![]() |
लोग्ने मानिसमा एक्स र वाई दुवै क्रोमोजम हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ । त्यसैले लोग्नेमानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ ।
कलिलो उमेरमा गर्भवती भए के हुन्छ ?
कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, शिशु पाउन गा¥हो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हु“दा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ ।
शिशु जन्मने मिति कसरी निस्कन्छ ?
नियमित रुपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिमपटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ । यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु पाउ“छन् भने अधिकांश (करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउ“छन् ।
कुनबेला गर्भ बस्छ ?
नियमित रुपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौनसम्पर्क गरे गर्भ रहन सक्छ ।
गर्भवती भएका बेला तौल वृद्धि
गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।
कहिले गर्ने अल्ट्रासाउण्ड ?
आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।
गर्भमा कहिले चल्छ शिशु ?
गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ । गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने (पुट्ठाको हड्डीभित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ ।
अन्तिम समयमा देखा पर्ने चिन्ह के हुन्
गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरु (तल्लो पेट दुख्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छन् ।
गर्भवतीले के–के जाँच गराउनुपर्छ ?
प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जा“च, पिसाब जा“च एवं भिडियो एक्स–रे गराउनुपर्छ । यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जा“च गराउनुपर्छ । जा“चमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जा“च्नुपर्छ ।
कस्ता गर्भवतीलाई निगरानीमा राख्नुपर्छ ?
मधुमेह, उच्च रक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा शिशु बोकेकी, पहिले पटक–पटक गर्भ तुहिएकी गर्भवती महिलालाई निगरानीमा राख्नुपर्छ ।
कहिले–कहिले बढ्छ पेटको उचाई ?
गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जा“च गरी पाठेघर छाम्न सकिन्छ । गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको (पेट) को उचाइ बढ्छ।
शिशुको अंग कुन अवधिमा के बढ्छ ?
गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङग तथा स्नायु प्रणालीकेो विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ । गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङग फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन् ।
गर्भवतीले ध्यान दिनुपर्ने कुरा के हुन् ?
पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ । यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाइड्रेट तथा प्रोटिनयुक्त खाना खानुपर्छ ।
गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रुपमा जथाभावी औÈधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मन सक्छन् ।
गर्भावस्थामा हुन सक्ने समस्या के हुन् ?
गर्भावस्थामा हुन सक्ने साधारण समस्यामा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनिश्राव (सेतो पानी) अलि बढी बग्ने, पि“डौला एवं जननेन्द्रीय वरिपरिका नसा फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाउडिने हुन् ।
उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थीको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, दम, संक्रामक तथा परजीवीजन्य रोग, औंलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन् ।
गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा निÈेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो मानिदैन । गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छैन ? छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु पाउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
dainiknepal.com
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment