![]() |
अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बार एसोसियसनको गरिमा, वकिलहरुको वृत्तिविकास र स्वतन्त्र न्यायालयका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए । पछिल्लो समय लोकतन्त्रवादी वकिलहरुमाथि सुनियोजित प्रहार बढेको भन्दै केसिले पेशागत हकहितको संरक्षणका लागि पनि आफ्नो उम्मेदवारी भएको बताए ।
एसोसियसनको कार्यसमितिमा २५ जनाका लागि निर्वाचन हुनेछ । केसी अध्यक्ष रहेको समुहमा महासचिवमा खम्मबहादुर खाती, र उपाध्यक्ष ( पूर्वाञ्चल) मा मदनकुमार खड्का, विनय सिंह (मध्यमाञ्चल),मोतिराज गौतम (उपत्यका), घनश्याम पन्त (पश्चिमाञ्चल),रेवतीरमण भट्टराई (मधयपश्चिमाञ्चल),गंगाराम पाध्या (सुदूरपश्चिमाञ्चल) छन् । त्यस्तै महिला उपाध्यक्षमा शान्ता सेढाई सापकोटा र कोषाध्यक्षमा ज्ञानरत्न शाक्य छन् ।
त्यस्र्त सदस्यहरुमा श्यामकुमार विश्वकर्मा (दलित), रमणकुमार कर्ण मधेसी÷मुस्लिम (खुल्ला), अनिल शाह मधेसी/मुस्लिम (काठमाडौंबाहिर), अस्मीनकुमार राई आदिवासी/जनजाती (खुल्ला),हरिनारायण चोधरी आदिवासी/जनजाती (काठमाडौं उपत्यका बाहिर),सानुमैयाँ महर्जन महिला (खुल्ला), इन्दु कोइराला महिला(काठमाडौं उपत्यका बाहिर),पदमबहादुर शाही उपत्यका बाहिर खुल्लातर्फ उम्मेदवार बनेका छन् ।
अन्य खुल्ला सदस्यमा ज्ञानेनद्र अधिकारी, अरण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, शुकदेव काफ्ले,इन्द्रबहादुर अधिकारी र खड्गबहादुर बुढाथोकी (सुवास) छन् ।
कार्यक्रममा न्यायपरिषदका पूर्व सदस्य उपेन्द्रकेशरी न्यौपाने, डिएलएका निवर्तमान अध्यक्ष गोपालकष्ण घिमिरे, डिएलएका अध्यक्ष भरत खरेल, बारका महासचिव सुनील पोखरेल लगायतले न्यायक्षेत्रमा राजनीतिक हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्धमा लोकतान्त्रिक समूहलाई बारको नेतृत्वमा ल्याउन आवश्यक रहेको बताए ।
dainiknepal
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment