![]() |
विश्वका अधिकांश देशमा गरिएको एक अध्ययन अनुसार लामो समयसम्म तनाव र उदासीले जेलिने पुरुष भन्दा महिलाहरुको जीवन छोटो हुँदै जान्छ । किनकि उनीहरुमा ‘क्लोथो’ हर्मोनको स्तर एकदमै कम हुन्छ । यो हर्मोनले उमेरलाई नियन्त्रण गर्ने काम गर्छ । तर, टेन्सनले उमेर नियन्त्रण गर्ने हार्माेन मात्रा एकदमै कम हुन्छ ।
ट्रान्सलेसन साइक्रियाटी जर्नलले प्रकाशित गरेको अनुसन्धान रिपोर्टमा टेन्सनको जिन्दगी गुजारिरहेका ९० जना र सामान्य तनाव भएका ८८ जना महिलामा गरिएको यो अनुसन्धान थियो ।
अध्ययन अनुसार उदासीको लक्षण भएका महिलाहरुको रगतमा क्लोथो हर्मोनको स्तर धेरै कम पाइइएको थियो । क्लोथो हार्मोनको सम्बन्ध स्थायी तनाव र अकाल मृत्युसँग हुने गर्छ । मेडिकलको मान्यता अनुसार यो हर्मोन स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हो । एजेन्सी
dainiknepal.com
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment