![]() |
धादिङ: न नाम नै थाहा छ, न त ठेगाना, न कसैसँग बोल्छिन, न कसैले सोधेको प्रश्नको उत्तर दिन्छिन् । यस्तो अवस्थामा भेटिएकी एक युवतीको परिवार फेला नपर्दा समस्या भएको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाले पुस अन्तिम साता धादिङको नौविसेको सडकमा अलपत्र अवस्थामा रहेको बेला उद्धार गरेर ल्याए पनि घर, थर र पारिवारिक अवस्थाबारे केही जानकारी नपाउँदा कसैलाई पनि जिम्मा लगाउन सकिएको छैन ।
अलपत्र अवस्थामा भेटिएकी अन्दाजी २५ वर्षकी युवती अहिले सहयात्री समाज नेपालले सञ्चालन गरिरहेको सेफ हाउसमा बसिरहेकी छन् । ३ सातादेखि सेफ हाउसमा बसिरहेकी भए पनि उनी कोहीसँग पनि नबोल्ने र आफ्नो घर परिवारका बारेमा पनि नबताएपछि समस्या भएको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाले उनलाई नौविसस्थित पृथ्वी राजमार्गमा अलपत्र परी बसिरहेको अवस्थामा उद्धार गरेको थियो । प्रहरीले भेट्टाउँदा उनको साथमा एक जोर कपडा र १० रुपैयाँ रहेको प्रहरी जनाएको छ ।
प्रहरीले उद्धार गरे पनि दोहोरो कुराकानी हुन नसकेपछि उनको स्वास्थ्य अवस्था जाँच गर्न धार्केस्थित शिवदर्शन हस्पिटलमा पठाएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक यादव थापाले जानकारी दिए ।
‘शिवदर्शन हस्पिटलमा केही दिन राखेर उनलाई थप उपचारका लागि ललितपुरस्थित गणेशमान मेमोरियल हस्पिटलमा रिफर गरियो ।' प्रहरी निरीक्षक थापाले भने, ‘त्यहाँ उनको एक हप्तासम्म उपचार गर्दा कुनै पनि खालको शारिरीक समस्या नदेखिएपछि पुनः धार्केस्थित शिवदर्शन हस्पिटलमा फर्काइयो । त्यसपछि हस्पिटलको अनुरोधमा आफूहरूले जिम्मा लिएर जिल्ला प्रहरी कार्यालय पठायौँ ।'
प्रहरी कार्यालयमा राख्ने ठाउँको अभाव भएपछि जिल्ला प्रहरी कार्यालय धादिङले परिवार सम्पर्कमा नआउन्जेलसम्मको लागि भनेर सहयात्री समाजले सञ्चालन गरेको सेफ हाउसमा राखिदिएको छ । सेफ हाउसकी इन्चार्ज गायत्री खतिवडाले भनिन्, ‘सुरुका दिनमा बोल्दै नबोल्ने र खाना पनि नखाने गर्थिन्, अहिले क्रमशः भोक लाग्यो, तिर्खा लाग्यो, सुत्छु भन्ने शब्द मात्रै बोल्ने गरेकी छन् ।'
मनोपरामर्श दाताको लगातारको परामर्शपछि खाना खाने, आफ्नो सरसफाइको काम आफैं गर्नेलगायतका ब्यवहार देखाए पनि नौलो मान्छे देख्दा झस्किेन र आफू सुत्ने ठाउँमा जाने गरेको खतिवडाले बताइन् ।
खतिवडाले भनिन्, ‘शारिरीक र स्वास्थ्य अवस्था हेर्दा सामान्य देखिन्छ । सेफ हाउसमा रहेका अन्य व्यक्तिहरूसँग पनि राम्रै कुराकानी गर्छिन् । तर आफ्नो नाम, ठेगाना र आफन्तको बारेमा सोध्दा केही पनि बोल्दिनन् ।'
पछिल्लो समय धादिङमा कोही युवती हराएको निवदेन पनि नआएकाले कसैले गाडीमा राखेर बाहिरी जिल्लाबाट ल्याएर नौबिसेमा छोडिदिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
annapurnapost
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment