Monday, February 22, 2016

यी हुन् समुद्री लुटेरा, पानी जहाजमा लुट्दैगर्दा पक्राउ

नाइजेरिया, फागुन ११ । नाइजेरियाको जलसेनाले समुद्री लुटेराको एक गिरोहलाई पक्राउ गरेको छ । इन्धन बोकेको एउटा पानीजहाज अपहरण गरिरहेको समयमा उनीहरुलाई नौसेनाको टोलीले विशेष कारवाहीका क्रममा पक्राउ गरेको हो ।
अधिकारीहरुका अनुसार नौसेनाको कारवाहीमा एक लुटेरा मारिएका छन् भने ६ जना पक्राउ परेका छन् ।
केही लुटेरा भने नीजि डुंगामा चढेर फरार भएका छन् । अधिकारीहरुका अनुसार लुटेराको समूहले चालक दलका दुई सदस्यको अपहरणसमेत गरेका छन् । उनीहरुको खोजी भइरहेको जनाइएको छ । अपहृतमध्ये एक भारतीय नागरिक रहेको जनाइएको छ । अर्का एक पाकिस्तानी रहेको आशंका गरिएको छ ।
लुटेराहरुले ४ हजार ७०० टन डिजेल बोकेको जहाजलाई निशाना बनाएका थिए । उक्त जहाजलाई लागोसबाट ३१० माइल दक्षिणपश्चिमी समुद्री क्षेत्रबाट उद्धार गरिएको हो । यस क्रममा केही लुटेरा फरार भएको जनाइएको छ । (एजेन्सी)
imagekhabar

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment