Monday, February 22, 2016

मनीषा कोइरालाले ओलीलाई बलिउड कलाकार भेटाउने

११ फागुन, मुम्बइ ।

भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेर अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको भुजस्थित पुनर्निर्माण परियोजनाको निरिक्षण गर्न गर्न पुगेका छन् ।


पुनर्निर्माण निरिक्षणपछि प्रधानमन्त्री ओली साँझ मुम्बई जानेछन् ।

भारतीय सञ्चार माध्यमले जनाए अनुसार मुम्बइमा ओलीको बलिउडका कलाकारसँग पनि साक्षात्कार हुने छ । बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाले प्रधानमन्त्री र बलिउडका कलाकारबीच भेट गराउने कार्यक्रम रहेको छ ।

दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा मनीषा बलिउड कलाकारहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका तय गरेकी हुन्।

मनीषाले आयोजना गर्ने समारोहमा बलिउड अभिनेता ज्याकी श्राफ र फिल्म निर्माता सुवास घाई उपस्थित हुने टाइम्स अफ इण्डियाको समाचारमा उल्लेख छ । यद्यपी अन्य कलाकार को को ओलीसँगको भेटका लागि आउनेछन् भन्ने खुलाइएको छैन ।
nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment