Monday, July 20, 2015

‘सेक्स गुरु’ ओशोले अध्यात्ममा यौन कसरी जोडे?

चन्द्र मोहन जेन, आचार्य रजनीश, भगवान श्री रनजीश अनि ओशोको नामले चिनिन्छन्। ओशो आध्ययात्मिक गुरु थिए। सन् १९३१ डिसेम्बर ११ मा भारतको भोपाल प्रान्तमा जन्मेका ओशोले सुरु गरेको आध्यात्मिक शिक्षा सन् १९९० जनवरी १९ मा उनको मृत्यु पछि पनि कायमै छ। १९६० को दशकमा दर्शनका विषयमा उनी सार्वजनिक कार्यक्रमहरुमा बोल्दै हिड्थे। सार्वजनिक रुपमै राजनीति, राजनेता, जिसस क्राइस्ट, महात्मा गान्धी, कृष्ण, राम जस्ता पुरुषहरुको तथ्य र कारण जुटाई खुलेर विरोध गर्थे। यौनको विषयमा निकै उदार मानिने ओशो आफ्ना चेलाहरुको अगाडी ‘सेक्स गुरु’ को नामले चिनिन्थे।

सन् १९७० पछि रजनीश भारतको मुम्बईमा आफुलाई आध्यात्मिक गुरुको रुपमा स्थापित गराइ चेला (जसलाई नियो-सन्यासिन्स को नामले चिनिन्छ) जम्मा पार्न लागे। आफ्ना प्रवचनहरुमा विश्वका विभिन्न धर्म, रितिरिवाज, दर्शन आदीको बारेमा उनका आफ्नै विचार अनि विश्लेषण समावेश हुन्थ्यो। आफ्ना गहकिला अनि चतुरताले भरिएको यस्ता प्रवचनले धेरै पश्चिमाहरु उनीप्रति आकर्षित भए।

सन् १९७४मा उनी पुनेमा एउटा आश्रम स्थापित गर्न पुगे। जहाँ उनका समर्थक तथा चेलाहरुलाई विभिन्न प्रकारका ध्यान पद्धति सिकाउन सुरु भयो। अंधिकांश ध्यान पद्धती उनी आफैले विकास गरेका थिए। भारतमा यस्तो प्रकारको गतिविधि बढ्नाले हिन्दु धर्मसंग सम्बन्धित व्यक्तिहरुमा डर पस्न थाल्यो। सरकारले पनि उनको कामप्रति ज्यादा निगरानी गर्ने वातावरण पैदा हुदै थियो।

१९८१ को मध्य तिर उनी अमेरिका हिडे पुरै आश्रमको साथ। एन्टेलोप, ओरेगनमा उनका समर्थकहरुले अन्तर्राष्ट्रिय समुदाय स्थापना गरे जसलाई पछि रजनीशपुरमको नामले चिनियो। केही समयमै उनी जग्गाको कुरामा निकै विवादमा परे।

उनका समर्थकहरले किनिदिएका ९३ वटा रोल्स-रोयस (अहिले रोल्य-रोयसको मुल्य २ लाख डलर भन्दा बढी छ) को कारणले छिटै मिडिया अनि अन्य मानिसहरु माझ उनी झन् विवादित भए।

सन् १९८५मा उनी विरुद्ध डलास राज्यका नागरिकहरुमा बायोटेरर (खानेकुरा दुषित) गरेको भन्दै मुद्धा लागेपछि पक्राउ परे। उनले आफुलाई कम सजायको माग गर्दै केही अपराध स्वीकार गरे। यो सबको पछाडी उनको अमेरिका छोड्ने मनसाय थियो। तर उनलाई दुर्भाग्य यो भयो कि, उनलाई २१ वटा देशहरुले आफ्नो देशमा आउन अनुमति दिएनन। अन्तत उनी पुन पुने फर्के, जहाँ सन् १९९० मा उनको मृत्यु भयो।

ओशोले बुद्धत्व प्राप्त गरेको मानिन्थ्यो। आफ्नो जीवनकालमा उनले ६०० वटा भन्दा बढी किताब लेखे। ६०० भन्दा बढी किताब लेख्न उनलाई विषयवस्तु कहाँबाट फुर्थ्यो यो उनै जानुन। जिसस क्राइस्ट स्वयम आफै बुद्ध थिए, उनले जीवनको अर्थ उजागर गरेका थिए अनि जिसस क्रुसमा मरेका थिएनन भन्ने ओशोको विचारले उनी पश्चीमा अनि क्रिस्चियन जगतमा सबैभन्दा बढी आलोचित थिए।

 उनका प्रवचनहरुमा सबैभन्दा बढी विरोध क्रिस्चियन धर्मको हुने गर्थो, अनि हिन्दु धर्मका राम र कृष्णको। जिससको शिक्षालाई गलत प्रचार गरेर धर्मको नाममा गुठ बनाएकोमा उनले विरोध गर्थे। धर्म मान्ने कुरा हैन जान्ने कुरा हो भन्थे ओशो। उनले आफ्नो सिद्धान्त अनुसार नै चेलाहरुलाई ध्यान गर्न लगाउथे। ध्यान गरेर आफुमा आएको परिवर्तन स्वयम व्यक्तिले अनुभव गर्न सक्ने हुँदा जति नै विवादित भएपनि उनका चेला घटेका थिएनन।

ओशोले आफ्ना ध्यानहरु यौनसंग जोड्ने गर्थे। उनलाई त्यसै ‘सेक्स गुरु’ भनिएको थिएन। उनका केही प्रवचनहरु जुन निकै विवादास्पद पनि भए, अनि जुन यौनसंग सम्बन्धित छन्, ध्यानसंग सम्बन्धित छन्,  तल प्रस्तुत गरिएका छन्।

सेक्स नै स्रोत हो

सेक्सले तिमीलाई जीवनको यथार्थको रहस्य उजागर गर्नेछ, किनकी सेक्सनै तिमीमा भएको सबैभन्दा जीवित कुरा हो। दिमाग तिमीसंग भएको सबैभन्दा मृत वस्तु हो अनि सेक्स सबैभन्दा जीवित। त्यसैले तिम्रो दिमाग सदैव सेक्सको विरोधमा हुनेछ, सेक्सलाई सधै दबाउन खोज्नेछ। यी एकअर्काका दुश्मन हुन। दिमाग मृत हो अनि सेक्स जीवित शक्ति, यी दुइ बीच द्वन्द चलिरहन्छ। जब तिमी सेक्स तर्फ अगाडी बढ्छौ, तब दिमागमा उदासी छाउँछ , अनि दिमागले भन्छ, ‘यो गलत हो’।

दिमाग नैतिकवान बन्छ। दिमाग पुरातनवादी बन्छ, दिमाग नै पुजारी बन्छ। दिमागले निन्दागर्न सुरु गर्छ। सबै जीवित वस्तुलाई दिमाग निन्दा गर्न सुरु गर्छ, अनि सबै मृत वस्तुलाई दिमाग पुजा गर्न सुरु गर्छ। र सेक्स तिमीमा भएको सबैभन्दा जीवित वस्तु हो किनकी तिम्रो जीवन यसैबाट आएको हो। तिम्रो जन्म यसैबाट भएको हो, अनि तिमीले यसैबाट जन्म दिन सक्छौ। जहाँ जहाँ छ जीवन, छ जीवको अस्तित्व, सेक्स नै स्रोत हो।
प्रेम खतरनाक हुन्छ, सेक्स खतरनाक छै

मानिस जो प्रेमसंग डराउँछन् सेक्ससंग डर मान्दैनन। प्रेम घातक हुन्छ, सेक्स खतरनाक हुदैन, यसलाई आफुखुसी प्रयोग गर्न सकिन्छ। कसरी गर्ने, अहिले धेरै पद्धति छन्। तिमीले आफुखुसी प्रयोग गर्न सक्छौ, सेक्स एक विधि बन्न सक्छ। प्रेम कहिल्यै विधि बन्न सक्दैन। सेक्समा पनि जब तिमी नियन्त्रण गर्न खोज्छौ, सेक्सले पनि तिमीलाई लक्ष्य भेट्न मद्धत गर्दैन। यो एक निश्चित विन्दुसम्म जान्छ अनि तिमीलाई छोडिदिन्छ किनकी कहिँ न कहिँ यसले तिमीलाई छोड्नै पर्छ।

त्यसैले संभोग निकै कठिन बन्दैछ। स्खलन हुनु संभोग हैन, बच्चालाई जन्म दिनु संभोग हैन। संभोगको लागि सबै शरिर सामेल हुनु पर्छ, दिमाग, शरिर, आत्मा एकसाथ। तिमीमा कम्पन आउँछ, तिम्रो सम्पुर्ण जीव काँप्छ, पाउ देखि शीर सम्म। तिमी आफ्नो वशमा हुने छैनौ। अस्त्तिवले तिमीमा आधिपत्य जमाएको छ र तिमीलाई थाहछैन तिमी को हो। यो एक पागलपन हो, गहित निद्रा हो, यो ध्यानजस्तो हो, यो मृत्यु झै हो।

जति धेरै सेक्स, त्यति नै बुद्धिमान

यो साच्चैको घटेको छ। जति मानिस सेक्स गर्छ उति नै उ आविस्कार गर्छ। जति मानिस सेक्स गर्छ त्यति नै उ बुद्धिमान अनि चतुर हुन्छ। यौन शक्ति जति कम हुन्छ उ त्यति नै चतुरता कम हुन्छ। किनकी सेक्स एक गहिरो खोजकार्य हो, रहस्यको खोज हो, शरिरको मात्र होइन, विपरित लिंगीको शरिरमात्र होइन, बरु जे लुकेको छ, जे रहस्यमय छ त्यसको खोज हो।

आफ्नो सेक्स जीवनमा ध्यानी बन

तिम्रो मानिस वा स्त्रीको हात समाएर मौन किन नबस्ने? आँखा बन्द गरेर अनुभव किन नगर्ने? एक अर्काको समीपता अनुभुत गर, एक अर्काको अनुभुतीमा पस, अर्कोको अनुभुती आफुमा आउन देउ। संगै कम्पन ल्याउ, संगै झुल; यदि अकस्मात कुनै ठुलो शक्तिले धारण गर्छ भने संगै नाच। तिमीले संभोगको सबैभन्दा उचों बिन्दु भेट्नेछौ जुन पहिले कहिल्यै अनुभव नभएको होस्। संभोगको यो उच्च विन्दुसंग सेक्सको कुनै सम्बन्ध छैन। वास्तवमा यसको मौनतासंग प्रत्यक्ष सम्बन्ध छ।
अनि आफ्नो यौन जीवनमा ध्यानी बन्न सक्यौ भने, तिमी प्रेम गर्नसंगै शान्त बन्नेछौ।

सेक्सलाई अध्यात्मसंग कसरी जोड्ने?

सामान्यतया सेक्स र प्रेमलाई संगै जोडिन्छ, कुनै भित्री रहस्य भए झै। तर हैन। प्रेम केवल सेक्स गएपछि आउछ। त्यसअघिको प्रेम त केवल एक वासना हो, बाटो हो, बहाना हो, माध्यम हो, अरु केही होइन। सेक्सको लागि केवल तयारी मात्र हो। दुइ बिच जति सेक्स हुन्छ त्यति नै कम प्रेम हुन्छ। तर जब सेक्स ध्यान बन्छ, प्रेम पनि मौलाउछ।

म सेक्सको विरुद्धमा छैन अनि प्रेमको पक्षमा हैन। तिमीले यो भन्दा माथी उठ्नु पर्छ। यसैमा ध्यान गर्नुपर्छ। मेरो मतलब तिमी चेतनामा हुँदा नै यसबाट गुज्रनुपर्छ, अचेत भएर लिप्त हुने होइन। ठुलो सुख पाउछौ जब चेतना जागृत गर्छौ। अचेतनाले तिमीले सुख छुटाउँछौ। आँखा खोलर, आँखा बन्द गरेर हैन, आँखा खोलेर नै तिमीले बाटो देख्नेछौ।

मुत्यु र सेक्सको भय

मानिस सेक्ससंग डर मान्छन्। तिम्रो शरीरको तल्लो भागको मुल्य घटेको छ। शारिरीक सुखको लागि बुझ्छौ तिमी। सेक्स र मृत्युसंग मानिसको डर छ। त्यसैले यी शब्द प्रतिबन्धित छन्। कोही मानिस सेक्स र मृत्युको कुरा गर्न खोज्दैन। हामी यी दुइ कुरामा मौन छौ। दशकौ देखि मौन छौ। शताब्दिऔ देखि मौन छौ। यी प्रतिबन्धित शब्द हुन। जब कसैले यी शब्द निकाल्छन् भित्र भित्र कम्पन सुरु हुन्छ।

यस्तो देखिन्छ की केही गहिर्याइमा छ। त्यसैले यी शब्दका बिकल्प खोजिएका छन्। पश्चिमी दुनियामा ‘हामी सेक्स गर्दै छौ’ भनिदैन। बरु ‘हामी प्रेम गर्दै छौ’ भनिन्छ। यो वैकल्पिक शब्द झुट हुन। प्रेम शब्दलाई सेक्स संग जोड्न सकिदैन। प्रेम त एक छुटै आयम हो। सेक्स गर्नु भने सेक्स गर्नु हो प्रेम गर्नु होइन। प्रेमको त छुट्टै गुण छ।

कसैको मृत्यु भएमा पनि सोझै भनिदैन। स्वर्ग गए, दिवंगत भए भनिन्छ। मृत्युसंग मानिस कहिल्यै प्रत्यक्ष सम्बन्ध राख्न चाहदैन।

मृत्यु र सेक्ससंग धेरै झुटा बयान जोडिएका छन्। कोही दुइ विवाह गर्दैछन् भने सेक्सको शब्द पनि प्रयोग गरिदैन। आखिर ती सेक्सकै लागि पनि विवाह गर्दैछन्। सन्तान त जन्माउने छन्। हामीले विवाहको ठुलो भ्रम पालेका छौ। खुल्ला आँखाले देख्ने कुरा सेक्स हो। हामीले त यसलाई संस्कृति बनाइदिएका छौं। रितीरिवाज ठड्याइदिएका छौ, विवाहको वास्तविकता लुकाउन, किन?

किन यी दुइ चिज प्रतिबन्धित छन। किनकी यी दुइको प्रत्यक्ष सम्बन्ध छ।
पहिलो त तिमी सेक्सबाट जन्मिएका हौ, तिम्रो जन्म नै सेक्स हो। अनि जन्म र मृत्यु एउटै यथार्थको दुइ ध्रुव हुन। जन्मको समयमा मृत्यु छिपेको हुन्छ। त्यसैले मानिस सेक्स र मृत्युको सम्बन्धसंग परिचित हुन्छन्। सेक्सबिना मृत्यु सम्भव छैन, किनकी सेक्सबिना जन्म सम्भव छैन।

सेक्स र ध्यान

जति तिमी सेक्ससंगै ध्यानमा जान्छौ त्यति नै तिमीमा सेक्सको प्रभाव कम हुदै जान्छ। ध्यान त्यहिबाट फक्रन थाल्छ। नयाँ ढोका खुल्नेछ। अनि विस्तारै सेक्स सुकेर जानेछ। हराएर जानेछ। रुखको हाँगाबाट सुकेका पात खसेझै। रुखलाई पत्तोपनि हुनेछन् पात सुकेर खसिसक्यो भन्ने। त्यसरि नै तिमीले थाहै पाउदैनौं तिम्रो सेक्स प्रतिको लगाव र इच्छा हराउँदै छन् भन्ने।

सेक्सलाई नै ध्यान बनाउ। यसैलाई माध्यम बनाउ। त्यसपछि त्यहाँ सेक्स हुनेछैन, अनि सेक्स प्रतिको तिम्रो डर हुनेछैन, तिम्रो तीव्र इच्छा हुनेछैन। सेक्स अर्थहिन बन्नेछ। तिमी त्यसभन्दा माथी उठ्नेछौ।

बालकपनबाट तिमी बिस्तारै बढ्दै गएझै, तिमीलाई ती खेलौनाको कुनै अर्थ हुदैन। तिमी युवा भइसक्यौ। तिमीले केही कुरा त्यागका छैनौ, तिमी केवल ठुलो भयौ। ती खेलौना तिम्रालागि मुल्यहिन भए। ती तिम्रा बालकपन थिए, अब तिमी बालक रहेनौ।

जति तिमी ध्यान गर्छौ, त्यतिनै सेक्सको इच्छा हराउँदै जान्छ। तिम्रो चेतन दिमागले कुनै शक्ति नलगाउदा नै सेक्समा शक्ति कम गर्दै जान्छ। अब शक्ति बग्न नयाँ बाटो बनिसकेको हुन्छ। जब शक्ति ध्यानबाट पार हुन्छ, अनि खुल्छ पवित्र ढोका।nepaliheadlines.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment