महमा मिलाएर दिनमा दुइ देखि तीन पटक प्रयोग गर्न सक्नुहुन्छ । जसले तपाइँको सर्दीलाइ ठिक गर्न सक्दछ ।

४. ल्वाँङमा दिमागी स्ट्रेसलाइ कम गर्ने गुण पनि हुन्छ । ल्वाँङलाइ तपाइँ तुलसी, पुदीना र अलायचीका साथमा प्रयोग गरेर सुगन्धित चिया बनाउन सक्नुहुन्छ, साथै यही मिक्स तपाइँ महका साथमा प्रयोग् गरे स्ट्रेसबाट छुटकारा पाउन सक्नुहुन्छ ।

५. यदि तपाइँ त्वचा सम्बन्धी समस्याहरू जस्तै, पोतो, ब्ल्याकहेड्स,र व्हाइट हेड्सबाट चिन्तित हुनुहुन्छ भने यसको उपाय ल्वाँङको तेलमा लुकेको छ । तपाइँले यसलाइ आफ्नो फेसप्याकमा मिलाएर प्रयोग गर्न सक्नुहुन्छ किनभने यो निकै पोल्ने हुन्छ, यसको सिधै त्वचामा प्रयोग गर्न हुँदैन ।

६. ल्वाँङको तेलमा अन्य कुनैपनि तेलको तुलनामा सबैभन्दा धेरै एन्टीअक्सीडेन्ट गुणहरूले भरपूर हुन्छ । एन्टीअक्सीडेन्ट स्वस्थ त्वचा र शरीरलाइ तन्दुरुस्त राख्नमा निकै उपयोगी हुन्छ । ल्वाँङ तेलमा मिनरल्स जस्तै पोटाशियम, सोडियम, फस्फोरस, आइरन, भिटामिन A, र भिटामिन C अत्यधिक मात्रामा हुने गर्दछ ।

७. ल्वाँङको तेललाइ कुनै बिषालु किराहरूले टोकेमा घाउमा प्रयोग गर्न सकिन्छ ।

८. ल्वाँङको प्रयोग गरेर बनाइएको चियाले केशलाइ निकै फाइदा पुर्याउँछ । ल्वाँङको चियालाइ केश कलर गर्न र स्याम्पु गरेपछि लगाउन सकिन्छ । यसलाइ चिसो बनाएपछि मात्र केशमा प्रयोग गर्नु पर्दछ । तपाइँको केशलाइ सुन्दर बनाउन यो निकै उपयोगी सावित हुन्छ ।

९. ल्वाँङबाट केशका लागी कन्डीशनर पनि बनाउन सकिन्छ । यदि तपाइँको केशमा छिटै लट्टा पर्ने जस्तो समस्या रहेको छ भने, यसबाट बनाइएको कन्डीशनर निकै असरकारक हुन्छ।

१०. ल्वाँङको उपयोगबाट उलटी आउने समस्या, डराउनु र मर्निङ सिकनेसमा आराम मिल्दछ । ल्वाँङको तेलमा केही अमिलो र थोरै चिनीका साथमा पानी राखेर पिउनु पर्दछ ।

यति धेरै उपयोगी ल्वाङको तपाइँ पनि प्रयोग गर्न थाल्ने कि ?

आर्यूवेदिक उपचार: पिनास हुदा खान हुने र नहुने

डा. क्षितिज बराकोटी
नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै ः नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।

पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन । अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।

पिनास हुँदा खानु पर्नेे कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।

विशेष ः पिनासको उपचारका लागि योसास क्लिनिक डा. बराकोटीब्दय – लगनखेल, ललितपुरको बिशेष उपचार विधिहरुबाट हजारौ पिनासका रोगीले पूर्ण लाभ प्राप्त गरेका छन् । दीर्घ एवं पुराना रोगीहरुमा पनि राम्ररी खाना बारेर िबशेष उपचार गराउदा पूर्ण ठीक भएका छन् । त्येसैले खानपान जथाभावि नगरी नियमित भै उपचार गराउनु अति नैं लाभदायक हुन्छ ।

Sunday, February 28, 2016

अन्धा पुरुष र हात्तीले बताए- धर्म के हो?

धर्म के हो? भगवान को हुन्? यी प्रश्नको पूर्ण जवाफ सायद कसैले पनि दिन सक्दैनन्। हरेक धर्मले ‘धर्म’को अर्थ अनि ‘भगवान’को अस्तित्वलाई फरक-फरक ढङ्गले व्याख्या गरेको छ। फेरि भिन्नाभिन्नै धर्मावलम्बीहरूको बीचमा पनि यहि प्रसङ्गमा चर्काचर्की पनि चल्ने गर्दछ।

यसै सन्दर्भमा बुद्ध शुत्रमा एक कथाप्रसङ्ग उल्लिखित छः

कैयौँ सर्वसाधारणहरू ‘धर्म’ र ‘भगवान’को विषयमा कुराकानी गरिरहेका थिए। तर कोहि पनि एक-अर्काको कुरामा सहमत हुन सकेका थिएनन्। त्यसैले उनीहरू बुद्ध’ भएको ठाउँमा गए र सोधे- “हे महापुरुष! धर्म के हो? भगवान कस्तो हुन्छ?”26

जस्तोसुकै जटिल प्रश्नको पनि सजिलै उदाहरण दिएर उत्तर दिन सक्ने खुबी भएका बुद्धले आफ्ना चेलाहरूलाई एक विशाल हात्ती र ४ जना अन्धा पुरुषहरूलाई बोलाउन आदेश दिए। त्यसपछि ती अन्धा पुरुषहरूलाई हात्तीलाई छाम्न लगाए र ‘हात्ती कस्तो छ’ भनेर सोधे।


पहिलो अन्धो पुरुषले हात्तीको खुट्टा छामे र भने ‘हात्ती त खम्बा जस्तो हुँदो रहेछ’। दोश्रोले हात्तीको ज्यान छामेर भने ‘हात्ती त भित्ता जस्तो हुँदो रहेछ’। त्यसरी नै तेश्रो पुरुषले कानलाई छाम्दै भने ‘हात्ती त बाक्लो लुगा जस्तो हुँदो रहेछ’। अनि अन्तिममा चौथो पुरुषले पुच्छरलाई छाम्दै भने ‘हात्ती त मोटो धागो जस्तो हुँदो रहेछ’।

फेरि ती ४ अन्धा पुरुषहरूको बीचमा पनि ‘हात्ती’को रूपको बारेमा बहस हुन थाल्यो। र बुद्धले ती सर्वसाधारणहरूलाई सोधे- “सबै अन्धा पुरुषले हात्तीलाई छोए तर सबैले फरक-फरक उत्तर दिए। अब तिमी नै भन कुन उत्तर सही हो?”

“सबैजनाले सही उत्तर दिए”, उनीहरूले भने।

“सबैले हात्तीको एउटा-एउटा अङ्गलाई महशुस गरे, तर पूरै अङ्गलाई छुन सकेनन् त्यसैले उनीहरू सबैको उत्तर अपूर्ण थियो। भगवान र धर्मको विषय पनि यस्तै हो। सबै धर्मले आफूले बुझेको, देखेको र सुनेको कुरा विश्वास गर्ने गर्छन्। हुन त सबै धर्म सही छ तर कुनै पनि पूर्ण छैनन्।”

nepaliheadlines

शरीरको खराबी फान्न यी खानेकुरा बढि लाभदायक

सोमबार, १७ फागुन

मानिसहरुमा अस्वास्थ्यकर खाना तथा रहनसहनका कारण बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता खानबाट हाम्रो शरिरमा बिभिन्न खराबी तत्वहरुको कारण रोगहरु लाग्ने गर्दछन । यस्तो शरिरमा जम्मा भएको खराबी तत्वलाई यी घरेलु खानकुरा खानाले धेरै मात्रामा कम गर्न सकिन्छ ।
धनियाँ
धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने गर्दा मिर्गाैला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुने पनि हुन्छ ।
कागती
बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।
ग्रिन टी
ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।
आलस
आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।
गहुँको जमरा
गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने आदि पनि गर्छ ।
दही
खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् ।
अदुवा
अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यही भएर हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने बानी बसाल्नुपर्छ ।
nepalsandesh

स्त्री होस् या पुरुष, यी ४ कामलाई धेरै दिनसम्म लुकाउन सक्दैनन्


भनिन्छ नि- ‘एउटा झूट कुरा लुकाउन सय झूट बोल्नुपर्छ!’ फेरि त्यहि झूटलाई पनि कहाँ धेरै दिनसम्म लुकाउन सकिन्छ र? आज जसरी तसरी सत्य कुरा लुकाइएला, तर कुनै न कुनै दिन त सत्य सामुन्ने आइ नै हाल्छ। अनि जब घर-परिवार र समाजले त्यो सत्य कुरा थाहा पाउँछन्, तब सबैको सामुन्ने अपमानित हुनुपर्छ। तीतो नै किन नहोस् सत्य कुरा लुकाउँदा झन् कष्ट भोग्नुपर्ने हुन्छ।

मानिस आफ्नो अधिकांश व्यक्तिगत कुराहरूलाई लुकाउन चाहन्छ। व्यक्तिगत कुरा लगायत कुनै गलत काम गरेमा पनि सत्य कुरा बोल्ने हिम्मत गर्दैनन्, झूटको सहारा लिने गर्छन्। तर थाहा पाइराख्नुहोस् है, यी ४ कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैनः

१. झूट

महाभारतमा कर्णले परशुरामसँग आफू ब्राह्मण हुँ भनेर झूट बोलेका थिए। परशुरामले पनि कर्णलाई ब्राह्मण नै सोँचेर सबैप्रकारका शस्त्र-अस्त्रका ज्ञान दिए। तर एकदिन कर्ण ब्राह्मण होइनन् भन्ने थाहा पाएपछि ‘सबैभन्दा बढि आवश्यक परेको बेला सबै शस्त्र-अस्त्रको ज्ञान भुल्न परोस्’ भनेर परशुरामले कर्णलाई श्राप दिए।

नभन्दै महाभारतको युद्धमा अर्जुनसँग युद्ध गर्ने बेलामा कर्णले ती सबै शस्त्रअस्त्रको ज्ञान बिर्सिए र अर्जुनकै हातबाट उनको मृत्यु भुयो।

यसबाट पनि के सिक्न सकिन्छ?

झूटले आफूलाई फाइदा गर्छ भनेर सोँच्नु मूर्खता हो। यो पनि थाहा पाउनुपर्छ कि आफूले बोलेको झूटले सदैव आफैलाई धोका दिन्छ।

२. छल-कपट

दुर्योधन र उनका मामा शकुनीको धोका र छल-कपटकै कारण महाभारतको युद्ध भएको थियो, जहाँ आफ्नै दाजु-भाइको हत्या गर्नुपरेको थियो। कौरवहरूले पाण्डवहरूलाई पहिल्यै देखि नै सताउने काम गर्दथे, छल-कपटको सिकार बनाउथे। अन्त्यमा पाण्डवहरूकै हातबाट कौरवहरूको मृत्यु भयो।

‘कर्म’ भनेको यस्तो कुरा हो, जसले तपाईँको हरेक कार्यलाई मध्यनजर गरिरहेको हुन्छ। तपाईँले राम्रो काम गर्नुभएको छ भने नतिजा पनि राम्रै आउँछ। तर गलत कामको फल कहिल्यै पनि राम्रो हुँदैन। यहि नै कर्मको कर्तव्य हो।

फेरि छल-कपटलाई पनि धेरै समयसम्म लुकाएर राख्न सकिँदैन। एक न एक दिन त त्यसको नतिजा आफैँले भोग्नैपर्ने हुन्छ।

३. हत्या

समाचारमा पनि सुन्नुभएकै होला- ‘बलात्कार गरी हत्या गर्ने पक्राउ’, ‘आफ्नै बुवाको हत्या गरी फरार हुने पक्राउ’, आदि-इत्यादि।

कसैले जतिसुकै योजना बनाऊन् हत्या गरेर लुकाउनको लागि! समय आएपछि एकदिन हत्यारालाई सजाय अवश्य मिल्छ।

जसरी तपाईँको जीवन अमूल्य छ, त्यसरी नै सबै प्राणीको जीवन अमूल्य हुन्छ। कसैको हत्या गर्नुलाई शास्त्रमा ‘अक्षम्य पाप’ भनिन्छ। ‘अक्षम्य’- क्षमा गर्नै नसकिने।

४. अहङ्कार

जो व्यक्ति अहङ्कारी (घमण्डी) हुन्छन्, उसले आफ्नो घमण्डको लागि कुनै पनि कुकर्म गर्न तयार हुन सक्छन्। तर आफूलाई सज्जन बताउनका लागि उसले जतिसुकै प्रयास गरोस्, एकदिन उसको अहङ्कार सबैको सामुन्ने प्रकट भएरै छाड्छ।

उदाहरणको लागि रावणलाई लिन सकिन्छ, दुर्योधनलाई हेर्न सकिन्छ। उनीहरूले आफ्नो शक्तिको घमण्ड गरेकै कारण अन्त्यमा नष्ट भएर जानुपरेको थियो।

nepaliheadlines

Saturday, February 27, 2016

पवित्र मानिने तुलसीको पात चपाउनुहुँदैन, अन्य के-के काम गर्नुहुँदैन जान्नुहोस्

हिन्दु धर्ममा पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइन्छ। साथै तुलसी त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा उल्लेखित छ।

‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ।

नेपाल र भारतमा अवस्थित हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ। किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि।Tulsi Moth

आयुर्वेदमा पनि तुलसीको पातको ठूलो महत्व रहेको छ। आयुर्वेद र प्राकृतिक चिकित्साशास्त्रका अनुसार यसले रुघाखोकी, टाउको दुख्ने, टन्सिल हुने जस्ता समस्याबाट राहत दिन्छ। विज्ञानकै कुरा गर्दा पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ। त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वास्थ्य पक्षबाट शुभ मानिन्छ।

तर, सावधान! धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन्। जान्नुहोस्, तुलसीको पातलाई के गर्नुहुँदैन- धार्मिक र वैज्ञानिक कारणः

१. कहिल्यै नचपाउनुहोस्

बाउबाजेले भनेको त सुन्नुभएकै होला- ‘तुलसीको पात कहिल्यै पनि चपाउनुहुँदैन, पाप लाग्छ।’

अब धार्मिक पक्षबाट हेर्ने हो भने, तुलसीलाई विष्णु भगवानको स्वरूप मानिन्छ र यसको पातलाई दाँतले चपाउनु विष्णु भगवानको अपमान गरेको हुन्छ।

वैज्ञानिक पक्षबाट हेर्ने हो भने, तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ। त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ।

त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ र पाप पनि लाग्दैन।

२. कहिल्यै पनि शिवलिङ्गमा नचढाउनुहोस्

हिन्दु धर्मका ग्रन्थअनुसार, शक्तिशाली असुर जालन्धरकी पत्नी ‘वृन्दा’को वास्तविक रूप तुलसी हो। अनि जबसम्म वृन्दाको पतिव्रत धर्म चोखो र शुद्ध रहिरहन्छ, तबसम्म जालन्धरलाई कसैले पनि हराउन सक्दैन र अमर रहिरहन्छ।

एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन्। त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन्।

विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन्।



त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ।

(शिवजीलाई यी ५ पवित्र वस्तुहरू चढाउनुहुँदैन)

३. यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्

आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।

किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो। त्यसैले यी दिनहरूमा तुलसीको पात टिप्नु भनेको वृन्दाको सतिहरण गरेसरह हुने र पात टिप्ने व्यक्तिको जीवनमा कहिल्यै पनि शुभ-शान्ती नआउने विश्वास गरिन्छ।

४. गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्

जब युवती वृन्दा जङ्गलमा चाहार्दै थिइन्, तब उनले गणेश देवले ध्यान गरिरहेको देखिन्। गणेशको सुन्दरता र गहिरो ध्यानको प्रभावले गर्दा वृन्दा मोहित भइन् र तुरुन्तै गणेशसँग विवाह गर्ने प्रस्थाव राखिन्।

आफू ब्रह्मकुमार भएको र त्यसैले गर्दा विवाह गर्न नहुने बताउँदै गणेशले वृन्दाको विवाह प्रस्तावलाई अस्वीकार गरेपछि वृन्दा क्रोधित भइन्। क्रोधमै अन्धि बनेर उनले गणेशलाई आफ्नो ब्रह्मकुमारको प्रतिज्ञा तोडेर विवाह गर्नुपरोस् भनेर श्राप दिइन्।

उनको यस्तो तर्कहीन श्रापले गर्दा गणेश पनि क्रोधित भएर वृन्दालाई ‘चाँडै नै विवाह गर्नुपरोस्, त्यो पनि दैत्यसँग। त्यसपछि श्रापको कारण नश्वर संसारमा वृक्ष भएर जन्म लिनुपरोस्’ भनेर श्राप दिए।

गणेशको क्रोध र श्रापले गर्दा वृन्दाले आफ्नो गल्ती महशुस गरी गणेशसँग क्षमा मागिन्। वृन्दाको क्षमा याचना देखि प्रसन्न भई गणेश भगवानले उनको श्रापलाई कम गरीदिए- ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस्। तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस्।’

त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ।

५. कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्

विभिन्न धर्मग्रन्थका अनुसार, जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए। अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन्। तर विष्णुले अस्वीकार गरे र भने- “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ”

त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे। त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ।

तर कतिपय ठाउँमा मानिसहरूले आफ्नो सहजताको लागि तुलसीको मोठलाई घरको छतमा राखेको पाइन्छ। घरको छतलाई पनि घरभित्रकै परिसर मानिने हुनाले यसो गर्न हुँदैन। जहिले पनि तुलसीको मोठलाई घरबाहिर नै राख्नुपर्दछ।

nepaliheadlines

Friday, February 26, 2016

यस कारण भुलेर पनि नराख्नुस् विवाहितसँग सम्बन्ध

आजभोलि विवाहेत्तरका सम्बन्ध सामान्य जस्तै भैसकेका छन् । मानिसहरु बैबाहिक जीवनमा सन्तुष्ट हुँदैनन् र विकल्प खोज्छन् । तर त्यस्ता सम्बन्धले पारिवारिक र सामाजिक जीवनमा भने धेरै समस्या निम्त्याइरहेका हुन्छन् ।

यदि तपाइँ कुनै विवाहित पुरुष र महिलासँग सम्बन्धमा हुनुहन्छ भने आजै देखि छोडिदिनुस् । किन भने विवाहितसँग सम्बन्ध राख्नुका फाइदा भन्दा घाटा धेरै छन् ।

गलतः
यदि तपाइँ विवाहितसँग रोमान्स गर्दै हुनुहुन्छ भने मनमनै मैले सही गरेको छैन भन्ने भावनाले जितिरहेको हुन्छ । जति रमाइलो हुनु पर्ने हो त्यति रमाइलो हुन सक्दैन । मन मनै मैलै गलत गरिरहेको छु भन्ने भावनाले ग्रस्त भएर बाँच्नु पीडादायी हुन्छ ।

दोश्रो प्राथमिकताः
यदि तपाइँ विवाहितसँग सम्बन्धमा हुनुहुन्छ भने विचार गर्नुस् तपाइँ उसको पहिलो प्राथमिकता कहिल्यै पनि हुनुहुने छैन । किन भने विवाहितको जीवनमा श्रीमान श्रीमति वा छोराछोरी पहिलो प्राथमिकता हुन् । तपाइँसँगको रोमान्स सँधै दोश्रो प्राथमिकता हो । यदि छान्नै पर्ने अवस्था आयो भने विवाहितले परिवार र आफ्नो जीवनसाथी नै छान्छन् ।

झुटको जगः
तपाइँको सम्बन्ध विवाहितसँग छ भने त्यो सम्बन्ध नै झुटमा आधारित हुन्छ । किन भने घरमा श्रीमान वा श्रीमती र छोरा छोरी भएको ब्यक्तिसँग सम्बन्ध राख्ने ब्यक्तिले सँधै झुटो बोल्नु पर्ने हुन्छ । र तपाइँसँग सम्बन्ध राख्नेले पनि झुट नै बोलिरहेको हुन्छ । एउटा कुरा लुकाउन अर्को झुट बोल्नु पर्ने र झुट माथि झुट थपिँदै जान्छ ।

मनमा अशान्तिः
आफै सोच्नुस् यदि तपाइँको श्रीमान वा श्रीमतिले तपाइँलाई धोका दिइरहेको चाल पाउनु भो भने कस्तो अनुभव हुन्छ । गहिरिएर सोंच्नु भो भने तपाइँलाई पनि लाग्छ यो गलत कुरा हो । विवाहितसँगको सम्बन्धमा मनमा शान्ति हुँदैन र सँधै तनाव रहन्छ । यसकारण विवाहितसँग सम्बन्ध नराख्नुस्

Thursday, February 25, 2016

पतिले ५० ओटी लाइन लाउँछु भनेपछि....


श्रीमान् श्रीमतीको सबन्धलाई कथाकार गुरुप्रसाद मैनालीले परालको आगोसँग तुलना गरेका छन् । सामान्य मनमुटाव र झगडापछि श्रीमानश्रीमतीको सम्बन्ध अझ प्रगाढ पनि हुने गर्दछ । त्यसैलै त पहिलेको बुढापाकाले नठोसी अगुल्टो पनि बल्दैन भन्ने उखान प्रयोग गर्ने गरेका थिए ।

सामान्य विषयमा झगडा गरेका श्रीमान श्रीमतीबीचको यो सम्बाद हेर्नुहोस्

श्रीमानः (रिसाएर) धेर निहुँ नखोज तँ जस्ता ५० जनालाई म लाईन लगाइदिन्छु ।


श्रीमानको आफूजस्तै ५० जनालाई लाइन लगाउने कुरा सुनेर मुस्कुराउँदै भनिन् ।

श्रीमतीः अझै पनि मजस्तै चाहिने भए, लाइनको सुरुमा म कि अर्कै ?

दम्पतीको यो सम्वादपछि दुवै दिल खोलेर हास्न थाले । झगडाको कारण दुर भयो भने सम्बन्ध झन प्रगाढ ।
annapurnapost

Wednesday, February 24, 2016

माुस खान छाड्नुस, यी ६ फाइदा तत्कालै पाउनुहुनेछ

शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मासु खानेहरुमा भन्दा मासु नखाने मानिसहरुमा विभिन्न खाले रोगहरुको समस्या कम देखिने गरेको विभिन्न अध्ययन तथा अनुभवले देखाएका छन् ।
यदि तपाइँ मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाइँले आफ्नो वजन घटाउने, मुटुरोगको जोखिम कम गर्ने जस्ता फाइदाहरु तत्कालै प्राप्त गर्न थाल्नुहुनेछ । मासु खान छाड्नुनका ६ फाइदा यस्ता छन्ः
शरीर दुख्ने तथा सुन्निने समस्या कम हुनेछः  मासु तथा अन्य प्रोसेस्ड फुडहरुले खाएको केही घण्टामै सरीरमा दुखाइ तथा सुन्निने समस्या पैदा गर्दछन् । मासुमा हुने एनिमल फ्याटसँगको प्रतिक्रियाका कारण हाम्रा रक्तधमनीहरु प्यारालाइज्ड हुन्छन् र धमनी खुल्ने क्षमता आधाले घट्दछ । त्यसो हुँदा फोक्सो फुलिन्छ । यस्तो फुलाई तथा दुखाइ भनेको सरीरको प्रतिरोधी प्रतिक्रिया हो ।
तर लामो समयसम्म यस्तो हुँदा मुटु सम्बन्धी रोग, मधुमेह, अटोइम्युन डिजिज तथा क्यान्सर लगायतको जोखिम हुन्छ । जबकी शाकाहारी खानेकुराहरु खासगरी वनस्पतीजन्य खानेकुराहरु दुखाइ तथा सुन्नाई प्रतिरोधी हुन्छन् । यिनीहरुमा प्रसस्त मात्रामा फाइबर तथा एन्टीअक्सिडेन्ट हुनुका साथै सुन्निने तथा दुख्ने क्रियामा संलग्न बोसो तथा इन्डोटोक्सिनको मात्रा घटाइदिन्छन् ।
रगतमा कोलेस्ट्रोलको मात्रा घट्नेछः  रातो मासु, कुखुराजन्य परिकार तथा चिज लगायतका एनिमल प्रडक्टहरुमा संतृप्त बोसो हुन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँदछ । कोलेस्ट्रोलको मात्रा बढ्दा मुटुरोग, मस्तिष्कघात जस्ता खतरा बढ्दछन् । मांशाहारी मानिसहरु शाकाहारी बन्दा रगतमा कोलेस्ट्रोलको मात्रा ३५ प्रतिशत सम्मले घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।
टाइप टू मधुमेहको जोखिम घट्नेः अध्ययन अनुसार प्राणीजन्य प्रोटिनको उच्च मात्राको सेवनले मधुमेह विकशित हुने दीर्घकालीन खतरा बढ्दछ । एनिमल फ्याट, मासुमा पाइने एनिमल बेस्ड आइरन तथा नाइट्रेट पि्रजर्भेटिभ्सले प्यांक्रियाजका कोशिकाहरु नष्ट गर्ने तथा इन्सुलिनको कार्यमै असर पूराउने गर्छन् जसले गर्दा टाइपू टू मधुमेहको जोखिम बढ्दछ ।
वजन नियन्त्रणः  शाकाहारी मानिसहरुमा मोटोपनाको दर मासु खाने मानिसहरुमा भन्दा कम पाइएको छ । मासु खाने तथा शाकाहारीहरुले दिनहुँ खाने क्यालोरी खपत बराबर भएपनि मासु खानेहरु बढि मोटोपनाको सिकार हुने गरेको पाइएको छ । यसको कारणमा मासु खानेहरुले वनस्पती प्रोटिन, बिटा क्यारोटिन, फाइबर, म्याग्नेसियम जस्ता तत्वहरुको खपत कम गर्दछन् र हानिकारक बोसोको सेवन मात्र धेरै गर्दछन् । कम चिल्लो तर ताजा सागपात, फलफूल र अनाज सहितको स्वस्थ शाकाहारी भोजनले वजन नियन्त्रणमा सहयोग गर्दछ ।
विषाक्त पदार्थबाट बचिनेः  हामीले खाने जनावरका मासुहरुमा विभिन्न खाले हर्मोन, किटनासक औषधि, एन्टीबायोटिक्स जस्ता दूषित पदार्थहरु पाइन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । कुखुरा, सुँगुर, भैँसी, माछा लगायतका मासुमा इ कोली, लिस्चेरिया, लगायतका विभिन्न खाले जिवाणु तथा घातक परजिवीहरु पाइन्छ । त्यसैले मासु नखानाले खानाबाट सर्ने विभिन्न खाले रोगहरुबाट बच्न सकिन्छ ।
पृथ्वीकै वातावरण बचाउन योगदानः  मानिस शाकाहारी बन्दा पृथ्वीको वातावरणमा विभिन्न खाले सकारात्मक प्रभाव पर्दछ । खानाका लागि जनावरको पालनले अहिले पृथ्वीको कुल भुभागको ३० प्रतिशत प्रयोग भएको छ । मासु खानकै लागि पालिने जनावरका कारण वनविनाश उच्च भैरहेको छ भने फडानी भएको जंगल क्षेत्रलाई चरिचरनमा बदलिएको छ ।
अध्ययन अनुसार एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुने मानिस मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ ।
onlinekhabar

तपाइँलाई थाहा छ ? आफ्नै औंलाले शरीर नाप्दा आफ्नो आयु थाहा हुन्छ

शास्त्रमा भनिएको छ कि हरेक ब्यक्तिको जन्मका साथ नै मृत्यु पनि तय हुन्छ । हरेक मानिसले जन्मसँगै मृत्युको मिति समेत लिएर आएको हुन्छ । यद्यपी यो जीवन र मृत्युको रहस्यबारे भविष्यवाणी भने हरेक मानिसलाई चासोको विषय हुन्छ ।

शास्त्रमा यो प्रश्नको जवाफ दिइएको छ । हाम्रो शरीरका विभिन्न अंगले नै हाम्रो आयुबारे भविष्यवाणी गर्न मद्दत गर्ने शास्त्रको भनाइ छ ।


समुन्द्रशास्त्रका अनुसार हातको रेखा र निधारको रेखाले आयुबारे जानकारी दिन्छ ।

यो शास्त्रका अनुसार निधारका चार रेखाले कन्चटको पल्लो भाग सम्म छोएको छ भने यस्ता ब्यक्तिको आयु राम्रो हुन्छ । निधारको एक रेखाले २५ वर्षको आयु रहेको जनाउँछ । यस्ता रेखा जति स्पष्ट हुन्छन् त्यति नै दीर्घायु हुने मानिन्छ ।

आयुबारे जानकारी लिने सबै भन्दा सजिलो तरिका हो आफ्नै औंलाले शरीर नाप्नु । भविष्य पुराणका अनुसार जुन ब्यक्तिको उचाइ आफ्नै हातले नाप्दा चार हात १२ अंगुल छ त्यस्तो ब्यक्ति दीर्घायु हुन्छ ।

जुन ब्यक्तिको उचाइ १०० अंगुल मात्र हुन्छ त्यस्ता ब्यक्तिको आयु मध्यम स्तरको हुन्छ । यिनीहरु धेरै छिटो पनि मर्दैनन् र धेरै ढिलो सम्म पनि बाँच्दैनन् ।

९० अंगुल हुने ब्यक्तिको आयु अल्प वा औषत हुने मान्छ ।

हत्केलाको माथिल्लो भागमा नाडीको छेउँमा गोलो रेखा हुन्छ । त्यसलाई मणिबन्ध रेखा भनिन्छ । यसले तपाइँको आयुबारे जानकारी दिन्छ । यो रेखाबाट मानिस कति बाँच्ने भन्ने समेत थाहा हुन्छ ।

यी ३ कुरा भएका पुरुष अभागी... कहिल्यै पनि खुशी हुन सक्दैन.. जानी राखौ..

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।

चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।

यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।

चाउचाउ खाने बानी छ ? एक पटक यो पढ्नुस्

चाउचाउ नेपालमा सबैभन्दा लोकप्रिय स्न्याक्समा पर्छ । छिटोछरितो र स्वादिलो हुने हुँदा हामी मध्ये धेरैले चाउचाउ सेवन गरिरहन्छौं ।


बच्चालाई मात्र होइन जवान र बृद्धहरुसम्म पनि चाउचाउ मन पराउँछन् । तर यही लोकप्रिय खाजा चाउचाउ स्वास्थ्यका लागि भने राम्रो हुँदैन भन्ने कुरा थाहा नहुन सक्छ ।


वुमन्स हेल्थमा प्रकाशित शोधका अनुसार चाउचाउको नियमित सेवनले हामीलाई विभिन्न प्रकारका रोग निम्तिने खतरा हुन्छ ।

यो शोधका अनुसन्धानकर्ताहरुले चाउचाउले मानिसहरुका मधुमेह, मुटु सम्बन्धी रोग र मस्तिस्क घात जस्ता खतरा हुने बताएका छन् ।

चाउचाउले कार्डियोमेटाबोलिक सिन्ड्रोम नामक अवस्था पैदा हुने र यसले मुटुमा विभिन्न समस्या पैदा गर्ने शोधकर्ताहरुको भनाइ छ ।

चाउचाउका कारण पाचनप्रणालीमा समेत समस्या हुने समेत बताइएको छ ।



हप्तामा २ पटक चाउचाउ सेवन गर्नेलाई पाचन प्रणालीमा समस्या आउने खतरा ६८ प्रतिशत हुन्छ ।

भेलोर विश्वविद्यालयका शोधकर्ताहरुले सन् सन् २००७ देखि २००९ सम्म महिलाहरुमाथि यो अध्यन गरेका थिए ।

चाउचाउमा हुने क्यालोरी, रिफाइण्ड कार्बोहाइड्रेट्, स्यचुरेटेड फ्याट् र सोडियमको उच्च मात्राले महिलाहरुलाई धेरै नै घाटा गर्ने उल्लेख छ ।

Tuesday, February 23, 2016

तारा एयरको विमान सम्पर्कविहीन

पोखरा, फागुन १२ । पोखराबाट मुस्ताङ जाँदै गरेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएको छ ।
पोखराबाट उडान भरेर जाँदै गरेको विमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीन भएको हो ।
विमानमा यात्री र चालक दलका सदस्यसहित २० जना रहेको बताइएको छ ।
विमानको खोजी जारी रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ ।
imagekhabar

वैदेशिक रोजगारमा एजेन्ट व्यवस्था खारेज

9काठमाडौं – वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने भएको छ । म्यानपावर कम्पनीलाई कामदार उपलब्ध गराउने एजेन्टको व्यवस्था खारेज गर्न लागिएको हो । एजेन्टले ग्रामीण क्षेत्रबाट कामदार ल्याएर म्यानपावर कम्पनीलाई उपलव्ध गराउने काम गर्दै आएका थिए । एजेन्टका कारण कामदारको लागत बढेको ब्यापक गुनासो आउन थालेपछि हटाउने निर्णय गरिएको व्यवसायीले जानकारी दिएका छन् ।
एजेन्टले भने बैधानिकलाई हटाएर अबैध तरिकाबाट कामदार लिने षडयन्त्र गर्न लागिएको दाबी गरेका । एजेन्ट हटाउने निर्णय फिर्ता नलिइए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
सरकारले खाडी र मलेसियामा निःुल्क कामदार पठाउने व्यवस्था गरेपछि खर्च घटाउन एजेन्टको भूमिका समाप्त पार्न लागिएको व्यवसायीले बताएका छन् । एजेन्टलाई मोटो रकम दिनुपर्ने तथा उनीहरुले कामदारसँग पनि थप रकम लिँदा लागत बढेको मेनपावर व्यवसायीको दाबी छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
ratopati

पूर्वप्रधानमन्त्री जो भारत भ्रमणमा जानै पाएनन्

एमाले वरिष्ठ नेता झलनाथ खनाल र कांग्रेस सभापति स्व. सुशील कोइरालाले भारतको औपचारिक भ्रमण गर्न पाएनन् ।

उनीहरु दुवैलाई भारतले भ्रमणको औपचारिक निम्तो समेत गरेन । कोइराला भने भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका थिए ।

मोदीको शपथ समारोहमा सार्क मुलुकका सबै सरकार प्रमुखको उपस्थिति थियो । त्यसलाई कोइरालाको द्विपक्षीय भ्रमण भन्न नमिल्ने परराष्ट्रविद् डा. भेषबहादुर थापाको भनाइ छ ।



२५ असोज ०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले गठन गरेको सरकारको नेतृत्व गरेका लोकेन्द्रबहादुर चन्दले पनि विदेश भ्रमण गर्ने अवसर पाएनन् ।

०६० मा प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले पनि भारतको औपचारिक भ्रमण गर्न पाएनन् । थापा त्यतिबेला सार्क सम्मेलनको निम्तो दिन भारत गएका थिए । तर, द्विपक्षीय भ्रमण नभएको कूटनीतिज्ञको भनाइ छ ।

०६९ चैतमा गठन भएको चुनावी सरकारको मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि भारत जान पाएनन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

nepaliheadlines

भूकम्पपछि सिन्धुपाल्चोकमा १३ जना बलात्कृत

मेलम्ची, फागुन १२ । सिन्धुपाल्चोक जिल्लामा भूकम्पपछिको दश महिनामा १३ बलात्कारका घटना भएका छन् । बलात्कृतमध्ये पाँच बालिका छन् ।
बलात्कार आरोपमा १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मुद्दा दर्ता भएको छ ।
०७२ जेठ २९ गते भोेताङको छिम्ती–१ बाट १५ वर्षीया बालिका बलात्कृत भइन् । राति ९ बजे उनलाई सोही गाविस बस्ने ५० वर्षीय ठेगा तामाङले जबर्जस्ती करणी गरेका हुन् ।
त्यस्तै जिल्लाको ठूलोसिरुबारी–३ बस्ने ५२ वर्षीय रामकृष्ण भन्ने कृष्णबहादुर गिरीबाट सोही स्थानकी १३ वर्षीया बालिका घरको टहरोमा बसिरहेको अवस्थामा बिहान ११ बजे आफ्नै घरमा बलात्कृत हुन पुगिन् ।
ठोकर्पा–३ मा रातको १२ बजे आफ्नै घरको टहरोबाट १४ वर्षीया बालिकालाई ३५ वर्षीय रामशरण पहरीले बलात्कार गरे । साँगाचोक–९ बस्ने २४ वर्षीय कोचम्फे भन्ने सरोज माझी र भोटसिपा–५ बस्ने ३६ वर्षीय पल्ले भन्ने सानो कुँवरले १४ वर्षीया भिन्नाभिन्नै दुई बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारी बताए ।
सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी प्रमुख समस्याका रुपमा रहेको अधिकारीले बताए ।
त्यस्तै जिल्लाको विभिन्न ठाउँबाट विभिन्न मितिमा अन्य आठजना युवती तथा महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको बाह्रबिसे–३ बस्ने २७ वर्षीय अनिल थापा, भोटेचौर–४ बस्ने ३९ वर्षीय मोहनबहादुर तामाङ, इचोक–२ बस्ने ३२ वर्षीय मानबहादुर तामाङ, फुल्पिङकोट ६ बस्ने १८ वर्षीय सानुलामा योञ्जन, चोकटी–७ बस्ने ४६ वर्षीय माइला भन्ने बेदबहादुर राउत, घोर्थली–३ बस्ने २३ वर्षीय पूर्णबहादुर थामी, इचोक–७ बस्ने ५९ वर्षीय मानबहादुर पण्डित र बाँडेगाउँ–४ बस्ने २६ वर्षीय रमेश माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तमध्ये केहीको फैसला भइसकेको र केहीको बाँकी रहेको प्रहरीको भनाइ छ ।
अत्यधिक मादक पदार्थ सेवन, मानसिक रोग, सामाजिक परिवेशका कारण जबर्जस्ती करणीका घटना हुने गरेको जिल्लाका प्रहरी प्रमुख अधिकारीले बताए ।
जिल्लामा बलात्कारको घटना नघटोस् भनेर विभिन्न किसिमका सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको र गत वर्षको तुलनामा जबर्जस्ती करणीको घटनामा कमी आएको भए पनि यस्ता घटना घट्नु दुर्भाग्यपूर्ण भएको प्रहरी प्रमुख अधिकारीले उल्लेख गरे ।
आव ०७१/७२ मा सिन्धुपाल्चोक जिल्लामा जबर्जस्ती करणी गरेको अभियोगमा १० वटा मुद्दा दर्ता भएका थिए । (रासस)
imagekhabar

नयाँ शक्तिको सल्लाहकार परिषद् गठन

 बुधबार, १२ फागुन
काठमाडौ। नयाँ शक्ति नेपालले पार्टीलाई सल्लाह दिन पाँच सदस्यीय सल्लाहकार परिषद्को गठन गरको छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा यही फागुन ६ गतेदेखि आजसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा डा योगी विकाशानन्द, रामचन्द्र भट्टराई, बाबुराम अर्याल र डा लक्ष्मीप्रसाद राई सदस्य रहनुभएको सल्लाहकर परिषद् गठन गरेको हो ।
बैठकले राजनीतिक विभागअन्तर्गत दस्तावेज तयार गर्न, विभिन्न राजनीतिक दल, दलसँग आबद्ध व्यक्ति तथा स्वतन्त्र व्यक्तिसँग संवाद गर्न कार्यदलसमेत गठन गरेको छ ।
बैठकले सबै विभागलाई पूर्णता दिनुका साथै सबै विभागको नीति तथा कार्ययोजनासमेत पारित गरेको छ ।
त्यस्तै बैठकले केन्द्रीय सचिवालयमा केही सदस्य थप गरेको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले बताए ।
nepalsandesh

प्रधानमन्त्री ओली दिल्लीबाट काठमाडौ नआउने !

बुधबार, १२ फागुन
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने राजकीय भ्रमण पूरा गरी आज काठमाडौ फर्कने कार्यक्रम रहेको थियोे तर ओली त्यहाँबाट सिधै काठमाडौं नआइ भैरहवा आउने भएका छन ।
आज हुने भैरहवाको सिद्धार्थ रंगशालामा आयोजित लुम्बिनी अन्चलस्तरीय विशाल आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री सिधै भैरहवामा ओर्लिने कार्यक्रम रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
आम सभाको प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएकोले मुम्बइबाट सिधै भैरहवा आउने कार्यक्रम रहेको छ ।
भैरहवामा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीसहित पार्टीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रलम रहेको छ ।
nepalsandesh

एकै दिन नेपाल छिरे सिके र स्वामी

१२ फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीको राजकीय भ्रमण सुरु हुनु मात्र एक दिनअघि स्थलमार्गबाट सिके राउत र आकाश मार्गबाट बिजेपी नेता सुब्रमण्यम स्वामीलाई नेपाल पठाएर भारतले हार्दिकतामा कमी हुन नदिने र आशंका बाँकी नरहने संकेत दिएको पाइएको छ ।

जंगी अड्डामा अस्ति दिउँसो सम्पन्न जर्नेलहरुको बैठकमा सैनिक जासुसी विभागको तर्फबाट प्रस्तुत प्रतिवेदनमा राउत दिल्लीबाट उच्च मनोबलका साथ स्वदेश छिरेको विवरण छ भने मधेसी मोर्चाचाहिँ भावी आन्दोलनको स्वरुपबारे ‘पर्ख र हेर’को रणनीतिमा रहेको बताइएको छ ।


०४६ सालको परिवर्तनका निम्ति आन्दोलन सुरु हुनुअघि चन्द्रशेखरसँगै आएका स्वामी, राजा विरेन्द्रलाई अक्सफोर्ड युनिभर्सिटीमा पढाएका वरिष्ठ भारतीय नेता हुन् । फागुन ६ गते ३ घण्टाको निम्ति आएका उनले प्रधानमन्त्री र एमाओवादी अध्यक्ष प्रचण्डसँग मात्र भेटघाट गरेका थिए ।

वकिल तथा पूर्वमन्त्री समेत रहेका उनको चासो दुई देशबीचको सम्बन्ध सुधार र मधेसीका मागको सम्बोधनमा केन्द्रित थियो ।

उता, झण्डै एक महिना भारत घुमेर सोही दिन सप्तरीमा झुल्किएका राउत भने आफ्नो सानो छोरालाई जनकपुरमा पढाइको बन्दोबस्त मिलाउन केही दिन व्यस्त हुने र त्यसपछि राष्ट्र विखण्डनकारी गतिविधिमा अझ सक्रिय हुने मनस्थितिमा देखिन्छन् ।

एकातिर स्वामीले हाम्रा नेताहरुलाई हिन्दू धर्मविरोधी तत्वलाई बढावा नदिन र भारत छाडी अन्य विकल्पतिर ध्यान केन्द्रित नगर्न सुझाएका छन् भने सडक दुर्घटनामा हिजोआज आफ्ना धेरै कर्मचारी मारिन थालेपछि चिन्तित सैनिक नेतृत्वले चाहिँ नेपाल–भारतबीच सम्बन्ध सामान्यिकरण हुनुमा आफ्नो समेत समन्वयकारी भूमिका र प्रयत्नको प्रशंसा गरेको छ । जनआस्था साप्ताहिकमा खबर छ ।

nepaliheadlines

तराई-मधेस आन्दोलन गर्दा मोर्चालाई ३७ लाख ऋण !

१२ फागुन, काठमाडौं ।

तराई मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ ।

नयाँ संविधानप्रति विमत्ति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचारका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको छ ।


सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका क्रममा घाइतेलाई खर्च दिने प्रतिवद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यन्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको बताए ।

उनले सरकारले अहिलेसम्म आन्दोलनमा घाइते भएकालाई एक रुपैयाँ पनि सरकारले सहयोग नगरेको बताए ।

उनले मोर्चाका नेताले व्यक्तिगत तहमा रकम उठाएइ उनीहरुको खर्च बेहोर्ने काम गरिरहेको बताए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले दुई दुई पटक घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेका थिए । नागरिक दैनिकमा समाचार छ ।

nepaliheadlines

एमाओवादीको बैठकमा प्रचण्डकी बुहारी छोरो बोकेर धर्धरी रोइन्

काठमाण्डु, १२ फागुन– ‘न मेरो विवाह दर्ता छ, न त छोराको जन्म दर्ता । लौ, मेरो डिएनए परीक्षण गरिदिनुस् । प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर चिनाउने मसँग के छ आधार ।
’ माघ १० र ११ गते सम्पन्न एमाओवादी कास्की जिल्ला समितिको बैठकमा सिर्जना त्रिपाठी यसरी भक्कानिइन् । प्रचण्ड पत्नी सीता दाहाल आफैँले रोजेर माइती कास्की, हेम्जाकी सिर्जनालाई बुहारी बनाएकी थिइन् । तर पति प्रकाशले अखिल नेतृ बिना मगरलाई तेस्री पत्नी बनाएपछि उनी एक्लो छोरासहित केही वर्षदेखि माइतीमै बस्दै आएकी छन् । उक्त बैठकमा पूर्वसांसद दुर्गा विकले समेत भक्कानिँदै सिर्जनाको पक्षमा केही कुरा राखेकी थिइन । उनको भनाइ थियो –पार्टीमा हाम्रै साथीहरुमाथि यस्तो घोर अन्याय भएको छ भने हामीले न्याय खोज्न कहाँ जाने ? यो पार्टीमा लाग्नुपर्छ भनेर कसलाई सम्झाउने ? जनमोर्चाबाट माओवादी बन्न पुगेकी निर्मला सुवेदीको पनि यस्तै धारणा थियो । जनआस्था साप्ताहिकबाट kathmandutoday

भारतले भन्यो, ‘तपाईहरूलाई तत्काल धेरै तेल दिन सकिँदैन’

काठमाडौं, १२ फागुन । भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपालको कुल मागको ६५ देखि ७० प्रतिशतसम्म मात्र पेट्रोलियम पदार्थ लोड गर्न सकिने जवाफ दिएपछि मुलुकमा इन्धन सहज हुन अझै केही समय लाग्ने भएको छ ।
७० प्रतिशतसम्म मात्र पाउने भएपति नेपाल आय निगमले डिजेलको परिमाण घटाएर मागजति ग्यास र पेट्रोलियम दिन आईओसीलाई पत्राचार गरेको समाचार कारोबार दैनिकले छापेको छ ।
माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएको भन्दै आईओसीले निगमलाई माग जति इन्धन दिन नसकिने अनौपचारिक तवरबाट जानकारी गराएको हो ।
‘मागजति दिन नसकिने भनेपछि तत्कालका लागि डिजेलको परिमाण घटाएर पेट्रोल र ग्यासको परिमाण बढाउन खोज्दै छौं,’ मंगलबार संसदको उद्योग वाणिज्य तथा उपभोक्त समितिअन्तर्गत उपभोक्ता उपसमितिको बैठकमा निगमका निर्देशक दीपक बरालले भने ।
dainiknepal

सस्तोमा ग्यास दिने चीनको प्रस्ताव

 बुधबार, १२ फागुन
काठमाडौं । चीनको पेट्रोलियम पदार्थ कारोबार गर्ने कम्पनी साइनोपेक्सले भारतले दिने दर भन्दा कममा ग्यास उपलव्ध गराउने प्रस्ताव गरेको छ ।
प्रस्तावमा पेट्रोल र डिजेल भने भारतको भन्दा धेरै महगो छ । पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैया छ यो केरुङसम्मको मूल्य हो ।
त्यसमा नेपालको कर थपिदा भने महगो पर्छ ।
निगमका निर्देशक दिपक बरालले चीनले ग्यासमा लिने भनेको मूल्यमा कर जोड्दा पनि अहिलेको बजार भाउभन्दा बढी नर्पने बताए ।
‘साइनोपेक्सले ग्यासमा जुन प्रस्ताव राखेको छ, त्यहीमा दिए भारतबाट भन्दा बढी पर्ने छैन, उनले भने । तर, चीनको केन्द्रीय सरकारले इन्धन निर्यातको अनुमति दिनुपर्छ । आजको कारोबारमा समाचार छ ।
nepalsandesh

प्लस टु पढ्न कलेज जान नपर्ने

बुधबार, १२ फागुन
काठमाडौ । सरकारले आउँदो शैक्षिक सत्रदेखि खुला दूर शिक्षा प्रणालीबाट ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ ।
विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ ।
दुर्गम, शैक्षिक सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुला र दूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न अवसर पाउनेछन।
उच्च शिक्षा मध्यामिक परिषद्को बैठकबाट आगामी शैक्षिक शत्रबाट यस्तो शिक्षा पद्धती लागु गर्ने निर्णय गरेको हो । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh

प्रधानमन्त्रीबाट बुद्धको सन्देश र पशुपतिको आशीर्वाद…

१२ फागुन, गुजरात (भारत)।
स्थानीय भुजवासीले आत्मीय र भव्य स्वागत गरेपछि राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सायद भावुक भए । उनलाई स्वागत गर्न भूकम्पपछि पुनःस्थापना गरी पुनःनिर्मित एक सामुदायिक भवनमा खचाखच मानिसको उपस्थितिमा उनले गुजरातको स्वागतलाई असाधारण भने।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक मुख्यमन्त्री भएको सो प्रदेशमा ओली हिँड्ने बाटाका दुवैतिर दुई देशका झन्डासहित स्थानीय उभिएका थिए भने सडकका खम्बा र भित्तामा दुई प्रधानमन्त्रीका तस्बिर र स्वागतका तुल टाँगिएका थिए । स्वागतको संस्कार पनि नेपालीको जस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीले आफू त्यो प्यार र मित्रताको ऋणी भएको बताए ।



उनले भने– “मैले शान्तिदूत बुद्धको सन्देश, पशुपतिको प्रसाद र आशीर्वाद लिएर आएको छु, तपाईंहरुको सफल र प्रेरक पुनःनिर्माण कार्यबाट प्रभावित भएको छु, तपाईंहरुको भलो होस्, हाम्रो मित्रता गाढा होस् ।”

ओलीले दुई देशबीचको मित्रता कसैले बनाइदिएको नभएर आफैँ बनेकाले यसलाई कसैले बिगार्न पनि सक्दैन भने । आफ्नो भ्रमणबाट केही समययताको तिक्ततासमेत हटेको उनले स्पष्ट गरे ।

यसैबीच, प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यको सम्मानमा आज साँझ मुम्बईका गभर्नर सी विद्यासागर राओले रात्रिभोजको आयोजना गरे । रासस

nepaliheadlines

अाजकाे राशिफल / २०७२ फाल्गुन १२ गते बुधबार

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh
बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् ।  अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish
घरपरिवारभित्र स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ । साँझपख दार्शनिक वा बौद्धिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा देखिन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat
वित्तीय पक्ष राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, तर आलोचकहरू बढ्ने सम्भावना छ त्यसैले सचेत रहनु होला । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha
पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । कुनै भौतिक सामान खरिद गर्नका लागि आज राम्रो दिन छ । धनागमका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
kanya
दिउँसोसम्म विभिन्न समस्याले मन खिन्न हुनेछ । त्यसपछि शरीरमा उत्साह देखिन सक्छ, राम्रो प्रतिफल प्राप्त गर्न सकिंदैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । बन्दव्यापार फाइदा छैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula
पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik
आज मातापिताको चाहना र सेवासुश्रुषाप्रति समर्पित हुने दिन हो । पापमतितर्फ आकर्षण तथा परोपकार र धार्मिक भावनामा विकर्षण बढ्नाले कर्मनाश हुन सक्छ, सचेत रहनु होला । झैझगडाबाट टाढा रहनु राम्रो हो । चिन्तनमूलक काममा सफलता प्राप्त हुनेछ । प्रेम र प्रणयतर्फ सफल हुनुहुन्न । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu
ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar
आजको दिन तपाईंले भाग्यबलमा कमी भएको अनुभूति गर्नुहुनेछ । बन्दव्यापारमा उतारचढाव आउने छ, एकाएक घाटा ब्यहोर्नु पर्ने अवस्थासमेत सिर्जना हुनसक्छ । तर साँझपख निराशा र तनावको अन्त्य हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha
दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । तर बेलुकीपख के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

टीकापुर हत्याकाण्डमा प्रहरीको हतियार लुट्ने पक्राउ, ६ महिनापछि भेटियो यो हतियार

धनगढी, ११ फागुन । गत ७ भदौमा टीकापुरमा भएको घटनामा नेपाल प्रहरीबाट लुटिएको एकथान मल्टीग्यासगनसहित एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समुह (आरआइटी) को संयुक्तरुपमा खटिएको टोलीले सोमबार कैलालीको बसौटी गाविस ३ क्रमदेब सामुदायिक वनमा सो ग्यासगन लिएर हिडिरहेको अवस्थामा हसुलिया गाविस ८ मनाउका ३९ वर्षीय निदंग भनिने कुकरा चौधरीलाई पक्राउ गरेको हो ।
मंगलबार प्रहरीले धनगढीमा बरामद गरिएको ग्यासगन र पक्राउ परेको चौधरीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बरामद गरिएको ग्यासगन टीकापुर घटनामा लुटिएको प्रहरीको भनाई छ । टीकापुरमा थरुहट/थारुवान संघर्ष समितिले आयोजना गरेको बिरोध कार्यक्रममा आन्दोलनकारीहरुले प्रहरीलाई आक्रमण गर्दा एकजना एसएसपीसहित आठजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
घटनामा आन्दोलनकारीले प्रहरीको साथबाट एकथान एसएलआर, एकथान पेस्तोल, एकथान मल्टीग्यासगन र एकथान सञ्चारसेट पनि लुटेर लगेका थिए । आन्दोलनकारीले लुटेर लगेका हतियारको विशेष खोजी गर्दै आएको प्रहरीले विशेष सुराकीको आधारमा सात महिनापछि ग्यासगन बरामद गर्नसकेको सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी बिजयकुमार भट्टले बताए ।
‘पक्राउ परेको चौधरीले सो ग्यासगन एकजनासँग ५० हजार रुपैयाँमा मोलमोलाई गरी बिक्री गर्न हिडेको थियो’, डीआइजी भट्टले भने, ‘प्रहरीले शंका लागि उसको पिछा गरी चेकजाँच गर्दा हतियारसहित पक्राउ गर्न सफल भइयो ।’ बरामद गरिएको ग्यासगन ६ राउण्ड क्षमताको रहेको र त्यस्तो ग्यासगन नेपालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग मात्र रहेको डीआइजी भट्टको भनाई छ ।
ग्यासगनको बाहिरी भागमा रहेको स्टीकर कोतेर फालिएको छ । अब प्रहरीको प्रयोगशालामा चेक गरेपछि ग्यासगनको मोडेल र अन्य कुरा थाहा हुने कैलाली प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताए ।
लुटिएको अन्य हतियारको नजिकनजिक प्रहरी पुगिसकेको छ । तर, लुटेराहरुले एसएलआर, पेस्तोल भाचेर फालिसकेको भन्ने सुचना प्राप्त भएकोले संलग्नलाई समात्न समस्या भएको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।
ग्यासगनसहित पक्राउ परेका चौधरी हतियार बिक्री गर्ने गिरोहको रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । उनको टीकापुर घटनामा संलग्नता थियो की थिएन् । बिगतमा उनको पृष्ठभूमि कस्तो थियो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ परेका चौधरीले आफू नेपाली काँग्रेससँग आबद्ध रहेको जनाएपनि प्रहरीले मधेशी फोरमको रहेको पत्रकार सम्मेलनमा बताएको थियो । यद्यपि स्थानीयबासीले उनी पूर्वमाओवादीको लडाकु रहेको जनाएका छन् ।
dainiknepal

मोदीलाई खुल्लापत्रः ‘पानी चाहिँ दिनुस् है दिल्लीलाई, बरू हामीलाई पेट्रोल चाहिँदैन् !

प्रिय नरेन्द्रजी
नमस्कार!
यो पत्र लेख्नुको उद्देश्य तपाईंसँग कुनै राजनीतिक फाइदा लिनु र सौदावाजी गर्नु होइन् । राजनीतिक सौदावाजी त धेरैले गरिसकेका छन् । अझै गर्न मन भए त्यति मजाका प्रधानमन्त्री केपी ओली त्यतै छन् जति गर्नुछ उनीसँगै गर्नु । हामीले उतै पठाइदिएका छौँ तपाईंकोे सजिलाका लागि । सन् १९५० को नाम विपरित परिणाम दिइरहेको ‘शान्ति तथा मैत्री’ सन्धीको कुरा उप्काएर टाउको दुखाउनु त पटक्कै होइन् । अझै तपाईंले नै सुरू गरेर मितेरी पुलबाट खसालेर अन्त्यहिन अन्त्य गरिदिएको मधेश आन्दोलन र घोषणै नगरी गरिएको अघोषित नाकाबन्दीको बारेमा पनि म तपाईंलाई केही भन्ने छैन् ।

नेपाल र भारत एक अविरल छिमेकी हुन् । जसलाई निरन्तर त्यतै बगिरहेका महाकाली, कोशी, कर्णाली र गण्डकीले पनि बगाएर लान सक्ने छैनन् । ओलीलाई फकाउनु वा तर्साउनु अझैँ अरू नदी पनि त्यता बगाउने हैसियत छ, उनीसँग । त्यसले पनि हाम्रो सम्वन्धमा केही फरक पर्नेवाला छैन् । यो पत्र म तपाईलाई यसकारण लेख्दै छु, कि हरियाणामा जातिय आरक्षणको माग गर्दै आन्दोलनरत हरियाणासहित ७ राज्यमा बस्ने जाट समुदायले आन्दोलन सशक्त बनाउने क्रममा पानीको मुख्य स्रोत मुनाक नहरलाई नियन्त्रणमा लिएर आपूर्ति बन्द गरिदिएपछि नयाँदिल्लीमा लगभग एक करोड मानिस काकाकुलको स्थितिमा पुगेको समाचार लगातार सञ्चार माध्ययममा आइरहँदा हामीसँग रोटी र बेटीको साइनो भएका छिमेकी दाजुभाई दिदीबहीनीहरू पानी अभावमा छट्पट्टिएर मृत्युवरण गर्नुपर्ने जस्तो गम्भीर मानवीय संकटको सिर्जना भएको थाहा पाउँदा आफ्नै पीडा सम्झेर खपिसक्नु भएन् । त्यसबाट प्रभावित जनसंख्या नेपालको एकतिहाई हुन आउँछ ।
पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केहि बाहेकका) पानी अभावमा छट्पट्टिएको हामी कदापि हेर्न सक्दैनौँ । कसरी हेर्न सकिन्छ र छिमेकीको विजोग ? यदि पानी पनि पुर्याइदिन सकेनौं भने यता हाम्रोमा तपाईंको नाकाबन्दीले गर्दा पेट्रोल अभावमा यातायात र एम्बुलेन्ससमेत चल्न नसकी अस्पताल पुग्न नपाएर छट्पटाएर मृत्युवरण गर्नुपरेका विरामीको भन्दा बढी कयौँ गुणा ठुलो अपराध लाग्नेछ, तपाईंलाई ।
नेपालले अंग्रेजसँग गरेको सुगौली सन्धिबाट गुमाएको र सन १९५० को सन्धिअनुरूप फिर्ता पाउनुपर्ने तर, अंग्रेजको अवशानपश्चात पनि तपाईंहरूले नै आपुताली खाएको भू–भाग बराबरमा बस्ने जनसंख्या हुन आउँछ । सन २०१५ मा तपाईंको देशको सर्वोच्च अदालतले जाटलाई आरक्षित समुदाय नभएको फैसला गरेको थियो । यो समस्या कसरी मिलाउनु छ मिलाउनुस् । तपाईंको आफ्नै देशभित्रको समस्या हो । हामी यसरी मिलाउ भनेर छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मनशाय पटक्कै राख्ने छैनौँ । तर, उनीहरूलाई जसरी पनि पानी चाहिँ पुर्याइदिनु न है ! बिन्ती यति छ ।
पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केहि बाहेकका) पानी अभावमा छट्पट्टिएको हामी कदापि हेर्न सक्दैनौँ । दुई राज्यसत्ताका बीचका ठूलाठालुका स्वार्थका कारण निस्कने समस्यामा चेपिने हामी सर्वसाधारण नागरिक नै हौँ । आखिर त्यो भारतीय नामबाट चिनियोस् वा नेपालीको नामबाट । मानवीय संकटमा मानवताको एउटैमात्र परिचय हुन्छ, सहयोग जसका लागि हामी तयार छौँ ।

– केशवप्रसाद पाण्डे
पानीबिनाको कहालिलाग्दो जीवन कसरी कल्पना गर्न सकिन्छ र ? कसरी हेर्न सकिन्छ र छिमेकीको विजोग ? यदि पानी पनि पुर्याइदिन सकेनौं भने यता हाम्रोमा तपाईंको नाकाबन्दीले गर्दा पेट्रोल अभावमा यातायात र एम्बुलेन्ससमेत चल्न नसकी अस्पताल पुग्न नपाएर छट्पटाएर मृत्युवरण गर्नुपरेका विरामीको भन्दा बढी कयौँ गुणा ठुलो अपराध लाग्नेछ, तपाईंलाई ।
हामीले नै कौडीको भाउमा दस्तखत गरेर पठाएका वि.सं. २०११ मा कोशी, वि.सं.२०१६ मा गण्डकी, वि.सं.२०५३ मा महाकाली, वि.सं.२०७१ मा कर्णालीको पानीले प्यास मेटाइदेउ । त्यतिले पुग्दैन भने जानकारी दिएर आउनुस् ट्याङ्कर लिएर हामी चाहिएजति भरेर पठाइदिने छौँ । यता पठाउने पेट्रोल बरू पानी ओसार्न ट्याङ्करमा हाल्दा हुन्छ । तपाईंलाई कसैले नाकामा रोक्नेछैन् । पासपोर्ट मागिने छैन् र भारतीय सिमा सुरक्षा बलले जस्तो दुःख दिने छैनन् नेपाली सुरक्षाकर्मीले ।
पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केही बाहेकका) पानी अभावमा छट्पट्टिएको हामी कदापी हेर्न सक्दैनौँ । दुई राज्यसत्ताका बीचका ठूलाठालुका स्वार्थका कारण निस्कने समस्यामा चेपिने हामी सर्वसाधारण नागरिक नै हौँ । आखिर त्यो भारतीय नामबाट चिनियोस् वा नेपालीको नामबाट । मानवीय संकटमा मानवताको एउटैमात्र परिचय हुन्छ, सहयोग जसका लागि हामी तयार छौँ ।
अन्तमा मोदीजी पानी चाहिँ दिनुस् है ! दिल्लीका दाजुभाई दिदीबहिनीहरूलाई जसरी पनि । हाम्रो सहयोग चाहिए हामी आतुर छौँ छिमेकीलाई बचाउन हरबखत ‘।
उही तपाईंको हितैषी छिमेकी देश नेपालबाट,
केशवप्रसाद पाण्डे
dainiknepal

मोदीको गृहनगरमा ओलीकै अगाडि भारतले यसरी गर्यो नेपालको ‘बेइज्जत’

काठमाडौं । राजकीय भ्रमणका क्रममा पाँचौ दिन मंगलबार भारतको गुजराज पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडि नेपालको अपमान गरिएको छ ।
भूकम्पपछीको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरातस्थित भुज अवलोकन गर्न जाँदा प्रधानमन्त्री ओलीको सत्कारका लागि राखिएको नेपालको झण्डाको चरित्र हत्या गरेको भेटिएको हो ।

गुजरातलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगरका रुपमा चिनिन्छ । अहिले पनि नेपालको संविधानमा विमति राख्दै आएका मोदीले आफ्नै गृहनगरमा नेपालको पहिचान तथा स्वाभिमान झल्काउने नेपाली झण्डाको अपमान गरेका हुन् ।
यद्यपी प्रधानमन्त्री ओलीलाई भने पुरै सम्मान तथा सत्कार गरिएको थियो । तर, राष्ट्रियता पहिचान झण्डा भने भारतको जस्तै गरी बनाइएको थियो ।
यसले ओलीलाई सम्मान दिने बहानामा कहीँ न कँही हेपाहा प्रवृत्तिको रंग भारतले देखाएको छ । रातो र चन्द्र सूर्य झण्डाको आकार प्रकार भत्किने गरी ठाउँ-ठाउँमा टाँगिएका झण्डाले नेताको मान मर्दन नभएपनि नेपाल र नेपालीको मान मर्दन पक्कै भएको छ । स्वाभिमानमा चोट पुगाएको छ ।

समाजिक सञ्जालमा धेरैले उक्त झण्डाको विरोध गरेका छन् । ‘होइन, हाम्रो रातो र चन्द्र सूर्य झण्डाको आकारप्रकार यस्तो हो र ?।’ देवेन्द्रराज भट्टराईले ट्वीट गर्दै भारतको आलोचना गरेका छन् ।
नेपाली राष्ट्रिय झन्डा विश्वमै एकमात्र त्रिकोणात्मक झन्डा हो । नेपाली झण्डाको माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लो त्रिकोणमा सूर्य अंकित रहेको छ  ।
यसको अर्थ आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई बुझाउने बताइन्छ । नेपाली झन्डामा रहेको निलो किनारालाई शान्तिको प्रतिक मानिन्छ भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो ।
यसर्थ गुजरात राज्य सरकारले भारतीय राष्ट्रिय झन्डासँगै नेपालको चारकुने झन्डा टाँग्दै नेपाली झन्डाको अपमान गरेको हो ।
पुनःनिर्माणमा आत्मबल बढ्यो
यसैक्रममा भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यले नेपालको पुनःनिर्माण गर्ने कार्यमा आत्मबल बढेको बताए ।
भूकम्पपछि पुनः निर्माण भएको भुज सहरको अवलोकनपछि उनले नेपालमा पनि भूकम्पपछिको पुनःनिर्माणका लागि थप आत्मबल बढेको बताए । सन् २००१ मा भूजमा गएको भूकम्पले सो सहरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो ।
भुजका स्थानीयवासिन्दा र सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दृढताका साथ मिलेर काम गरेमा पनि निर्माण सम्पन्न गर्न सकिदोरहेछ भन्ने उदाहरण यहाँ देखिएको बताए । उनले नेपालको भूकम्पपछिको पुनःनिर्माणमा भारतको उलेख्य सहयोग रहेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वाससमेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले नेपाल आकारमा सानो भए पनि विविधतायुक्त देश भएकाले यसको समृद्धि र पुनःनिर्माणका लागि भारतजस्ता अन्य मुलुकबाट आगामी दिनमा निरन्तर सहयोग हुने आशा व्यक्त गरे ।
dainiknepal