Tuesday, February 23, 2016

प्रधानमन्त्रीबाट बुद्धको सन्देश र पशुपतिको आशीर्वाद…

१२ फागुन, गुजरात (भारत)।
स्थानीय भुजवासीले आत्मीय र भव्य स्वागत गरेपछि राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सायद भावुक भए । उनलाई स्वागत गर्न भूकम्पपछि पुनःस्थापना गरी पुनःनिर्मित एक सामुदायिक भवनमा खचाखच मानिसको उपस्थितिमा उनले गुजरातको स्वागतलाई असाधारण भने।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईपटक मुख्यमन्त्री भएको सो प्रदेशमा ओली हिँड्ने बाटाका दुवैतिर दुई देशका झन्डासहित स्थानीय उभिएका थिए भने सडकका खम्बा र भित्तामा दुई प्रधानमन्त्रीका तस्बिर र स्वागतका तुल टाँगिएका थिए । स्वागतको संस्कार पनि नेपालीको जस्तै देखिन्थ्यो । प्रधानमन्त्री ओलीले आफू त्यो प्यार र मित्रताको ऋणी भएको बताए ।



उनले भने– “मैले शान्तिदूत बुद्धको सन्देश, पशुपतिको प्रसाद र आशीर्वाद लिएर आएको छु, तपाईंहरुको सफल र प्रेरक पुनःनिर्माण कार्यबाट प्रभावित भएको छु, तपाईंहरुको भलो होस्, हाम्रो मित्रता गाढा होस् ।”

ओलीले दुई देशबीचको मित्रता कसैले बनाइदिएको नभएर आफैँ बनेकाले यसलाई कसैले बिगार्न पनि सक्दैन भने । आफ्नो भ्रमणबाट केही समययताको तिक्ततासमेत हटेको उनले स्पष्ट गरे ।

यसैबीच, प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यको सम्मानमा आज साँझ मुम्बईका गभर्नर सी विद्यासागर राओले रात्रिभोजको आयोजना गरे । रासस

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment