Tuesday, February 23, 2016

नविनालाई टीका र फूलको गुच्छासहित दीपकको बधाई

काठमाडौं, ११ फागुन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी नवनिर्वाचित अध्यक्ष नविना लामालाई उनका प्रतिद्वन्दी दीपक गौतमले टीका लगाएर अंकमाल गर्दै बधाई दिएका छन् ।
काठमाडौंमा आज गरिएको नयाँ नेतृत्व घोषणा कार्यक्रममा गौतमले टीका लगाएर फूलको गुच्छा दिँदै कार्यकालको सफलताको कामनासहित लामालाई बधाई दिएका हुन् ।
लामाले प्रतिद्वन्दी गौतमलाई २ सय १६ मत अन्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment