![]() |
पार्टीको राष्ट्रिय कार्यसम्पादन समितिको निर्णय सार्वजनिक गर्न आज काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले भारतलाई झुक्याउनलाई मात्र संयन्त्र गठन गरिएको आरोप लगाउनुभयो । उहाँले ‘कमल थापाको नेतृत्वमा संयन्त्र बनेको छ रे भन्ने सुनेको र त्यसले के गर्छ आफूलाई केही थाहा नभएको बताउनुभयो । यद्यपी राजनीतिक संयन्त्रको कार्यक्षेत्र सन्तोषजनक रुपमा आए मधेसी मोर्चाले त्यसलाई स्वीकार गर्न सक्ने उहाँको भनाइ थियो ।
अध्यक्ष महतोले मधेसमा आन्दोलनको स्वरुप मात्र परिवर्तन भएको भन्दै समयको सदुपयोग गर्न र आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले माग पूरा नभए मधेस पूरै बल प्रयोग गरेर लड्न तयार रहेको उद्घोषसमेत गर्नुभयो । जनता हारे भन्ने सरकारको दिमागमा परे आफूहरु आन्दोलनमा होमिने र चैत मसान्ततिर मुलुक निर्णायक आन्दोलनमा जाने चेतावनीसमेत दिनुभयो ।
मधेसी मोर्चाको एक घटकसमेत रहेको सद्भावना पार्टीले मधेस आन्दोलन चर्काउन ‘युवा दस्ता मधेस रक्षा बाहिनी’ बनाउने निर्णय गरेको छ ।
dainiknepal
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment