Tuesday, February 23, 2016

भारतीय प्रधानमन्त्री मोदीलाई खुल्लापत्र : ‘पानी चाहिँ दिनुस् है दिल्लीलाई ! बरू हामीलाई पेट्रोल चाहिँदैन्’

नमस्कार,
यो पत्र लेख्नुको उद्देश्य तपाईंसँग कुनै राजनीतिक फाइदा लिनु र सौदावाजी गर्नु होइन् । राजनीतिक सौदावाजी त धेरैले गरिसकेका छन् । अझैँ गर्न मन भए त्यती मजाका प्रधानमन्त्री केपी ओली त्यतै छन् जति गर्नुछ उनीसँगै गर्नु । हामीले उतै पठाइदिएका छौँ तपाईंकोे सजिलाका लागि । सन् १९५० को नाम विपरित परिणाम दिइरहेको ‘शान्ती तथा मैत्री’ सन्धीको कुरा उप्काएर टाउको दुखाउनु त पटक्कै होइन् । अझैँ तपाईंले नै सुरू गरेर मितेरी पुलबाट खसालेर अन्त्यहिन अन्त्य गरिदिएको मधेश आन्दोलन र घोषणै नगरी गरिएको अघोषीत नाकाबन्दीको बारेमा पनि म तपाईंलाई केही भन्ने छैन् ।

नेपाल र भारत एक अविरल छिमेकी हुन् । जसलाई निरन्तर त्यतै बगिरहेका महाकाली, कोसी, कर्णाली र गण्डकीले पनि बगाएर लान सक्ने छैनन् । ओलीलाई फकाउनु वा तर्साउनु अझैँ अरू नदी पनि त्यता बगाउने हैसियत छ उनीसँग । त्यसले पनि हाम्रो सम्वन्धमा केही फरक पर्नेवाला छैन् । यो पत्र म तपाईलाई यसकारण लेख्दै छु, कि हरियाणामा जातिय आरक्षणको माग गर्दै आन्दोलनरत हरियाणासहित ७ राज्यमा बस्ने जाट समुदायले आन्दोलन सशक्त बनाउने क्रममा पानीको मुख्य स्रोत मुनाक नहरलाई नियन्त्रणमा लिएर आपुर्ती बन्द गरीदिएपछि नयाँदिल्लीमा लगभग एक करोड मानिस काकाकुलको स्थितिमा पुगेको समाचार लगातार सञ्चार माध्ययममा आइरहँदा हामीसँग रोटी र बेटिको साइनो भएका छिमेकी दाजुभाई दिदीबहीनीहरू पानी अभावमा छट्पट्टिएर मृत्युवरण गर्नुपर्ने जस्तो गम्भीर मानवीय संकटको सिर्जना भएको थाहा पाउँदा आफ्नै पिडा सम्झेर खपिसक्नु भएन् । त्यसबाट प्रभावित जनसंख्या नेपालको एकतिहाई हुन आउँछ ।

नेपालले अंग्रेजसँग गरेको सुगौली सन्धीबाट गुमाएको र सन १९५० को सन्धीअनुरूप फिर्ता पाउनुपर्ने तर, अंग्रेजको अवसान पश्चात पनि तपाईंहरूले नै आपुताली खाएको भू–भाग बराबरमा बस्ने जनसंख्या हुन आउँछ । सन २०१५ मा तपाईंको देशको सर्वोच्च अदालतले जाटलाई आरक्षित समुदाय नभएको फैसला गरेको थियो । यो समस्या कसरी मिलाउनु छ मिलाउनुस् । तपाईंको आफ्नै देशभित्रको समस्या हो । हामी यसरी मिलाउ भनेर छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मनशाय पटक्कै राख्ने छैनौँ । तर, उनीहरूलाई जसरी पनि पानी चाहिँ पुर्याइदिनु न है ! बिन्ती यति छ ।

पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केहि बाहेकका)पानी अभावमा छट्पट्टिएको हामी कदापी हेर्न सक्दैनौँ । दुई राज्यसत्ताका विचका ठूलाठालुका स्वार्थका कारण निस्कने समस्यामा चेपिने हामी सर्वसाधारण नागरिक नै हौँ । आखिर त्यो भारतीय नामबाट चिनियोस् वा नेपालीको नामबाट । मानविय संकटमा मानवताको एउटैमात्र परिचय हुन्छ, सहयोग जसका लागि हामी तयार छौँ ।
पानी बिनाको कहालि लाग्दो जीवन कसरी कल्पना गर्न सकिन्छ र ?कसरी हेर्न सकिन्छ र छिमेकीको विजोग ? यदी पानी पनि पुर्याइदिन सकेनौं भने यता हाम्रोमा तपाईंको नाकाबन्दीले गर्दा पेट्रोल अभावमा यातायात र एम्बुलेन्ससमेत चल्न नसकी अस्पताल पुग्न नपाएर छट्पटाएर मृत्युवरण गर्नुपरेका विरामीको भन्दा बढी कयौँ गुणा ठुलो अपराध लाग्नेछ तपाईंलाई ।

हामीले नै कौडीको भाउमा दस्तखत गरेर पठाएका वि.सं.२०११ मा कोसी, वि.सं.२०१६ मा गण्डकी, वि.सं.२०५३ मा महाकाली, वि.सं.२०७१ मा कर्णालीको पानीले प्यास मेटाइदेउ । त्यतिले पुग्दैन भने जानकारी दिएर आउनुस् ट्याङ्कर लिएर हामी चाहिएजती भरेर पठाइदिने छौँ । यता पठाउने पेट्रोल बरू पानी ओसार्न ट्याङ्करमा हाल्दा हुन्छ । तपाईंलाई कसैले नाकामा रोक्नेछैन् । पासपोर्ट मागिने छैन् र भारतीय सिमा सुरक्षा बलले जस्तो दुःख दिने छैनन् नेपाली सुरक्षाकर्मीले ।

पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केहि बाहेकका)पानी अभावमा छट्पट्टिएको हामी कदापी हेर्न सक्दैनौँ । दुई राज्यसत्ताका विचका ठूलाठालुका स्वार्थका कारण निस्कने समस्यामा चेपिने हामी सर्वसाधारण नागरिक नै हौँ । आखिर त्यो भारतीय नामबाट चिनियोस् वा नेपालीको नामबाट । मानविय संकटमा मानवताको एउटैमात्र परिचय हुन्छ, सहयोग जसका लागि हामी तयार छौँ ।

अन्तमा मोदीजी पानी चाहिँ दिनुस् है ! दिल्लीका दाजुभाई दिदीबहिनीहरूलाई जसरी पनि । हाम्रो सहयोग चाहिए हामी आतुर छौँ छिमेकीलाई बचाउन हरबखत …।

ratopati

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment