Tuesday, February 23, 2016

फेरि बढ्यो सुनको भाउ, तोलाको ५६ हजार कट्दै

काठमाडौं, ११ फागुन । निरन्तर ओकालो लागिरहेको सुनको भाउ मंगलबार फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुनको भाउ दुई सयले बढेर ५५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यसअघि फागुन ५ गतेदेखि ५ दिनसम्म ५५ हजार ५ सय रुपैयाँमा व्यापार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सयले बढेको हो ।
मंगलबार तेजाबी सुन ५५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहको छ ।
सोमबारको बजारमा प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको भाउ पनि मंगलबार पुनः ५ रुपैयाँले नै बढेर प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य बढेको बताइएको छ ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment