![]() |
विश्वभरी करीब २५ हजार प्रजातीका गोलभेडा पाइन्छन् र चिकित्साक्षेत्रमा पनि गोलभेडालाई पोलेको, जलेको अनि काटेको घाउलाई राहत प्रदान गर्नको लागि प्रयोग गरिन्छ। साथै यसको नियमित तर नियन्त्रित सेवनले क्यान्सरको खतरालाई समेत टाल्न सक्दछ भने मुटुको स्वास्थ्यमा समेत सुधार ल्याउँदछ। यसले हाम्रो छाला, कपाल, नङ् र हाडजोर्नीलाई समेत बलियो बनाउँदछ।
गोलभेडाको स्वास्थ्य फाइदाको कुरा गर्ने हो भने थुप्रै छन्, किनभने यसमा प्रशस्तै पौष्टिक तत्व अनि खनिज पदार्थहरू पाइन्छन्, तर प्रायःलाई यसको बारेमा जानकारी नभएकोले यसलाई ‘त्यति मन नपराइने खानेकुरा’को रूपमा चिनिन्छ।
गोलभेडाका स्वास्थ्य फाइदाहरू यस प्रकार छन्ः
१. मुटु र रक्तसञ्चारको लागि फाइदाजनक
गोलभेडामा ‘पोटासियम’ नामक खनिज पदार्थ पाइन्छ, जसले हाम्रो रक्तनसा र मांशपेसीलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका खेल्दछ। यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँदछ भने रक्तचापलाई समेत नियन्त्रणमा राख्न मद्दत गर्दछ। साथै यसले मृगौलाको फोहोर पदार्थ छान्ने प्रक्रियामा समेत सहयोग पुर्याउँदछ।
गोलभेडाको आकार, गुणस्तर र पाकेको/नपाकेकोले त्यसमा रहेको पोटासियमको मात्रामा फरक पर्दछ, त्यसैले अत्याधिक मात्रा पोटासियम चाहनुहुन्छ भने राम्रोसँग पाकेको गोलभेडालाई यत्तिकै खानु उचित हुन्छ।
२. हामीलाई स्वस्थ देखिन र महशुस गराउन मद्दत गर्दछ
गोलभेडामा भिटामिन-सी, भिटामिन-ए र बेटा-क्यारोटिन नामक एण्टिअक्सिडेन्टहरू पाइन्छन्। यी एण्टिअक्सिडेन्टले फ्रि राडिकलद्वारा क्षय भएका हाम्रा कोषहरूलाई निको बनाउने काम गर्दछ।
यसले हामीलाई स्वस्थ महशुस गराउनुको साथै हामीलाई सुन्दर अनि आकर्षक देखिन पनि मद्दत गर्दछ। जस्तै; यसले हाम्रो कपाललाई चम्किलो र बलियो बनाउँदछ भने हाम्रो आँखाको शक्तिमा पनि सुधार ल्याउँदछ, साथै छालालाई पनि नरम बनाइराख्दछ।
३. दाँत र हाडजोर्नीको लागि फाइदाजनक
मानवशरीरमा प्रचुरमात्रामा क्याल्सियम पाइन्छ। तर १% क्याल्सियम शरीरका रक्तनसा, मांशपेसी र स्नायू प्रणालीले प्रयोग गर्दछ भने बाँकी ९९% क्याल्सियम हाडजोर्नी र दाँतले राख्दछ। मानिसको उमेर जति बढ्दै गयो, दाँत र हाडले पनि उत्ति नै बढि क्याल्सियम लिन थाल्दछ।
क्याल्सियम पाइने अर्को श्रोत भनेको दूध पनि हो, तर दूधले अधिकांशलाई एलर्जी अथवा ग्यास्ट्रिकको समस्या गराउने हुनाले दाँत र हाडजोर्नी बचाउनको लागि गोलभेडा खानु सबैभन्दा राम्रो उपाय हुन जान्छ।
४. मधुमेहको लागि अति नै फाइदाजनक
गोलभेडामा पाइने अर्को खनिज पदार्थ हो- क्रोमियम, जसले हाम्रो शरीरको इन्सुलिनको मात्रालाई ह्वात्तै बढाउँछ र रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहज बनाउँछ। त्यसैले मधुमेहलाई नियन्त्रण र रोकथाम गर्ने उपाय मध्ये पाकेको गोलभेडालाई यत्तिकै खानु पनि पर्दछ।
५. धुम्रपानले पुर्याएको क्षतिलाई सञ्चो गराउँछ
चुरोटमा पाइने ‘कार्सिनोजेन्स’ले हाम्रो फोक्सो र स्वासनलीलाई असर गर्दछ भने गोलभेडामा पाइने ‘कौमेरिक एसिड’ र ‘क्लोरोजेनिक एसिड’ले उक्त असरलाई निको गराउँदछ। यो एक प्रकारको एण्टिअक्सिडेन्ट हो जसले शरीरको आन्तरिक अङ्गमा हुने जलन र पीडालाई कम गराउँदछ।
६. काटेको र पोलेको ठाउँमा राहत
धारिलो हतियारले काटेको अथवा आगो (तातो वस्तु)ले पोलेको ठाउँमा असाध्यै जलन भएको छ एकैछिनमा राहत पाउन चाहनुहुन्छ भने, पाकेको रातो गोलभेडा निचोरेर पोलेको भागमा लगाइदिनुहोस्। यसमा पाइने एण्टिअक्सिडेन्टले जस्तोसुकै जलनलाई पनि राहत दिने काम गर्दछ।
महत्वपूर्ण नोटः
पाकेको फलफूल तथा सागसब्जीमा अरूमा भन्दा बढि ब्याक्टेरियाले सङ्क्रमण गर्ने सम्भावना हुन्छ। त्यसैले गोलभेडा किन्दा राम्रोसँग हेरेर नकुहिएको, नगिल्थिलिएको, घाउचोट नलागेको छानेर मात्रै किन्नुहोला।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment