![]() |
साइनस भनेका टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरुको माध्यमबाट नाकको श्वासमार्गसंग जोडिएका हुन्छन् ।
लक्षणहरु
१. नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने
२. नाक बन्द भइरहने
३. टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहन
४. सुघ्ने शक्तिमा कमि आउने
५.कसैकसैमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ ।
६. विशेष गरी टाउको अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ ।
७. साधारण रुघाबाट शुरु भएर पछि पिनास हुनसक्छ
यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दति अपनाउनु वा औषधि सेवन गर्नु उचित हुन्छ । पिनास चिकित्सकले समान्यतया लक्षण् हेर्दा नै थाहा पाए पनि कुनै अवस्थामा पत्ता लगाउनका लागि एक्सरे, सिटि स्क्यान, रगतको जाँच, साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ ।
यसको उपचारमा घरेलु औषधिहरु पनि प्रभावकारी हुने गर्छन ।
१. प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।
२. पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गई आराम महसुस हुन्छ ।
३. मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ ।
४. मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ ।
साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
२. नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ ।
३. धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ ।
४. चुरोटको धुँवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ ।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment