Saturday, July 4, 2015

ग्यास्ट्रिकबाट बच्न महत्वपूर्ण टिप्सहरु

, काठमाडौँ  । के तपाई लामो समयदेखि ग्यास्ट्रिक पीडित हुनुहुन्छ ? हामी नेपाली खाने कुरामा त्यति ध्यान दिदैनौ फलस्वरुप हामी प्राय यसबाट पीडित हुन पुग्छौ | हाम्रो अव्यस्थित खानपान र अन्य असावधानीका कारण यसले हामीलाई जिन्दगीभरी दुःख दिइरहन्छ । तर केही यस्ता सजिला तरिकाहरु छन्, जसबाट हामीले ग्यास्ट्रिकबाट केही राहत महसुस गर्न सक्छौं र लामो सयमसम्म ध्यान दिएमा निको समेत बनाउन सक्छौं । यसका लागि तलका केही उपायबारे अवश्य सोच्नुहोला :


१) ग्यास्ट्रिकका कारण पेटमा समस्या छ भने स्ट्रबेरीको एक दुई दाना सेवन गर्नु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

२) एक गिलास पानीमा एक चम्चा वेकिङ सोडा मिलाएर त्यसमा थोरै नुन र कागती फिटेर सेवन गर्दा त्यसले नसोचेको फाइदा पुग्दछ ।

३) हाम्रो वरिपरि पाइने घिउकुमारीको सेवन गर्नाले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।

४) पुदिना र दालचिनी राखेको चियाले पनि पेटको समस्या ठिक गर्न मद्दत गर्दछ ।

५) ग्यास्ट्रिकले सताएको छ भने सुकुमेल, जीरा, दालचिनी, लसुन तथा अदुवाको सेवनले फाइदा पुग्दछ ।

६) कागतीमा हाइड्रोक्लोरिक एसिड हुन्छ, जसले पाचन प्रक्रियालाई सघाउँदछ । यसको सेवनले पनि ग्यास्ट्रिकबाट राहत महसुस गर्न सकिन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment