![]() |
अनुसन्धान अनुसार कुनै पनि व्यक्तिलाई ५५ वटा भिन्न रोगहरूमध्ये कुनै एक अथवा धेरै रोगहरू लाग्ने तथ्य र उसको जन्म महिनामा अन्तर्सम्बन्ध रहेको हुन्छ। अनुसन्धानमा संलग्न भएका व्यक्तिहरू मध्ये धेरै जसो मे महिनामा जन्मिनेहरूलाई महिना अनुसारको रोग लाग्ने सम्भावना कमि भएको देखिएको थियो भने अक्टोबरमा जन्मिनेहरूलाई यो समस्याले धेरै सताउने देखिएको थियो।
“यो अनुसन्धानबाट वैज्ञानिकहरूलाई नयाँ रोगहरूको बारेमा जान्न धेरै नै टेवा पुग्दछ।“- कोलम्बिया युनिभर्सिटिका एक अनुसन्धानकर्ताले बताएका थिए।
जाडो मौसममा जन्मिने मानिसहरूमा छोटो दिन र सूर्यको किरणको कमी हुने कारणले गर्दा उनिहरूलाई चाहिने मात्रामा भिटामीन-डी पुगेको हुँदैन र अन्ततः उनीहरूलाई हृदयरोगले सताउने बढी सम्भावना रहेको पुरानो अनुसन्धानले पुष्टि गरेको थियो। त्यसपछि अरू शारीरिक समस्याहरू पनि जन्मने महिनामा निर्भर हुन्छ वा हुँदैन भन्ने कुराको खोजीको क्रममा अनुसन्धानकर्ताहरूले न्यू योर्कको युनिभर्सिटिको मेडिकल सेन्टरमा रहेको करिब १७ लाख बिरामीहरूको मेडिकल रेकर्डहरू पनि हेरेका थिए। उक्त रेकर्डअनुसार सन् १९०० र २००० सालको बिचमा जन्मिएका र सन् १९८५ र २०१३ को बिचमा उपचार गराइएका मानिसहरूको रेकर्डलाई धेरै ध्यान दिइएको थियो।
उक्त रेकर्डअनुसार १० जना बिरामीहरू जो जाडो महिनामा जन्मेका थिए, उनीहरूलाई हृदय रोगले सताएको रहेछ भने जनवरी महिनामा जन्मेका मानिसहरूलाई मुटुको मांसपेशीको समस्या र उच्च रक्तचापले सताएको रहेछ। तर सेप्टेम्बर र अक्टोबर महिनामा जन्मेका मानिसहरूलाई भने उक्त समस्याले कमै सताएको अनुसन्धानले जनाएको छ।
जाडो मौसममा जन्मिएका बालकहरूमा किन हृदय रोगले बढी सताउँछ भन्ने कुरा भने विवादास्पद नै रहेको छ तर गर्भवती आमाहरूलाई जाडो मौसममा धेरै जसो संक्रमण हुने र यसले गर्दा उक्त महिनामा जन्मेका बालकहरूलाई हृदय रोगले सताउन सक्ने सम्भावना रहेको हुन्छ।
तर सबै रोगहरू जन्मने महिनाको कारणले नै हुन्छ भन्ने कुरामा विश्वास गर्न भने पक्कै पनि हुँदैन। कतिपय रोगहरू तपाईँ-हामीहरूले आफ्नो दैनिक जीवनमा लापरवाही र शारीरिक स्वास्थ्यमा ध्यान नदिएर पनि हुने गर्दछ।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment