Tuesday, February 23, 2016

तराई-मधेस आन्दोलन गर्दा मोर्चालाई ३७ लाख ऋण !

१२ फागुन, काठमाडौं ।

तराई मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ ।

नयाँ संविधानप्रति विमत्ति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचारका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको छ ।


सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका क्रममा घाइतेलाई खर्च दिने प्रतिवद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यन्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको बताए ।

उनले सरकारले अहिलेसम्म आन्दोलनमा घाइते भएकालाई एक रुपैयाँ पनि सरकारले सहयोग नगरेको बताए ।

उनले मोर्चाका नेताले व्यक्तिगत तहमा रकम उठाएइ उनीहरुको खर्च बेहोर्ने काम गरिरहेको बताए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषद्ले दुई दुई पटक घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेका थिए । नागरिक दैनिकमा समाचार छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment