![]() |
प्रहरीले पाएको सूचना न गलत थियो, न त होटलका कोठा खाली थिए ।
दिउँसै यौन क्रियाकलाप गर्न चाहने ग्राहकको संख्या बढेपछि यतिवेला पूर्वका होटलले अपनाएको नयाँ उपाय प्रहरीले पत्तै पाएन । अहिले यो उपाय यौनधन्दा चलाउनेका लागि आम्दानीको दह्रिलो स्रोत भएको छ । ‘त्यो उपाय भनेको ग्राहकलाई एक वा दुई घन्टाका लागि कोठा भाडामा दिने र बाहिरबाट ताल्चा मारिदिने हो,’ बिर्तामोडको होटलका एकजना कर्मचारी भन्छन् , ‘होटलका कोठामा ताला लागेको देखेपछि आउने जाने सबैलाई कोठा खाली छन् भन्ने भान पर्छ ।’
‘रात परेपछि भन्दा पनि होटल चल्ने त दिउँसै हो,’ ती कर्मचारीले भने, ‘एक घन्टामा राम्रै आम्दानी हुन्छ ।’ उनका अनुसार, होटलका कोठा दिनभरि यौन क्रियाकलाप गर्न चाहने ग्राहकले खचाखच भरिने गर्छन् । ग्राहकले एक घन्टा कोठा लिएबापत बढीमा पाँच सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ । काउन्टरमा अग्रिम भुक्तानी गरेपछि कोठामा पसेका ग्राहकलाई बाहिरबाट ताल्चा लगाएर राखिन्छ । ग्राहकले मागेको समय पूरा भएपछि होटलका कर्मचारीले ताल्चा खोलिदिन्छन् । अधिकांश ग्राहकले साथमा युवती लिएर आउने गरेकाले खासै मोलमोलाई गरिरहनु नपर्ने ती कर्मचारीको अनुभव छ ।
‘हामीले लिने भनेको समयअनुसारको भाडा मात्रै हो,’ उनले भने, ‘युवतीसहित कोही एकरदुई घन्टा आएर बस्छ भने त्यसमा कसैले टाउको दुखाउनुहुँदैन ।’ होटलका कोठा पहिल्यै बुक गराएर मात्रै ग्राहक आउने गरेको बताउँदै झापा दमकका एकजना होटल सञ्चालक भन्छन् , ‘ग्राहकको इच्छाअनुसार चल्नु व्यवसायीको धर्म हो ।’ होटल व्यवसायी संघ मध्यपश्चिमका अध्यक्ष गंगाप्रसाद सिटौलाले विकृतिमुक्त होटल र गेस्टहाउस छन् भन्न सक्ने अवस्था नरहेको बताए । ‘प्रहरीसमेतको सहभागितामा व्यवसायलाई मर्या्दित बनाउने निर्णय भए पनि प्रभावकारी रूपमा लागू गर्न सकिएको छैन,’ उनले भने ।
होटलमा विकृति बढेपछि दुई वर्षपहिले झापाको दमकमा महिला संगठनका प्रतिनिधिले यौनकर्मी महिलालाई होटलबाट निकालेर कुटपिट गरेका थिए । झापाका सहर बजारमा स्थानीय मात्र होइन, शरणार्थी जीवन बिताइरहेका भुटानी युवती पनि प्रशस्तै भेटिन्छन् । बिर्तामोड, दमक, काँकडभिट्टालगायत स्थानमा शरणार्थी युवतीकै बाहुल्य छ । यौनजन्य क्रियाकलापमा शरणार्थी युवतीको संलग्नता पहिलो घटना भने होइन । यस्ता दर्जनाँै घटना छन्, जहाँ शरणार्थी युवतीको संलग्नता नभएको होस् । प्रहरीले छापा मार्दा होटलबाट शरणार्थी युवती समातिएका दर्जनौँ घटना रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
आफूखुसी यौन व्यवसायमा लागेका शरणार्थी युवती पूर्वका सहरपिच्छे भेटिन्छन् । उनीहरू सबैभन्दा बढी सक्रिय रहने सहरचाहिँ झापाको दमक हो । यसबाहेक पूर्वको धरान, इटहरी, विराटनगर, इनरुवालगायत सहरमा पनि उनीहरू देहव्यापारका लागि जाने गरेका छन् । ‘झापाबाहिर धरानमा उनीहरूको माग बढी छ,’ शरणार्थी शिविरका एकजना अगुवाले भने, ‘तीन हजार बढी शरणार्थी युवती देहव्यापारमा लागेको अनुमान गरेका छौँ ।’ स्रोतका अनुसार, पूर्वी नेपालका शरणार्थी शिविरमा रहेका भुटानी युवतीलाई देहव्यापारमा संलग्न गराउन शिविरमा घुम्ती समूह खटिने गरेको छ ।
www.nepalsandesh.com
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment