![]() |
यस्तो विवाह तोडेर अर्कैसँग विवाह गरेका घटनाहरु सामान्यजस्तै बनेका छन् । तर आफ्नै श्रीमानलाई छोडेर युवतीसँग विवाह गरेको भने कम सुन्नुभएको थिएन होला ।
भारतको राझी क्षेत्रमा भने यस्तै अनौठो घटना भएको छ । राझीको एक इलाकामा बस्ने एक विवाहित युवतीले आफ्नो श्रीमानलाई छोडेर अर्कै युवतीसँग विवाह गरेकी हुन् ।
आफ्नी युवती साथीका साथ प्रहरी थानामा पुगेकी हुनले प्रहरीलाई आफूहरुलाई नसताउन आग्रह गरेकी थिइन् । १९ वर्षीय युवतीले गत मे मा विवाह गरेकी थिइन् ।
त्यसपछि ८ दिन घर बसेर माइत आएकी उनी घर फर्किनन् र अर्कै युवतीसँग विवाह गरिन् । केही समय उनका श्रीमान् उनलाई लिन आएपनि उनी गइनन् ।
यस्तै क्रम जलिरहँदा उनले अर्की युवती लिएर आफूले उनलाई श्रीमान् मानेको बताइन् । दुवै युवतीका परिवारले उनीहरुलाई सम्झाउन खोजेपनि उनीहरुले त्यसलाई अस्वीकार गरेका छन् ।
उनीहरु दुवैजनाले आफूहरु सँगै बस्ने भन्दै प्रहरीमा निवेदन दिएर फर्किएका छन् । यो घटनाले परिवारका सदस्यलाई भने आश्चर्यमा पारेको छ ।
www.nepalsandesh.com
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment