![]() |
भारतमा केही दिन यता भएका घटनाक्रमले मोदी नेतृत्वको सरकार आलोचित हुँदै आएको छ । मानवअधिकार हनन्, अधिनायकवाद जस्ता आरोपले भारत सरकार घेरिएको हो ।
यसै क्रममा केही विदेशी अखबारले मोदीको आलोचना गरेका छन् । अमेरिकाको प्रख्यात अखबार न्यूयोर्क टाइम्सले बिचार पृष्ठमा मोदीका बारेमा लेखिएको एउटा लेख प्रकाशित गरेको छ । सो लेखमा मोदी सरकारलाई मूख्य निशाना बनाएर भारतमा भइरहेका मानवअधिकार हनन्को मुद्दा उठाइएको छ ।
दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा भइरहेको घटनालाई केन्द्रमा राखेर उक्त लेखमा भनिएको छ, ‘भारतमा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने मानिसहरु र मोदी सरकारका बीच हिंस्रक विरोधको स्थिति देखिएको छ, हिन्दु दक्षिणपन्थसँग जोडिएका उनका राजनीतिक सहयोगी असहमतिको स्वरलाई शान्त बनाउनका लागि प्रतिबद्ध देखिएका छन् ।’
उक्त लेखअनुसार भाजपा समर्थकहरुले ‘भारत माताकी जय’ र ‘गद्दारहरु भारत छोड’ जस्ता नारा लगाउँदै पत्रकार र विद्यार्थीहरुमाथि समेत हमला गरेका थिए, यद्यपि प्रहरीले हस्तक्षेप गरेन । लेखमा भनिएको छ, ‘कानुनको बेवास्ता गर्दै भीडले नै सजाय दिने मानसिकताको सम्पूर्ण जवाफदेही मोदी सरकारको हो ।’
त्यसैगरी फ्रान्सको अखबार ‘ल मोन्ड’ ले पनि फ्रान्स सरकारलाई भारतमा भइरहेको मानव अधिकारसँग जोडिएका घटनालाई गम्भीरतापूर्वक उठाउन आग्रह गरेको छ । सो अखबारले सम्पादकीयमा लेखेको छ, ‘देशद्रोहको आरोपमा जेएनयुका एक छात्र र दिल्लीका एक पूर्व प्रोफेसरको गिरफ्तारी हिन्दु राष्ट्रवादी सरकारको सत्तावादी धाराको एउटा नयाँ उदाहरण हो ।’
त्यसैगरी लन्डनको अखबार ‘दि गार्डियन’ ले पनि मोदी सरकारले राष्ट्रवादी आक्रामक धार्मिक दाबा र बेलगाम पूँजीवादी विकासलाई प्राथमिकता दिएको आरोप लगाएको छ । (एजेन्सी)
imagekhabar
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment