![]() |
अमेरिकामा गरिएको एक सर्वेक्षणले अमेरिकी जनताले देशको सबैभन्दा ठूलो दुश्मन उत्तर कोरियालाई ठान्ने गरेको देखाएको छ ।
यस अघि रुसलाई सबैभन्दा ठूलो दुश्मन ठान्ने अमेरिकीहरु अव उत्तर कोरियालाई सबैभन्दा ठूलो दुश्मन ठान्छन् ।
अघिल्लो वर्ष गरिएको सर्वेक्षणमा सहभागी मध्ये १८ प्रतिशतले रुसलाई सबैभन्दा ठूलो दुश्मन ठान्ने बताएका थिए । अहिले गरिएको सर्वेक्षणमा १५ प्रतिशतले मात्र रुसलाई र १६ प्रतिशतले उत्तर कोरियालाई सबैभन्दा ठूलो दुश्मन भनेका छन् ।
ग्यालपले सोमबार जारी गरेको रिपोर्टमा अमेरिकीहरुले चीनलाई तेश्रो ठूलो दुश्मन मान्ने गरेका छन् ।
त्यसैगरी इराक, अफगानिस्तान समेत अमेरिकी दुश्मनको सूचीमा परेका छन् ।
गत जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेपछि अमेरिकीहरु उत्तर कोरियासँग त्रसित भएका हुन् ।
nepaliheadlines
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment