![]() |
आउनोस् बिबेचना गरौ आखि भौ अनुसारको स्वभावको बारेमा
- जुन स्त्रीका आँखीभौं चन्द्रमा जस्तै समान आकारका हुन्छन् र छुट्टिएर टाढा टाढा हुन्छन् त्यस्ता स्त्री भाग्यमानी हुन्छन,घर परिवार र समाजमा सम्मान प्राप्त हुन्छ,यस्ता स्त्रीलाई जीवनमा धनको दुख पनि हुँदैन पतिलाई पनि प्रेम र सम्मान गर्छन् ।
- जुन स्त्रीका आँखीभौं अत्याधिक बाक्ला हुन्छन् यस्ता महिला क्रोधी अर्थात रिसाहा हुन्छन्,यस्ता महिलामा धनप्रति अत्याधिक लोभ हुन्छ, धनका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन, धनी भएपछि यिनीहरु घमण्डी हुन्छन् ।
जुन स्त्रीका आँखीभौं तल झुकेका र टेडा मेडा हुन्छन् त्यस्ता स्त्रीले जीवनमा धेरै दुःख पाउँछन्,यिनीहरुमा यौन चाहना पनि अत्याधिक हुन्छ,यिनीहरुले जीवनमा धेरै दुख पनि पाउँछन् ।
- जुन स्त्रीको आँखीभौंको बिचमा खाली स्थान हुन्छ त्यस्ता स्त्री स्पष्ट बोल्ने र सफा दिलका हुन्छन् ,उनीहरु कुरा चपाएर बोल्दैनन्, आवश्यक परेका मान्छेलाई सहयोग पनि गर्छन् तर अफसोच धेरै परिश्रम गर्दा पनि यिनीहरुको दाम्पत्य जीवनमा भने खटपट भैरहन्छ ।
- जुन स्त्रीको आँखीभौं धनुष आकारको हुन्छ यस्ता स्त्री धनी र कलात्मक हुन्छ,यस्ता स्त्रीलाई कलामा विशेष चासो हुन्छ,जीवनमा छुट्टै आदर्श राख्ने यस्ता स्त्री आर्थिकरुपमा पनि सम्पन्न नै हुन्छन् ।
- जुन स्त्रीको आँखीभौं आपसमा जोडिएका हुन्छन् त्यस्ता स्त्री चतुर र हुन्छन्,यस्ता स्त्रीले कुनै पनि काम गर्दा कुशलतापूर्वक पुरा गर्छन्, यिनीहरुको जीवनसाथीसँगको सम्बन्ध पनि प्रेमपूर्ण हुन्छ,रिसले आफैलाई घात पनि गर्छ ।
अहिले बिभिन्न किसिमले परिमार्जित गरिएका आखिभौको सवालमा यो नियम लागु नहुन पनि सक्छ,प्राकृतिक रुपमा हुने आकार प्रकारको आधारमा सामुद्रिक शास्त्रबाट उद्धृत गरिएको हो
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment