![]() |
यसका साथै यो महिनाले आफ्नै धार्मिक महत्व बोकेको छ । पौराणिक मान्यता अनुसार साउन महिना शिव भगवानको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरी निराहार रही कठोर ब्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गएको हो ।
विवाहित होस् वा अविवाहित, यो महिना सबै नारीहरुको लागि विशेष बन्ने गरेको छ । विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा – आरधना गरि ब्रत बस्ने गरिन्छ । साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा–आराधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन एवं उत्तेजित हुने खाना खाँदैनन् ।
हुन त साउन महिनामा हरियो चुरा, हरियो बस्त्र लगाउने कुरालाई प्रमाणित गर्न सकिएको छैन तरपनि यो परम्परालाई हाम्रा पिता पुर्खादेखि मान्दै आइएको छ । यो महिनाभरी धेरै महिलाहरुलाई हरियो चुरा, हरियो लुगा र हत्केलाभरी मेहेन्दीले सजिएको देख्न सकिन्छ जसले हिन्दु संस्कृति, संस्कार र विश्वास अझ गाढा हुँदै गरेको बुझ्न सकिन्छ ।
बिबाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्व बढी नै छ । एक त विवाहित भएपछि हरेक महिला एउटा भएपनि चुरा लगाएर हिड्छन् । आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको हातलाई पनि सुन्दर बनाइदिन्छ । पहिरनको रंगसंग मिल्ने काँचका दर्जनौ चुरा लगाउदा हातको सौन्दर्यमा आर्कषण थपिन्छ ।
त्यसकारण आफ्नी श्रीमती वा प्रेमिकालाई यदि साउन महिनामा खुसी पार्नु छ भने उनीहरुलाई उनीहरुको हातमा मिल्ने हरियो रङको चुरा उपहारमा दिन सक्नुहुन्छ । विवाहित पुरुषहरुले आफ्ना श्रीमतीलाई हरियो चुरासँगै रातो र पहेंलो रङको चुरा पनि मिक्स गरेर उपहारस्वरुप दिन सक्नुहुन्छ । यसका साथै हरियो रङको कुर्ता अथवा टप्स पनि तपाईंले उपहारमा दिन सक्नुहुन्छ । यससँगै हरियै रङको टिका र हरियाे, राताे वा पहेंलाे पाेतेले तपाईंकी श्रीमतीको सुन्दरतालाई थप निखार्न मद्दत गर्दछ । आफ्नी महिलालाई तपाईंले हरियो नङ पालिस पनि उपहारमा दिन सक्नुहुन्छ । यदि श्रीमती अथवा प्रेमिकालाई मेहेन्दीप्रति रुची छ भने उनलाई मेहेन्दीको कोन पनि उपहारस्वरुप दिन सक्नुहुन्छ ।
बजारमा प्रतिदर्जन ३० देखि १ हजार रुपैयाँसम्मका चुरा उपलब्ध छन् भने काबेरी, खुश्बु, सहेली, राजस्थानीलगायत ब्राण्डका मेहेन्दी पाइन्छन् । यी मेहेन्दीको मूल्य प्रतिप्याकेट १५ देखि ३० रुपैयाँसम्म पर्छ ।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment