Saturday, July 4, 2015

कपाल सुन्दर बनाउन ६ घरेलु टिप्स

डाइटमा ध्यान दिनुहोस् डाइटले हाम्रो समग्र स्वास्थ्यमात्र होइन कपाल र छालालाई पनि स्वस्थ राख्छ । त्यसैले कस्तो कपालका लागि कस्तो खाना खाने भन्ने पनि ध्यान दिनु आवश्यक हुन्छ । उदाहरणका लागि सामान्य कपाल भएकाले माछा, चिकेन, दाल खानुपर्छ भने सुख्खा कपाल भएकाले काँचो तरकारी, गेडागुडी, ब्राउन राइस, केरा, बदाम तथा भिटामिन इ क्याप्सुल खानुपर्छ । ओयली कपाल भएकाले हरिया सागपात, सलाद, ताजा फलफुल तथा दही खानुपर्छ ।

 अण्डा : उत्कृष्ट कण्डिसनर अण्डाले तपाईंको कपालमा अत्यन्त राम्रो कण्डिशनरको काम गर्छ । अण्डाको सेतो भागमा चिलो र प्रोटिन पदार्थ हुने भएकाले यसले मोस्चराइजरको काम गर्छ । कपाल झर्ने समस्यामा मह सूर्यको प्रकाश कपाल झर्ने समस्याको कारक हो । यसको समाधानका लागि महको प्रयोग गर्न सकिन्छ । आधा कप महमा दुई चम्चा ओलिभ आयल मिसाएर मसाज गर्ने र २० मिनेटपछि नुहाउनाले यो समस्या समाधान गर्न सकिन्छ । यसले एन्टिब्याक्टेरियल र कण्डिसनरको काम गर्छ । अण्डा र बियर : कपाल वृद्धि गर्छ कपाल बाक्लो बनाउन अण्डा र बियरको मिश्रणले सहयोग गर्न सक्छ । आधा कपमा बियरमा एक चम्चा तेल र एउटा अण्डा मिसाएर मिश्रण बनाउने, त्यसलाई १५ मिनेटसम्म छाडिदिने र कपालमा लगाउनाले कपाल बाक्लो हुन्छ । खैरो चिनी : चायाँ हटाउछ चायाँ अधिकांश मानिसको समस्या हो । चायाँ हटाउन दुई भाग चिनी र एक भाग कण्डिसनर मिसाएर लगाउनाले चाया हट्छ । एलोभेरा : कपाल झर्न रोक्छ कपाल झर्ने पनि मानिसहरुको अर्को समस्या हो । यसको समाधानका लागि आधा चम्चा एलोभेराको रसमा दुई चम्चा कोकोनट आयल मिसाउने र कपालमा राम्रोसंग लगाउने र २० मिनेटपछि धुनुपर्छ । यसो गर्नाले झर्ने समस्या हट्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment