Monday, February 22, 2016

फेरि वीरगन्ज नाकातिर सरे आयातकर्ता

११ फागुन, काठमाडौं ।

भारतीय नाकाबन्दीका बेला वीरगन्ज नाका परिर्वतन गर्दै अरु भन्सार बिन्दुबाट सामान भित्राउन माग गर्ने आयतकर्ता फेरि वीरगन्जतर्फ नै फर्किन थालेका छन् ।

प्रतीपत्र (एलसी)मा उल्लेखित भन्सार बिन्दु परिवर्तन गरी वीरगन्ज नाका कायम गरि दिन उनीहरुले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा दिइरहेका छन् ।

भन्सार बिन्दु परिर्वतनका लागि विभागको सिफारिस अनिवार्य चाहिन्छ । वीरगन्ज नाका अरुभन्दा छोटो दूरीको भएकाले ढुवानी लागत र समय दुवै कम लाग्छ ।

विभागका अनुसार आयातकर्ताले दैनिक १५ करोड रुपैयाँबराबरका सामान वीरगन्ज भन्सार कार्यालयबाट छुटाउने व्यवस्थाका लागि सिफारिस मागिरहेका छन् ।

झन्डै ५ महिना लामो नाकाबन्दीले वीरगन्ज रक्सौल नाका ठप्प भएपछि व्यापारीले एलसीमा वीरगन्ज भन्सार बिन्दुको वैकल्पिक नाका भैरहवा तथा विराटनगर भन्सार बिन्दु उल्लेख गरेका थिए ।

तेस्रो मुलुकबाट सामान आयातका लागि एलसी खोल्दा अनिवार्य रुपमा भन्सार कार्यालय उल्लेख गर्नुपर्छ । आजको कारोबार दैनिकमा खबर छ ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment