![]() |
सभापतिका लागिथ कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी गरेका छन्।
महामन्त्री सिटौलाले पौडेललाई समर्थन नगर्ने निष्कर्ष निकाल्दै युवाहरुलाई समेटेर छुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन्। सिटौलाले आफ्नो टिममा युवा नेता गगन थापा, प्रदीप पौडेललगायतलाई समेटेर प्यानल बनाउने गरी छलफल अघि बढाएका छन्।
सिटौला निकट स्रोतका अनुसार आफू सभापतिमा र गगनलाई महामन्त्रीमा राखेर प्यानल बनाउने तयारी भएको छ। ‘मंगलबारको केन्द्रीय समितिको बैठकपछि उहाँको उम्मेदवारी घोषणा गर्ने विषयमा औपचारिक जानकारी हुन्छ, सिटौलासँगै तयारीमा लागेका एक नेताले भने–सकभर सवै पदमा प्यानलै बनाएर टिम घोषणा गर्ने तयारीमा छौं।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
dainiknepal
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment