Tuesday, July 28, 2015

मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि

मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि

मुहारको खैरो दाग, कालो दाग, गर्भावस्था तथा सुत्केरी महिलाहरुमा देखिने दाग निदानका लागि घरेलु प्राक्रितिक उपचार अपानाउनुहोस् । यो घरेलु लेप तथा ओखती तयार पार्न दुई प्रकारका सरदामहरु भए पुग्छ । अनि यो घरेलु लेप तयार पार्न पनि सजिलो छ ।

मानव मुहार तथा शरीरको अन्य भागको छाला विभिन्न कारणले कुरुप हुने गर्छ, जस्तै :

हाइपरपिगमेन्टेशन :

- हाइपरपिगमेन्टेशन भनेको छालाको स्वभाविक रङ्गमा परिवर्तन आएर यो गाढा रङ्गको हुन पुग्छ र यस्तो हुनाको कारण मेलानिन भन्ने तत्वको मात्रा बढी भएर हो । मेलानिनले तपाईको कपाल, छाला र आँखामा रङ्ग उत्पादन गर्छ । मेलानिनको मात्रा घाउखटिरा, बढ्दो उमेर, रोग, महिला गर्भावस्था भएको बेला र सूर्यको प्रकाशमा धेरै समयसम्म हिड्डुल गर्ने गर्नाले हुने गर्छ र यसका कारण छालामा खैरो दाग तथा टाट देखा पर्न थाल्छ ।

- मेलानिन आन्तरीक तथा बाहिय कुनै पनि कारणले हुनसक्छ । आन्तरीक चांही जन्मजात हुन्छ र यो विशेषगरि गाढा रङ्गको छाला भएको मानिसहरुमा साधारणतया हुने गर्छ । अनि बाहिय कारण चांहि प्रोगेसटेरोन, इस्ट्रोजेन, माइनोसाइक्लिन, बेटाजोलोल  जस्ता केमिकल तथा सूर्यको प्रकाशको सिधा संसर्गमा आउनेहरुमा हुन्छ ।

- पराबैजनी किरणका कारण दाग, चिन्ह र खैरो दाग छालामा हुन सक्छ जसका कारण छाला स्थाई तथा अस्थाई रुपमा खुइलिन सक्छ । अनि यस्ता दागहरु जसको मुहार तथा हातहरु सूर्यको किरणमा सिधै पर्छ त्यसताहरुमा हुनु स्वभाविक हो ।

- अप्रेशन तथा घाउका कारण पनि यस्ता हाइपरपिगमेन्टेशन हुनसक्छ तर समस्या समाधान भैसक्दा समेत पनि यस्ता दाग भने रहिरहन्छ ।

- मेलाज्मा भनेको महिलाहरु भारीजिउको भएको अवस्थामा छाला खुइलिनु भन्ने बुझिन्छ तर कहिलेकांही पुरुषहरुमा पनि यस्तो समस्या आउन सक्छ । गाला तथा नाकको वरिपरी दागहरु देखा पर्छ र यस्ता दागहरुलाई सुत्केरी दाग पनि भन्ने गरिन्छ । तर यस्ता दागहरु सुत्केरी पश्चात हराएर जाने प्रबल संभावना हुन्छ ।

हाइपरपिगमेन्टेशन तथा छालामा देखापर्ने दाग, चिनो, टाट लगायतका समस्याहरुको निदानका लागि प्राक्रितिक उपचार पद्धतीस्

- एउटा कचौरामा एक चम्चा कागतीको रसमा एक चम्चा बेसारको धुलो मिसाउनुहोस् ।

- संक्रमित ठाउँमा यो लेप दल्नुहोस् ।

- यसलाई १५ मिनेट सम्म त्यसै छाडिदिनुहोस् ।

- अव लेप दलेको अंगलाई सफा पानीले पखाल्नुहोस् ।

आफ्नो छालालाई सूर्यको किरणको संसर्गबाट परै राख्नुहोस् । नुहाउनु भन्दा पहिल्यै लेप दल्नुहोस् र यो प्रबिधि दिनको एक वा दुई पटक सम्म छालाको अवस्थामा सुधार नआए सम्म अपनाउनुहोस् ।

यो घरेलु प्रबिधि आयुर्वेद उपचार सिद्धान्तमा आधारित छ । यो बिधि भारतमा प्राचिन भारतीय विज्ञान उपचार प्रबिधिका नामले पनि प्रख्यात छ ।

बेसार तथा कागतीका विशेषताहरु

१. बेसार

बेसारमा शरीरको अंग सुनिने बिरुद्ध लड्न सक्ने क्षमता अत्यधिक मात्रामा आबद्ध हुन्छ र यसले छालालाई मुलायम तथा चम्किलो बनाउछ ।

२.मुहारको खैरो दाग मेटाउन प्राकृतिक घरेलु उपचार बिधि

कागतीले छालालाई जबान, उज्यालो तथा आकर्षक बनाउछ ।

छाला संवेदनशिल छ भने कागतीको रससँगै थोरै दुध तथा पानी प्रयोग गरे पनि हुन्छ ।

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment