Tuesday, February 23, 2016

पौडेललाई सभापति बनाउन बानेश्वरमा गोप्य भेला, के-के भयो भेलामा ?

काठमाडौं, ११ फागुन । कांग्रेसको संस्थापन समूहलाई समर्थन गर्ने दुई दर्जन जिल्लाका सभापतिहरुले कार्यबाहक सभापति रामचन्द्र पौडेललाई सभापति उम्मेदवारमा अगाडि बढाउन आजदेखि गोप्य सुरुवात गरेका छन् ।
निर्वाचित भएर आएका जिल्ला सभापति र ७ जना निवर्तमान जिल्ला सभापतिहरुको सहभागिता रहेको भेलामा पौडेलको पनि सहभागिता रहेको थियो । भेलामा केही महाधिवेशन प्रतिनिधि पनि रहेका थिए ।
नयाँ बानेश्वरस्थित अल्फाबिटा भवनमा आज भएको सो भेलाका सहभागीहरुले पौडेललाई सभापतिमा संस्थापनबाट उम्मेदवारी दिनु उपयुक्त हुने धारणा अघि सारेको काभ्रेका जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । ‘नेपाली कांग्रेसलाई बिपी कोइरालाको समाजवादी धारलाई समायोन र समय सापेक्ष कार्यनीति बनाएर लैजाने नेता रामचन्द्र पौडेल हुनुहुन्छ भन्ने भेलाको निष्कर्ष रह्यो’, आचार्यले भने, ‘कांग्रेसलाई प्रष्ट भिजनका साथ लैजान पौडेललाई सुझाव दिएका छौँ ।’
भेलामा सहभागी भएका कार्यबाहक सभापति पौडेलले आफूले धारणा राख्नुभन्दा पनि धेरै जिल्ला सभापतिहरुको कुरा सुनेका थिए ।
सहभागीहरुले कार्यबाहक सभापति पौडेललाई गुटको संरक्षणभन्दा समग्र नेता तथा कार्यकर्ताहरुलाई ठूलो छाती बनाइ समेट्न पनि सुझाव दिए । उनीहरुले पौडेललाई अन्तिममा गएर संस्थापन पक्षलाई निरास नबनाउन पनि दबाव दिएका छन् ।
सभापतिका उम्मेदवार बरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो पक्षमा माहोल बनाइ रहेका बेला संस्थापन समूहका दुई दर्जन जिल्ला सभापतिहरुले पनि पौडेलका पक्षमा लबिङको सुरुवात गरेका हुन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment