![]() |
तर जति गर्दा पनि उनलाई आकर्षित गर्न नसकेमा चाँहि पक्कै रिस उठ्छ होला । यहाँ कुनै पनि सुन्दर स्त्रीसँग नजिक हुनका लागि चाहिने ५ कुराको चर्चा गरिएको छ ।
१ आँखामा आँखा राखेर कुरा गर्नुस्
हुन त यो कुरा सँधै सुन्नु भएको छ होला । आँखामा आँखा राखेर कुरा गर्नुको प्रभाव निक्कै फरक हुन्छ । यदि तपाइँलाई कस्तो कस्तो लागेको छ भने यता उता आँखा दौडिन्छन् । यसो नगर्नुस् । आँखामा आँखा राखेर कुरा गर्नुस् यसको प्रभाव नाटकीय हुन्छ । तर यसको अर्थ एककोहोरो अनुहारमा घुर्ने भनेको चाँहि होइन ।
२ हाँसी मजाक गर्नुस्
हाँसो गर्न जान्ने केटाहरु अधिकाँश केटीलाई मन पर्छ । यसको अर्थ जथाभावी हाँस्ने भनेको होइन । तर समय समयमा विभिन्न तरिकाले हाँसोको विषय निकाल्नु केटामा चाहिने अनिवार्य कला हो ।
३ बडी ल्याङ्ग्वेज
कुनै पनि स्त्रीलाई आफूप्रति आकर्षित गर्नमा मुख्य भूमिका तपाइँको हाउभाउ र भाव भङ्गिमा ले खेल्छ । तपाइँले आफूलाई कसरी प्रस्तुत गर्नु हुन्छ भन्ने कुराले तपाइँको ब्यक्तित्वप्रति स्त्रीको प्रभाव पर्छ । आत्मविश्वासी र हँसिलो मुद्रामा गरेको कुराकानीको प्रभाव नै फरक हुन्छ ।
४ भन्नुस् र सुन्नुस् पनि
कतिपय ब्यक्ति कुनै कुरा भन्नुछ भने एककोहोरो भन्ने र कुरा थपेको थप्यै गर्ने स्वभावका हुन्छन् । तर त्यस्तो गर्दा नकारात्मक प्रभाव पर्छ । आफ्ना कुरा राखेपछि उनले के भन्छिन् भनेर सँधै विचार गर्नुस् । सके सम्म दिल खोलेर कुरा गर्ने वातावरण बनाउनुस् ।
५ मौनता पनि जरुरी
कुनै पनि कुरा गरिसकेपछि केही समय मौन रहनुस् । प्रतिक्रिया सुन्नुस् । सके सम्म हाँसी मजाकका साथमा कुरा शेयर गर्नुस् ।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment